BICITRA KHABAR

BICITRA KHABAR

महिलालाई उत्तेजित बनाउने तरीका: जानी राखौ

महिलाको तिघ्राको भित्री भाग अत्यन्त संवेदनशील हुन्छ। उक्त भागको छाला धेरै पातलो हुन्छ र त्यहाँ कैयन् उत्तेजक तत्त्व हुन्छ। त्यसैले यो भागलाई कामोत्तेजक मानिन्छ।यो भागमा स्नेहपूर्व भए, सुमसुम्याए वा चुम्बन गरे महिलाहरूमा कामोत्तेजना वृद्धि हुन्छ र उनीहरू यौनसम्पर्कका लागि बढी उत्प्रेरित हुन्छन् र त्यसबाट आनन्द पनि प्राप्त गर्छन्।अधिकांश पुरुष यौन सक्रियताका बेला माहिलाहरूलाई उत्तेजित गर्न तिनका एक वा दुई शारीरिक अंगमै बढी केन्द्रित हुन्छन् तर महिलाका शरीरमा कैयन् त्यस्ता अंग छन् जहाँ स्पर्श मात्र गर्दा पनि उनीहरूमा कामेच्छा जागृत हुन्छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको मृत्युदर डरलाग्दो..,

काठमाडौं,बैशाख३१– नेपालीहरूको वैदेशिक रोजगारीमा जाने सङ्ख्यामा वृद्धिसँगै विदेशिएका नेपाली कामदारहरूको ति मुलुकमा मृत्युको सङ्ख्या पनि बढ्न थालेको छ । गएको वर्ष नेपालबाट रोजगारीमा गएका ८६४ जनाको मृत्यु विदेशमा भएको छ । वि.स. २०७० सालमा वैशाखदेखि चैत मसान्तसम्ममा मृत्यु हुनेमध्ये ८४५ जना पुरुष र १९ जना महिला छन् । योबाहेक पनि ठूलो सङ्ख्यामा अवैधानिकरुपमा विदेशिएका नेपालीहरूको मृत्यु हुने गरे पनि त्यसको तथ्याङ्क नेपाल सरकारसँग छैन ।

भारत हँुदै तेस्रो मुलुक भएर अवैधानिकरुपमा विदेशिएका नेपालीहरूको मृत्यु भए पनि उनीहरू अवैधानिकरुपमा गएकाले उनीहरूको शव ल्याउन समेत अप्ठयारो पर्ने गरेको छ । त्यस्तै भारतमा बर्सेनि सयौं नेपाली कामदारको मृत्यु हुने गरेको अनुमान गरिएको छ, जसको तथ्याङ्क पनि सरकारसँग छैन । वैदेशिक रोजगार प्रवद्धन बोर्डका निर्देशक टीकाप्रसाद भण्डारीले खुला सीमाका कारण भारतमा गएर काम गर्दा मृत्यु हुने नेपाली कामदार र भारत हुँदै अवैधानिकरुपमा तेस्रो मुलुकमा पुगी मृत्यु भएका नेपाली कामदारको स्पष्ट तथ्याङ्क नभएको बताउँछन् । उनले भारत बाहेकका तेस्रो मुलुकमा वैधानिकरुपमा गएका कामदारको मात्रै तथ्याङ्क बोर्डले राख्ने गरेको जानकारी दिए । तथ्याङ्कअनुसार औसतमा प्रतिमहिना ७२ जना वैदेशिक रोजगारीमा मृत्यु हुने गरेको छ । जसमा रोजगारीबाहेक पढ्न र अन्य कार्यको क्रममा विदेशमा मृत्यु भएका नेपालीहरू समावेश गरिएको छैन ।

 वैदेशिक रोजगार प्रवद्धन बोर्डका अनुसार गएको वर्ष सबैभन्दा बढी मलेसियामा २९९ जनाको मृत्यु भएको छ । त्यस्तै साउदी अरबमा २३३ , कतारमा १८४, युयई (दुवई)मा ५८ जना, कुवेतमा ४४ जनाको मृत्यु भएको छ । दक्षिण कोरीयामा १४ जना, ओमनमा १३, बहराइनमा सात जना, अफगानिस्तानमा दुईजना, जापानमा दुई, जर्मनी, इजरायल, माल्दिभ्स, रसिया, श्रीलङ्कामा, अमेरिका र पपुवान्यूगीनीमा एक÷एक जना नेपाली कामदारको मृत्यु भएको छ ।

बोर्डले वैदेशिक रोजगारीमा गएकाको मृत्यु भएमा रु एक लाख पचास हजारसम्म क्षतिपूर्ति दिने गरेको छ । गएको वर्ष बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाको परिवारलाई क्षतिपूर्तिस्वरुप रु ११ करोड ८७ लाख ८५ हजार प्रदान गरेको छ । गत वर्ष चार लाख ९२ हजार ५३२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये चार लाख ६१ हजार ७६९ जना पुरुष र ३० हजार ७६३ जना महिला छन् ।

मृतकको परिवार क्षतिपुर्तिबाट बञ्चित

अधिकांश युवाहरू १८ वर्ष पुग्ने वित्तिकै पासपोर्ट बनाई विदेशिने लहर गाउँघरमा चल्न थालेको छ । विदेशिने प्रवृत्ति फेशनको रुपमा नेपाली समाजमा मौलाउँदै जाँदा त्यसले समाजमा गम्भीर प्रकारका समस्याहरू पनि आउन थालेको छ ।

राम्रो कमाई गरी घर परिवारलाई राहत दिने उद्देश्यसहित विदेशिएका युवाहरूको ठूलो सङ्ख्यामा कमाईको साटो नेपालमा शव मात्रै फर्कने गरेको छ । मृत्युको कारण नखुल्ने तर शव आउने क्रम बढ्दै जाँदा यसलाई नियन्त्रण गर्न ठोस पहल गर्नुपर्ने अवस्था आएको छ । वैदेशिक रोजगार प्रवद्धन बोर्डका अनुसार सुतिरहेको अवस्था (कार्डिक आर्टिस) का कारण १४१ जना, प्राकृतिक मृत्युका कारण १३१ जना, सडक दुर्घटनाका कारण १२० जना, आत्महत्याका कारण ८४ जना, हृदयघातका कारण ६१ जना, कार्यक्षेत्रमा काम गर्दै गर्दा ५६ जना , हत्याका कारण एक जनाको मृत्यु भएको छ । बोर्डले दिएको सो तथ्याङ्क रोजगारदाताले पठाएको विवरणका आधारमा तयार पारिएको हो । यथार्थतामा भने अधिकांश कामदारहरूको मृत्यु कामको सिलसिलामै हुने गरेको छ । सडक दुर्घटनाका कारण मृत्यु भएका र कार्यक्षेत्रमा काम गर्दै गर्दा मृत्यु भएका कामदारले मात्रै रोजगारदाता र त्यहाँको सरकारबाट क्षतिपूर्ति पाउने प्रावधान छ । गत वर्षको आँकडा हेर्ने हो भने सडक दुर्घटनामा मृत्यु भएका १२० जना र कार्यक्षेत्रमा काम गर्दै गर्दा मृत्यु भएका ५६ जना गरी जम्मा १७६ जनाले मात्रै रोजगारदाता कम्पनीबाट क्षतिपूर्ति पाएका थिए भने बाँकी ६६८ जना क्षतिपूर्ति पाउनबाट बञ्चित भएका थिए । वैदेशिक कामदारको रुपमा दुवईमा लामो समय काम गरेका रमेश गिरी कार्यक्षेत्रमा काम गर्दा गर्दै धेरै कामदारहरूको मृत्यु हुने गरेपनि रोजगारदाताले क्षतिपूर्ति दिनबाट बच्न मृत्युको अन्य विभिन्न कारण देखाउने गरेको बताउँछन् ।

वैदेशिक रोजगारीमा जाने अधिंकाश नेपालीहरू ठूला–ठूला घर बनाउँदा भारी बोक्ने, अग्ला ताडीको रुखमा गएर ताडी काट्ने, उद्योगहरूमा गहुँगां बस्तु बोक्ने, निकै गर्मी वातावरणमा अनकन्टार क्षेत्रमा गएर भेँडा चराउने जस्ता जोखिमपूर्ण काम गर्ने गरेका छन् । त्यसरी काम गर्दा मृत्यु भएकालाई रोजगारदाता सङ्स्थाले रक्सी खाएर मृत्यु भएको, प्राकृतिक रुपमै मृत्यु भएको जस्तो बहाना बनाएर सोहीअनुरुपको मेडिकल रिपोर्ट तयार गर्ने गरेको कामदार गिरीको अनुभव छ । मृत्यु भएको कामदारको पक्षमा बोलिदिने कोही नहँुदा र प्रहरीमा उजुरी हाल्ने पनि कोही नहुने भएकाले रोजगारदाता संस्थाले मृत्युको अन्य कारण देखाएर क्षतिपूर्ति दिने आफ्नो दायित्वबाट भाग्ने गरेका छन् । कामदारको अधिकार र सुरक्षाको विषयमा सरकार गम्भीर रहेको बताउँदै बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले नेपालीहरू वैदेशिक रोजगारीमा जाने प्रमुख मुलुकहरूसँग कामदारको जीवन रक्षाबारे सम्झौता गर्ने तयारीमा लागेको बताउनुहुन्छ ।

घाइतेले पनि लिँदैनन् क्षतिपुर्ति

गएको वर्ष वैदेशिक रोजगारीमा काम गर्ने क्रममा घाइते भई अङ्गभङ्ग भएकाहरूलाई रोजगारदाता संस्थाले क्षतिपूर्ति दिनुपर्ने प्रावधान भए पनि अधिकांश कामदारहरूले चेतनाको अभावमा त्यस्तो क्षतिपूर्ति पाउने गरेका छैनन् । रोजगारदाता संस्थाले क्षतिपूर्ति दिनुपर्ने स्पष्ट प्रावधान भएपनि सो सम्वन्धी कानुनी जानकारीको अभावमा कामदारहरूले क्षतिपूर्तिनै माग्ने गरेका छैनन् । मागिहाले पनि निकै थोरै रकम लिएर चित्त बुझाउने गरेका छन् । विदेशमा मात्रै होइन नेपालमा पनि वैदेशिक रोजगारीमा घाइते भई अङ्गभङ्ग भएकाहरूलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले क्षतिपूर्ति प्रदान गरेको छ ।

गएको वर्ष मात्रै १०४ जनालाई बोर्डले रु ६९ लाख ४३ हजार बराबरको रकम क्षतिपूर्ति प्रदान गरेको छ । यो अवधिमा सो भन्दा बढी कामदार घाइते र अङ्गभङ्ग भएपनि बोर्डले दिने क्षतिपूर्तिबारे जानकारीको अभावमा थोरै मात्रै बोर्डमा सम्पर्कमा आउने गरेका छन् । बोर्डका निर्देशक भण्डारी घाइतेको अवस्था हेरेर बढीमा रु एक लाख पचास हजारसम्म बोर्डले प्रदान गर्दै आएको बताउँछन् । - 

गृहमन्त्री बामदेव गौतम किन एकाएक रोए ?

काठमाडौ, वैशाख ३१ - सँधै कडा र चर्को स्वरमा राजनीतिक भाषण गर्ने उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम बुधबार भने एक कार्यक्रममा आँशु थाम्न सकेनन् । आँखाबाट झरेको आँशु उनले लुकाउन सकेनन् । सबैको सामु रुमालले पुछिरहे ।त्यसो त रुनेमा गौतम मात्र भने थिएनन् । कार्यक्रममा उपस्थित सबैको आखा रसाएको थियो । कति भक्कानिए नै । प्रसंग माइती नेपालद्वारा आयोजित 'मानव वेचविखनको वदलिंदो स्वरुप र हाम्रो सामुहिक प्रतिबद्धता' कार्यक्रमको हो ।कार्यक्रममा जव वेचविखनलगायतका हिंसा पीडित किशोरीहरुले आफ्नो पीडा समेटिएको भावपूर्ण नाटक प्रस्तुत गरे सबै दर्शकहरु भावविह्वल बने । त्यसबाट गृहमन्त्री गौतम् पनि अछुतो रहन सकेनन् । उनको आँखाबाट पनि आँशु झरे । उनले मुटू दह्रो पार्दै प्रतिबद्धता पनि जनाए, 'यो निकृष्ट र घृणित अपराधलाई निरुत्साहित र निर्मूल बनाउन सरकार प्रतिबद्ध छ ।'

१ करोडको घरको पुजा गरिन् दीपाले

१ बर्ष अघि करिब १ करोड हारहारीमा किनेको घरको कलाकार दीपाश्री निरौलाले पुजा गरेकी छिन् । उनको घरपुजाको अवसरमा केही कलाकार तथा चलचित्रकर्मी पनि देखिएका थिए ।नेपाली हाास्य क्षेत्रमा लामो समयदेखि सक्रिय दीपाले तितो सत्य, विभिन्न स्टेज कार्यक्रम तथा विज्ञापनबाट राम्रै रकम कमाएकी छिन् । आज अन्य कलाकारहरुको पनि घरपुजा भएकाले दीपाले बोलाएका सबै उपस्थित भएका थिएनन् । कलाकार दीपकराज गिरी नआउादा दीपा केही खल्लो मानिरहेकी थिइन् ।दीपक आएको भएपनि हासाउथ्यो नि, मानिस भुलाउन सहयोग त गथ्र्यो, दीपाले गुनासो पोख्दै थिइन् । नायक दीपकराज गिरीको पनि आफ्नो घर पुजा भएकाले समयमै उपस्थित हुन गाह्रो परेको वुझिन्छ ।

विहीबारदेखि मेसिन रिडेबल पासपोर्ट एमआरपी अनिवार्य गरेको छ ।

काठमाडौं, वैशाख ३१ – सरकारले बैदेशिक रोजगारीमा जाने कामदारका लागि विहीबारदेखि मेसिन रिडेबल पासपोर्ट एमआरपी अनिवार्य गरेको छ ।हस्तलिखित राहदानी भएकाले वैदेशिक रोजगारीमा जानका लागि विहीबारदेखि श्रम स्वीकृति नपाउने विभागले जनाएको छ ।तर भिषा लागिसकेका र पुनः श्रम स्विकृतिका लागि एमआरपी बनाउन निवेदन दिइसकेकालाई केही समयको लागि हस्तलिखित राहदानीबाट पनि श्रम स्वीकृति दिने निर्णय गरिएको विभागले जनाएको छ ।हस्तलिखित राहदानीबाट श्रम स्वीकृति पाउन एमआरपी बनाउन निवेदन दिएको रसिदको प्रमाणित प्रतिलिपीसहित निवेदन दिनुपर्नेछ । त्यस्ता कामदारको हकमा एमआरपी प्राप्त भएपछि हस्तलिखित राहदानी बिस्थापित हुनेछ ।विभागले गएको फागुन ६ गते नै जेठ १ गतेदेखि एमआरपी अनिवार्य गर्ने निर्णय गरिसकेको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले २०७२ साल मंसिर ७ गतेदेखि अन्तर्राष्ट्रिय रुपमै हस्तलिखित राहदानी प्रचलनमा प्रतिबन्ध लगाएको छ ।आइकाओको प्रतिबन्ध अगावै हस्तलिखित राहदानी बिस्थापन गरिसक्ने उद्देश्यले सरकारले वैदेशिक रोजगारीका लागि एमआरपी अनिवार्य गरेको हो । 

मान्छेको मृत्यु अव हात मिलाउँदा पनि पत्ता लगाउन सकिने

बैशाख (सास) । वाशिंगटन । आफ्नो हातको रेखा हेरेर भविष्य बताउनेहरुको बारेमा तपाइँले पक्का पनि सुन्नु भएको छ अनि कतिले त आफैले हात पनि हेराउनु भएको होला । तर अव सिर्फ़ हात मिलाउँदा पनि हात मिलाउने व्यक्तिको बारेमा धेरै जानकारी थाहा पाउन सकिने दावी सोधकर्ताहरुले गरेका छन् ।

अमेरिकी शोधकर्ताहरुले बताए अनुसार हात मिलाउने बलको माध्यमबाट यो कुरा पत्ता लाग्छ कि उक्त व्यक्ति कति बर्ष बच्न सक्छ र उ कतिको गतिमा बृद्ध हुँदैछ । साथै उक्त व्यक्ति कतिको शिक्षित छ र उसको भविष्यको स्वास्थ्य कस्तो हुन्छ ? भन्ने पनि पत्ता लगाउन सकिन्छ । यस अनुरुप जसको हातको पकडको शक्ति कम हुन्छ उसको उल्लेखनीय ढंगबाट पहिले मर्ने संभावना हुन्छ । जसले कम पकडमा हात मिलाउँछ उ धेरै बीरामी हुने, आत्महत्या गर्न सक्ने र मनोवैज्ञानिक समस्याबाट ग्रस्त रहनेर गर्छन् ।

शोधकर्ताहरुले अलग-अलग हातको शक्तिबाट स्वास्थ्यमा हुने भिन्नताको बारेमा अध्ययन गरेका थिए । व्यावहारिक प्रणालीको विश्लेषण गर्ने अन्तराष्ट्रीय संस्थाको शोधकर्ताहरुले संसारभर ५० भन्दा बढी प्रकाशित अध्ययनहरुको समीक्षा गर्दै प्लोस वन पत्रिका मार्फत यो रिपोर्ट प्रकाशित गरेको छन् र दावी गरेका छन् 'हात ब्यबहारिक हात मिलाईको माध्यमबाट पनि मान्छेको आयु पत्ता लगाउन सकिन्छ' ।

शोधकर्ताहरुले गरेको अध्ययन अनुसार ज्यादा पढे/लेखेका ६९ बर्षका मान्छेले जति पकड र बलका साथ हात मिलाउने गर्छन् त्यतिनै जोडका साथ कम पढेका ६५ वर्षका व्यक्तिले हात मिलाउने गर्छन् । यसै अनुरुप सोधकर्ताहरुको अनुसार अनपढ व्यक्तिहरु भन्दा पढे/लेखेका शिक्षित व्यक्तिहरुको आयु बढी हुने गर्छ । उक्त शोधका लेखक सरगई शेरबोवका अनुसार, हात मिलाउने शक्ति पनि बढी पढे/लेखेका व्यक्तिहरुको शक्तिशाली हुन्छ । बढी पढे/लेखेका व्यक्तिहरु अनपढ भन्दा बढी उर्जाशील रहन्छन भने उनीहरु सामान्यत: बुढो भए पनि आफु बुढो भै नसकेको महशुश गर्ने गर्छन् ।


टाढैबाट सेक्स गर्न मिल्ने प्रविधि आयो है ! (भिडियोसहित)

के तपाईं आफ्ना प्रेमी प्रेमिकादेखि टाढा हुनु भएको छ ? यहाँ यस्तो प्रविधिको चर्चा हुँदैछ जसको मद्दतले तपाईं जहाँ जतिसुकै टाढा भए पनि आफ्नो प्रेमी प्रेमिकाका गोप्य अंगहरु प्रेमपूर्वक स्पर्श गर्न सक्नु हुन्छ । सुन्दा अपत्यारिलो लागे पनि तपाईं टाढै बसेर अब आफ्ना प्रेमी या प्रेमिकासँग सहवासको आनन्द लिन सक्नु हुन्छ । कन्डोम निर्माण गर्ने कम्पनी ड्यूरेक्‍सले यस्तो अन्तरवस्त्रको निर्माण गरेको छ कि जसमा जोडिएको सेन्सरले महिला र पुरुषको गोप्य अंगहरुमा प्रेमीको स्पर्शको अनुभूति र उत्‍तेजना पैदा गर्नेछन् ।

होशियार आफ्नो लगेज( सुट्केस) मा ताल्चा छ भनेर ढुक्क नहुनुस् हेर्नुस भिडियो कसरी खोल्दो रहेछ ...?

हामीले आफ्नो सुटकेशमा मज्जाले ताल्चा लागिरहेको हुन्छ .. ढुक्क भएर बस्छ.. तर बिना ताल्चा फोरेर बल पेनको सहायताले जस्ताको तस्तै राख्न मिल्ने होशियार हुनुस है.. हेर्नुस कसरी खोल्ने (भिडियो सहित)

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More