बैशाख (सास) । वाशिंगटन । आफ्नो हातको रेखा हेरेर भविष्य बताउनेहरुको बारेमा तपाइँले पक्का पनि सुन्नु भएको छ अनि कतिले त आफैले हात पनि हेराउनु भएको होला । तर अव सिर्फ़ हात मिलाउँदा पनि हात मिलाउने व्यक्तिको बारेमा धेरै जानकारी थाहा पाउन सकिने दावी सोधकर्ताहरुले गरेका छन् ।
अमेरिकी शोधकर्ताहरुले बताए अनुसार हात मिलाउने बलको माध्यमबाट यो कुरा पत्ता लाग्छ कि उक्त व्यक्ति कति बर्ष बच्न सक्छ र उ कतिको गतिमा बृद्ध हुँदैछ । साथै उक्त व्यक्ति कतिको शिक्षित छ र उसको भविष्यको स्वास्थ्य कस्तो हुन्छ ? भन्ने पनि पत्ता लगाउन सकिन्छ । यस अनुरुप जसको हातको पकडको शक्ति कम हुन्छ उसको उल्लेखनीय ढंगबाट पहिले मर्ने संभावना हुन्छ । जसले कम पकडमा हात मिलाउँछ उ धेरै बीरामी हुने, आत्महत्या गर्न सक्ने र मनोवैज्ञानिक समस्याबाट ग्रस्त रहनेर गर्छन् ।
शोधकर्ताहरुले अलग-अलग हातको शक्तिबाट स्वास्थ्यमा हुने भिन्नताको बारेमा अध्ययन गरेका थिए । व्यावहारिक प्रणालीको विश्लेषण गर्ने अन्तराष्ट्रीय संस्थाको शोधकर्ताहरुले संसारभर ५० भन्दा बढी प्रकाशित अध्ययनहरुको समीक्षा गर्दै प्लोस वन पत्रिका मार्फत यो रिपोर्ट प्रकाशित गरेको छन् र दावी गरेका छन् 'हात ब्यबहारिक हात मिलाईको माध्यमबाट पनि मान्छेको आयु पत्ता लगाउन सकिन्छ' ।
शोधकर्ताहरुले गरेको अध्ययन अनुसार ज्यादा पढे/लेखेका ६९ बर्षका मान्छेले जति पकड र बलका साथ हात मिलाउने गर्छन् त्यतिनै जोडका साथ कम पढेका ६५ वर्षका व्यक्तिले हात मिलाउने गर्छन् । यसै अनुरुप सोधकर्ताहरुको अनुसार अनपढ व्यक्तिहरु भन्दा पढे/लेखेका शिक्षित व्यक्तिहरुको आयु बढी हुने गर्छ । उक्त शोधका लेखक सरगई शेरबोवका अनुसार, हात मिलाउने शक्ति पनि बढी पढे/लेखेका व्यक्तिहरुको शक्तिशाली हुन्छ । बढी पढे/लेखेका व्यक्तिहरु अनपढ भन्दा बढी उर्जाशील रहन्छन भने उनीहरु सामान्यत: बुढो भए पनि आफु बुढो भै नसकेको महशुश गर्ने गर्छन् ।