BICITRA KHABAR

BICITRA KHABAR

Today Rasifal - February 20th, 2014 (Nepali Date: Fagun 08, 2070 )


उकाली ओराली: नेपाली लोक दोहोरी कार्यक्रम


Today Rasifal - February 19th, 2014 (Nepali Date: Fagun 07, 2070 )


‘सम्राट’ बनेर आउँदै विराज (भिडियो)


Meri Bassai, 18 February 2014


‘युवराज’को वीर्य बेचेर वर्षमा ६४ लाख आम्दानी

दक्षिणी छिमेकीका फिल्महरुमा त नेपाल प्रशस्तै देखाइसकेका छन्। उत्तरी छिमेकीका फिल्ममा भने खासै छैन भन्दा हुन्छ। अहिले चिनियाँ पर्यटकहरु बढेसँगै चिनियाँ फिल्ममा पनि नेपाल देखिन थालेको छ। चिनियाँ नयाँ वर्षको अवसर पारेभारतको हरियाणाका एक पशुपालक किसान राँगोको वीर्य बचेर वार्षिक ६४ लाख कमाउँछन् । भारतीय सञ्चारमाध्यमका अनुसार कुरुक्षेत्रका करमवीर सिंहले पालेको मुर्रा जातको उक्त राँगोको वीर्यको माग उत्तर प्रदेशमा धेरै छ । सिंहले राँगोको नाम ‘युवराज’ राखेका छन् । यही नामले भारत उत्तर प्रदेशमा उक्त राँगोको ख्याति पनि छ । विशेष गरी भैसीपालक किसानहरु माझ । ‘युवराजको वीर्य बेचेर हाम्रो वार्षिक आम्दानी ४० लाख रुपैयाँ (नेपाली ६४ लाख बराबर) छ’ आजतक समाचारसंस्थालाई सिंहले भने, ‘यसको वीर्यको माग पञ्जाब, उत्तरप्रदेश, राजस्थान लगायतका राज्यमा छ ।’ उनले पाँच वर्ष अघि देखि उक्त राँगोको वीर्य बेच्दै आएका छन् । उनका अनुसार एक खुराक (डोज) वीर्य ३०० रुपैयाँमा बिक्री हुन्छ । सिंहले वार्षिक १५ हजार देखि २० हजार खुराक वीर्य बिक्री हुने जानकारी दिए । स्थानीय पञ्जाब राज्य किसान आयोगका डेरी विशेषज्ञ अनिल कौराले भारतीय सञ्चारमाध्यमलाई बताएअनुसार मुर्रा भैसीले बढी दुध दिने भएकोले किसानहरु उक्त वीर्य प्रयोग गराउन प्राथमिकता दिन्छन् ।

Today Rasifal - February 18th, 2014 (Nepali Date: Fagun 06, 2070 )


मोबाइलको घन्टी पछ्याउँदै (रिपोर्टरको डायरी)

‘बाबु निलो ज्याकेट लगाएको मेरो भाइ हो,’ फोनमा रोदनमिश्रित स्वर आयो, ‘कस्तो छ हेरेर बताइदिनुस् न।’ निलो ज्याकेट लगाएको शव मेरै अगाडि थियो– क्षतविक्षत अवस्थामा। ‘हामीलाई घटनास्थल पुग्न अझै पाँच मिनेट लाग्छ दिदी,’ मैले झुट बोलेँ। त्यो शवको अवस्था उनलाई बताउने आँटै आएन। रिपोर्टरको डायरमा पढ्नुस् मोबाइलको घन्टी पछ्याउँदै शव मेजर दीपक श्रेष्ठको थियो। फोन थियो उनकी दिदीको। कहिल्यै चिनजान नभए पनि घटनाले उहाँसँग सम्पर्क गरायो। म घटनास्थल पुगेको कतैबाट थाहा पाएपछि नम्बर खोजेर फोन गर्नुभएको रहेछ। बिहानैदेखि तारन्तार फोन गरिरहनुभएको थियो। 'मेरो भाइको फोनमा घन्टी गइरहेको छ,’ सोमबार बिहान करिब ६ बजे नै उहाँले मलाई फोन नम्बर टिपाउँदै भन्नुभएको थियो। त्यही नम्बरका आधारमा दुर्घटनास्थल पत्ता लगाउन सुरक्षाकर्मीलाई मद्दत पुग्यो। बाटोमा उहाँले आफ्नो भाइका बारेमा सोधिरहनुभएको थियो। मैले घटनास्थल पुगिसकेको छैन भन्दै ढाँटिरहेँ। पछि पनि धेरैचोटि फोन आयो। मैले फोन उठाउने आँट गरिन्। ... आइतबार। तीन दिनदेखि पानी परिरहेकाले चिसिएको थियो तानसेन बजार। यसपालिको हिउँदकै अत्यधिक चिसो दिन। तानसेनको माथिल्लो भाग बतासेडाँडा र श्रीनगरमा हिमपातको सम्भावना थियो। हिउँ परेको मौसमको फोटो खिच्नुपर्ला भन्ने सोचिरहेको थिएँ। एक्कासि अनलाइनहरूमा खबर आयो– पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको टि्वनअटर जहाज बेपत्ता भयो। जहाजको पछिल्लो लोकेसन पाल्पा र अर्घाखाँचीको सिमाक्षेत्र भन्ने पनि सुनियो। अर्घाखाँचीका सुरक्षा निकायले भने पुष्टि गरेनन्। नजिकका सुरक्षा निकाय परिचालन गरिएकोसम्म थाहा भयो। कतैबाट पुष्टि नभए पनि लगभग सबैले जहाज अर्घाखाँचीको खिदिममै बेपत्ता भएको बताए। अब भने पर्खेर बस्ने अवस्था रहेन। घटनास्थल जाने सुर कसेँ। निरन्तर पानी परिरहेको थियो। त्यसमाथि कच्ची बाटो। दुर्घटना भएकै हो वा होइन? भएको भए पनि कहाँ भन्ने यकिन थिएन। सम्भावित क्षेत्र पुगेपछि केही बाटो भेट्टाइएला भन्ने आशमा खिदिमतिर मोटरसाइकल दौडाएँ। त्यहाँ पुग्दा पनि अवस्था अन्योलग्रस्त थियो। स्थानीय, जिल्ला र अञ्चल ब्युरोबाट पुगेका सुरक्षाकर्मी, स्थानीय बासिन्दा सबै छट्पटाइरहेका थिए, कुनै निष्कर्षमा पुगेका थिएनन्। केही सम्भावित ठाउँमा खोजी भइसकेको रहेछ, तर जहाजको अत्तोपत्तो थिएन। रात परिसक्दा पनि खोजी जारी थियो। यो प्रयासले कुनै प्रतिफल दिन्छ वा दिन्न कसैलाई थाहा थिएन। जति रात छिप्पिँदै गयो चिसो र अँध्यारोले एक पाइला सार्न पनि मुस्किल पर्न थाल्यो। सुरक्षाकर्मीहरू बिहान मात्र खोजी सुरु गर्ने निर्णयमा पुगे। त्यसपछि लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी मिङमार लामा र गुल्मीस्थित सैनिक गणका कर्णेल रामकाजी राना सूचना संकलन र विश्लेषणमा व्यस्त भए। एसएसपी लामाले सूचना संकलन गर्ने र कर्णेल रानाले विश्लेषण गर्ने गर्दै थिए। राति १ बजे सुरक्षाकर्मीसँगै स्थानीयको घरमा सेल्टर लियौं। खिदिममा 'घटनास्थल’ खोजी गरेर अघिल्लो दिनै थाकिएको थियो। अब अर्कै लोकेसनमा जानुपर्ने भयो। जहाजमा सवार उनै दिपक श्रेष्ठको मोबाइल ट्रेसिङका आधारमा सेनाको हेलिकोप्टर सर्चबाट खाँचिकोटको मसिने डाँडामा दुर्घटना भएको पत्ता लाग्यो। करिब ३ घन्टा मोटरसाइकल यात्रापछि घटनास्थल खाँचिकोट गाविस पुगियो। भर्खर नेपाली सेनाको हेलिकोप्टरले डोरीबाट जवानहरू खसाल्दै थियो। नजिकै देखिएको डाँडा हिँडेर डेढ घन्टामा पुग्न हम्मे पर्योन। २२ सय मिटर उचाइको डाँडा उक्लन निकै सास्ती भयो। ठाडो उकालो, त्यसमाथि हिउँले ढाकिएको सडक। ठाउँठाउँमा चिप्लिँदै घटनास्थल पुगियो। ... सेतो हिउँमा डढेका यात्रुको छरपस्ट शव। अग्लो डाँडामा हुर्कन नसकेका पोथ्राहरूमा मानव शरीरका टुक्रा झुन्डिएका थिए। जहाजका अवेशष यत्रतत्र छरिएका थिए। कुनै पनि शव सजिलै पहिचान गर्न मुस्किल थियो। करिब आधा किलोमिटर परिधि (क्षेत्र) भित्र जहाँ हेर्योा त्यहाँ जहाज र मानव शरीरका अवशेष मात्रै देखिन्थ्यो। सुरक्षाकर्मीहरूले घटनास्थल निरीक्षणपछि जहाज आकासमै आगलागी भएर पड्किएको आँकलन गरे। हिजो यहाँ दिनभरि नै पानी परिरहेको थियो। चट्याङ पनि बर्सिरहेको थियो। त्यही चट्याङको आवाजले जहाज दुर्घटना भएकोसमेत चाल नपाएको घटनास्थलमा भेटिएका स्थानीयले बताए। स्थानीय वीरबहादुर थापाले पानी र असिना परेकाले कतिखेर दुर्घटना भयो चालै नपाएको सुनाए। 'गाउँका कोही पनि घरबाहिर निस्कने अवस्थामा थिएनन्, आवाज त सुनिएको हो तर चट्याङको होला भनेर वास्ता गरिएन,’ उनले भने। हिजो राति नै दुर्घटनास्थल पुग्न सकेको भए कोही जीवित फेला पार्न सकिन्थ्यो कि भनेर थकथकी पनि माने स्थानीयले। उद्धारमा खटिएका सुरक्षाकर्मीले भने यो जहाज आकासमै आगलागी भएको बताएका छन्। उनीहरू यस्तो निष्कर्षमा पुग्नुको कारण, घटनास्थलमा जहाज ठोक्किएको निसानी कतै नभेटिनु हो। जलेका शव, इन्जिन, पखेटा, सिट, पुर्जा जंगलैभरि छरिएकाले पनि जहाजमा पहिले आगो लागेको र विस्फोट भएको अनुमान गरिएको छ। एसएसपी लामाले चट्याङ परेर वा इन्जिनमा खराबी आएर जहाज आकासमै विस्फोट भएको हुनसक्ने बताएका छन्। 'कुनै एक ठाउँमा ठोक्किएर दुर्घटना भएजस्तो लाग्दैन,' उनले भने, 'जहाज चट्याङमा परेको हुनसक्छ वा उड्दाउड्दै इन्जिनमा खराबी आएर आकासमै विस्फोट भएको हुनसक्छ।' त्यहाँको हृदयविदारक दृश्य हेर्न नसकेर कतिपय सुरक्षाकर्मी टाउकोमा हात राखेर शव संकलनबाट पन्छिन्थे। सयौंको संख्यामा मसिने लेकमा जुटेका गाउँले घटनास्थल पुग्न जति हौसिएका थिए फर्कदा उति नै लत्रिएका थिए। जाँदा सेताम्य बाटो फर्कंदा हिलाम्य बनेको थियो। 'किन आएछु यस्तो बिजोग देख्न,’ खाँचिकोटका ४४ वर्षीया भीमकला केसी भन्दै थिइन्, 'यस्तो त शत्रुलाई पनि नपरोस्।’ मलाई पनि उनै भिमकलाको शब्द सापटी लिएर भन्न मन लाग्यो– यस्तो रिपोर्टिङ अब कहिल्यै गर्न नपरोस्!

बाघको शिकार भएका ब्यक्तिलाई मुस्किलले बचाइयो (तस्विर सहित)

माघ ५, एजेन्सी ।चीनको सिचुआन प्रान्तको चेंग्दुस्थित एक चिडिया खानामा बाघलाई आफ्नो शरीर खुवाउन चाहेका एक ब्यक्तिलाई अधिकारीहरुले मुस्किलले बचाएका छन् ।मानसिक सन्तुलन ठिक नभएका याङ जिन्हाइ नामका २७ वर्षीय ति ब्यक्तिले चिडियाखानामा रहेका जनावरको अवस्था सुधार गर्ने भन्दै आफूलाई बाघलाई खुवाउन चाहेका थिए ।चिडियाखानामा जनावर हेर्न आएकाहरुले उनी बाघको मुखमा परेको दृष्य क्यामेरामा समेत कैद गरेका थिए ।

जागिर खान पाउँदा निक्कै खुसी भएको सन्देश सामाजिक सञ्जालमा लेखेको केही समयमै जागिर छोडेर चिडिया घरमा पुगेका जिन्हाइले त्यहाँ जंगलमा आफ्नै शैलीमा बाँच्न नपाएका बाघको अवस्था देखेर दुःखी भएको लेखेका थिए ।रोयल बेंगाल टाइगरलाई सहयोग गर्न आफ्नो शरीर नै अर्पण गर्ने घोषणा गरेका उनी नाच्दै बाघ बस्ने स्थानको बारमा प्रवेश गरेका थिए ।प्रत्यक्षदर्शी फेङ लिनले उनी बाघको बारमा प्रवेश गर्दा बाघका भाले पोथी उनलाई आक्रमण गर्नुको साटो दुवै डराएको बताए ।तर बाघलाई जिस्काएपछि भने भाले बाघले उनलाई आक्रमण गरेको थियो ।उनलाई बाघले घाइते पार्नु अघि नै चिडियाखानाका अधिकारकारीहरुले बचाएका थिए। 

कुकुरको अघि नाङ्गै पामेला (भिडियो)


Gunday (2014) Full Bollywood Hindi Movie Watch Online HD



Twitter Delicious Facebook Digg Stumbleupon Favorites More