BICITRA KHABAR

BICITRA KHABAR

News: Nepal Airlines Twin Otter narrowly avoids tragedy


Watch WWE Superstars 3/7/14



Dilshova Amaghar Report: March 06, 2014


Beautiful lok dohori song | Jhim Jhim sanu


मराठी फिल्मलाई हिन्दीमा रिमेक गर्दै सलमान

सन् २०११ यूटिभीसँग मिलेर सलमान खानले बनाएको फिल्म ‘चिल्लर पार्टी’ ले नेशनल अवार्ड जित्न सफल भएको थियो । आठजना साना बालकले एक बेवारिसे कुकुर र अनाथ साथीका लागि शक्तिशाली र कुटिल राजनेतासँग भिँडेको कहानीमा आधारित थियो ‘चिल्लर पार्टी’ ।बालबालिकामा केन्द्रीत भएको कथाकै कारण सलमानले यो फिल्मको कथा चुनेका थिए । यसपटक पनि सलमानको नयाँ फिल्मका लागि यस्तै कथा मिलेको बताइएको छ । हालै रितेश देशमुकको निर्माणमा बनिरहेको मराठी फिल्म ‘यैलो’ को पहिलो ट्रेलर सार्वजनिक भएको थियो । यो फिल्मको ट्रेलरले दर्शक र पत्रकार मात्र होइन सलमान पनि प्रभावित भएका छन् ।आफ्नो ब्यानर विइङ हृयूमन प्रोडक्शनमा उनी यो फिल्मलाई हिन्दीमा रिमेक गर्न इच्छुक भएका हुन् । उनी निकट सुत्रका अनुसार रितेशले यो फिल्मको ट्रेलर उनलाई देखाएका थिए । यो फिल्मको सम्वेदनशील कथाले सलमानन धेरै प्रभावित भएका थिए । फिल्म एक गम्भीर विषयमा बनेको हो । यो विशेष बच्चा, समाजको नजर र उनको तागतका बारेमा रहेको छ । सूत्रका अनुसार सलमानले रितेशसँग भनेका छन् कि उक पटक फिल्म पूरा भएपछि उनी यसलाई हेरेर आफ्नो व्यानरका लािग हिन्दीमा बनाउनेछन् ।उनले भनेका छन् कि यो फिल्म हिन्दीमा बन्नुपर्छ, ताकि धेरै भन्दा धेरै दर्शकले देख्न सकुन् । उनलाई यसको प्रोमो यति धेरै मन पर्‍यो कि उनले ट्वीट पनि गर्न भ्याए । रितेश भन्दा पहिले मराठी फिल्मक बालक पालक मा पनि उनले रुचि देखाएका थिए । यो फिल्म अघिल्लो वर्ष रिलिज भएको थियो । यो टिनएजर्सबीच यौन शिक्षाको संवेदनशील विषयमा बनेको छ ।

Exchange Rate for March, 2014


सीमा स्तम्भ संरक्षणलाई कर्तव्य ठान्न वन्तको निर्देशन

काठमाडौं, फाल्गुन २१ - सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सीमावर्ती मुलुकको अन्तर्राष्ट्रिय सीमाना एवं सीमा स्तम्भहरुको सुरक्षा एवं संरक्षण कार्यलाई कर्तव्य ठानेर कार्यक्षेत्रमा क्रियाशिल रहन निर्देशन दिएका छन् । महानिरीक्षक वन्तले प्राप्त हरेक जिम्मेवारीलाई व्यावसायिक दक्षतापूर्वक पूरा गर्नुपर्नेमा पनि जोड दिए ।सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कपिलवस्तुको नवनिर्मित कार्यालय भवनको बुधबार शिला अनावरण गर्दै वन्तले सीमा सुरक्षा, भन्सार सुरक्षा, अवैध चोरीपैठारी निकासी नियन्त्रण, विपद् व्यवस्थापन लगायतका कार्यमा गरेको कार्यको समाजका विभिन्न क्षेत्रबाट प्रशंसा भएको उल्लेख गरे । 'जुन हामी सवैको लागि गर्वको विषय हो,' उनले भने ।संगठनप्रति बफादार रहेका राष्ट्रसेवकको कार्यको सवैक्षेत्रबाट उच्च मूल्यांकन भइरहेको र जसबाट संगठन लोकप्रिय रहन सकेको उल्लेख गर्दै उनले सवैसँग भातृत्व भावनाका साथ कार्यक्षेत्रमा अगाडि बढ्दै संगठनको गरिमा र मर्यादालाई अझै उचाईमा पुर्‍याउन क्रियाशिल रहनु पर्ने बताए ।

पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल जिम्मेवारीलाई व्यावसायिक दक्षताका साथ पुरा गर्दै नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन निर्देशन दिए ।सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक पदमसिंह ऐरले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सीमावर्ती अपराध नियन्त्रणको साथै स्थानीय जनतामा शान्ति सुरक्षा प्रदान गर्नेतर्फ योगदान पुर्‍याउँदै आएको उल्लेख गरे ।कार्यालय भवन करीव एक करोड ४८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

तेस्रो विश्वयुद्धको खतरा

फागुन २० । युक्रेनको विषयलाई लिएर तेस्रो विश्व युद्धको खतरा बढेर गएको छ । युक्रेनका पूर्व राष्ट्रपति भिक्टर युनाकोवीचको अपदस्थ भएसँगै युक्रेनमा विवाद चुलिएर गएको हो । भिक्टरलाई अपदस्थ गर्न अमेरिका लगायत पश्चिमा राष्ट्रको सहयोग रहेको रुसको ठहर छ । उसले त आफूलाई घेराबन्दीमा पार्ने गुरुयोजना भन्ने ठानेर युक्रेनको क्रिमियामा सेना नै तैनाथ गरिसकेको छ ।तर, अहिलेसम्म दुवै पक्षका सेना संयमित भएकाले युद्ध भड्कि हालेको छैन । तर जतिबेला जहाँ जे पनि हुनसक्ने सम्भावना रहेको एजेन्सीहरुले जनाएका छन् ।रसियाको उद्देश्य युक्रेनमा लोकतन्त्र कायम राख्नु, रसियनहरुलाई सुरक्षा दिनु र अतिवादीबाट युक्रेनलाई बचाउनु भएको संयुक्त राष्ट् संघका लागि युएनका राजदूत भिट्ली चुर्किनले बताए । उनले त अपदस्त राष्ट्रपति युक्रेनको निर्वाचित नेता भएको र उनले नै सेना पठाउन आग्रह गरेकाले पठाएको समेत जनाएका छन् ।

तर अमेरिकी राजदूत समान्थाल पावरले भने रसियाको कडा विरोध गर्दै युक्रेनमा सेना पठाउने रसियाको निर्णय घात हुने चेतावनी समेत दिएकी छिन् । अमेरिकाले रसियाको सेना कुनै मानव अघिकारको मिसनमा नभई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप लगाईरहेको छ । तर रसिया भने आफ्ना नागरिकको रक्षाका लागि युक्रेनमा राजनीतिक स्थिरता नभएसम्म सेना त्यहीँ रहने जनाएको छ ।यता, सम्भावित युद्धलाई लिएर बिबिसीले भने दुवै देशको सैन्य सामाथ्र्य कसको कति भनेर सार्वजनिक गरेको छ । जस अनुसार युक्रेन भन्दा रसिया धेरै शक्तिशाली देखिएको छ । तर युक्रेनलाई पश्चिमा राष्ट्रको समर्थन रहने पक्कापक्की छ । यसरी त्यहाँ युद्ध भएका विश्व नै दुई भागमा विभाजित हुन सक्ने सम्भावना बढेको छ ।बिबिसीले गरेको दुई देशको सैन्य लेखाजोखा हेर्नुहोस् । जहाँ रसियासँग ८ लाख ४५ हजार सेना छन् भने युक्रेनसँग १ लाख ३० हजार मात्रै ।

सिंगापुर सर्वाधिक महँगो, काठमाडौं सस्तो शहरको सूचीमा

२० फागुन, काठमाडौं । सिंगापुर विश्वको सर्वाधिक महँगो शहर घोषित भएको छ । काठमाडौं भने १ सय २७ औं नम्बरमा परेको छ ।इकोनोमिस्ट पत्रिकाको इन्टेलिजेन्स युनिट (ईआईयू) ले गरेको २०१३ को सर्वेक्षणमा सिंगापुर टोक्योलाई पछि पार्दै पहिलो स्थानमा उक्लिएको हो । १ सय ३१ शहरमा गरिएको सर्वेक्षणको १ सय ६० भन्दा बढी उपभोग्य पदार्थ, कपडा, यातायात तथा घरायसी सामाग्रीहरुको मूल्य विश्लेषण गरेर महंगा शहरहरुको सूची तयार पारिएको छ ।ईआईयू सूचीमा काठमाडौंलाई विश्वका दश कम महंगो अर्थात सस्ता शहरहरुको सूचीमा राखिएको छ । यो सूचीको शीर्ष स्थानमा भारतको मुम्बई छ भने पकिस्तानको कराँची, भारतको नयाँदिल्ली, सिरियाको दमास्कस र पाँचौं नम्बरमा काठमाडौं छ । रियाद पुछारमा छ । महंगी विश्लेषणमा यिनीहरु १ सय २२ देखि एक सय ३१ नम्बरमा परेका छन् ।नेपालसँगै भारत र पाकिस्तान शहर सस्तो वर्गमा रहेको प्रतिवेदनका सम्पादक जोन कपस्टेक बताउँछन् । असुरक्षा र घरेलु द्वन्द्वका कारण पनि नेपालसँगै पाकिस्तान, भारत, सिरिया र अल्जेरियाका शहरहरु सस्ता शहरहरुको सूचीमा परेको बताइएको छ । उपभोग्य मूल्यको उतारचढावको कारण एसियाली शहरको महंगी बढ्ने गरेको विश्लेषण गरिएको छ । बढ्दो जनसंख्याको चाप भएर पनि भारतमा महंगी खासै नभएको सर्वेक्षणमा देखिएको छ । भारतको मुम्बई र नयाँ दिल्ली विश्वको सस्तो शहरको कोटीमा परेका छन् । भारतमा श्रमज्याला दर कम भएपनि राज्यले दिने सहुलियतको कारण उपभोक्ताले सस्तो जीवनयापन गर्न पाएको र महंगीको मार कम खेप्नुपरेको सर्वेक्षणमा देखिएको छ ।एसियाली शहरहरुमा उपभोग्य सामाग्रीहरुको मूल्य बढी भएको शहरमा भने टोक्यो परेको छ । मनोरञ्जन सामाग्रीको मूल्यमा बढी खर्च गर्नेमा युरोपेली मुलुकका उपभोक्ता छन् । उनीहरुको आम्दानी स्तर बढी भएको हुँदा मनोरञ्जनमा खर्चालु भएका हुन् ।

Daily Horoscope – March 04, 2014 (Nepali Date: Falgun 20, 2070)


कम्बोडिया जान खोज्दा ३८ युवा फसे

काठमाडौं- एसियाली मुलुकमध्ये नेपाल जस्तै गरिबको सूचीमा रहेको कम्बोडियामा डेढ लाख तलब पाउने आसमा दलालको भर पर्दा ३८ युवाले तीन करोड रुपैयाँ गुमाएका छन्। अशोक राई, रामबहादुर कार्की र ज्याक्सन नाम गरेका दलालले कम्बोडियामा आकर्षक तलब र सुविधामा काम दिलाइदिने भन्दै ३८ युवाबाट जनही ८ लाखका दरले तीन करोड ४ लाख रुपैयाँ उठाएका थिए।दलालले भियतनाम पुर्यािएर अलपत्र पारेपछि आफूहरु ठगिएको चाल पाएको बाग्लुङ बुर्तिबाङका बलबहादुर भण्डारीले नागरिकलाई बताए। दलालले कम्बोडियाको पाँचतारे होटलमा बाउन्सरको काममा डेढ लाख रुपैयाँ तलब पाइने भन्दै प्रत्येक युवाबाट ८ लाख उठाएको उनलेे बताए। ठगिने ३८ मध्ये २५ जना बाग्लुङको एउटै गाउँ बुर्तिबाङका युवा हुन्।पीडित भण्डारीका अनुसार नेपालबाट भारत हुँदै कम्बोडिया जान हिँडेका उनीहरुलाई भियतनाम पुर्यािएपछि दलाल ट्रान्जिट भिसा चाहिने भन्दै फरार भएका थिए। 'हामीसँग भिजिट भिसा थियो, दलालहरुले भियतनाममा थप ट्रान्जिट भिसा लिनुपर्छ भन्दै छोडेर गए,' भण्डारीले भने 'त्यसपछि उनीहरुलेे मोबाइल अफ गरे।' दलाल फरार भएपछि भियतनाममा आफूहरु एक सातासम्म अलपत्र परेको उनले बताए। ३८ मध्ये ३२ युवा तीन दिनअघि काठमाडौं आइपुगेका छन्। बाँकी ६ जना अझै भियतनाममा अलपत्र परेको भण्डारीले जानकारी दिए।

नेपालबाट ज्याक्सनले काम मिलाएर राई र कार्कीसँगै कम्बोडिया जाँदा भियतनाम पुर्यारएर भागेको उनले बताए। 'डेढ लाख तलब पाइन्छ, ८ घन्टा काम गरे हुन्छ भनेपछि हामी आकर्षित भयौं, त्यसमाथि कामको ग्यारेन्टी लिँदै छोड्न पनि आफैं जाने भनेपछि सबैले पैसा बुझाइयो, अहिले दलाल फरार छन्,' उनले भने।
दलालको पछि लागेर अवैधानिक बाटो हुँदै भियतनाम पुगेका युवामध्ये ३२ जना नेपालबाट पैसा मगाएर फर्केका हुन्। बाँकी ६ जनाले रकम जुटाउन नसक्दा भियतनाममै अलपत्र परेको भण्डारीले जानकारी दिए। 'हामी भियतनाममा अलपत्र परेको थाहा भएपछि नेपालमा परिवारलाई खबर गरेर पैसा मगाई ३ दिनअघि काठमाडौं आएका हौं,' उनले भने 'भियतनाममा रहेका साथीहरुको अवस्था नाजुक बन्दै गएको छ।'दलालहरुले सुरुमा चितवनका दिपक आचार्यलाई कम्बोडियाको भिसा निकालेर कामको नक्कली कागजपत्र देखाई अरुलाई पनि उनीसँगै काममा लगाइदिनेे भन्दै पैसा उठाएको भण्डारीले बताए। 'आचार्यको भिसा र कागजपत्र देखेपछि विश्वास गर्न बाध्य भइयो। तर उनीहरुको नियत नै ठग्ने रहेछ, पैसा पाएपछि अलपत्र पारे,' उनले भने। ठगिएकामध्ये अधिकांशले ऋण खोजेर दलाललाई पैसा बुझाएको बताए।

नेपाल फर्केका युवाले दलालको खोजेर कारबाही गर्न माग गर्दै वैदेशिक रोजगार विभाग र विभिन्न प्रहरी चौकीमा उजुरी दिएका छन्। पैसा फसाएका बाग्लुङकै सोमबहादुर अदईले ठगेर भाग्ने दलाल खोज्न सम्बन्धित निकायमा उजुरी दिएको बताए। 'हामीले प्रहरीदेखि विभागसम्म उजुरी दिएका छौं, उनले भने, 'अब श्रम मन्त्री भेटेर समस्या राख्छौं।'नेपालजस्तै प्रत्येक वर्ष ठूलो संख्यामा कम्बोडियाली कामको खोजीमा अन्य मुलुक जाने गर्छन्। वैदेशिक रोजगार विभागले पटकपटक स्वीकृति लिएको म्यानपावर कम्पनीबाहेक अरुसँग वैदेशिक रोजगारीसम्बन्धी काम नगर्न आग्रह गर्दै आएको छ। तर, पनि अवैधानिक रुपमा पैसा दिने, लिने र भारतको बाटो हुँदै विभिन्न मुलुक जाने क्रम रोकिएको छैन। प्रमाणका अभावले यस्ता दलाललाई कारबाही गर्न गाह्रो हुने विभाग अधिकारी बताउँछन्।

Today Rasifal - March 3rd, 2014 (Nepali Date: Fagun 19, 2070 )


Sajha sabal epsode – 329


बालुवाटारमा पौडेल र महतोवीच फाईट

१८ फागुन, काठमाडौं । नयाँ संविधान बन्ने टुंगो नभए पनि यसमा कसले हस्ताक्षर गर्ने भन्ने विवाद बढ्दो छ । सभामुख सुवासचन्द्र नेम्वाङको साटो राष्ट्रपतिले संविधान जारी गर्नुपर्ने लविङ गर्दै आएका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पनि यो विषयमा कुरा उठाए ।म्यानमार जान लागेका प्रधानमन्त्री सुशील कोइरालालाई ‘शुभयात्रा’ भन्न आइतबार बालुवाटारमा भेला भएका नेताहरुले नयाँ संविधानमा कसले हस्ताक्षर गर्ने भन्ने पौडेलको अप्राशंगिक कुरामा कुनै ध्यान दिएनन् । सदभावना पार्टीका राजेन्द्र महतोले चाँहि पौडेललाई ‘टिट फर ट्याट’ जवाफ फर्काए ।प्रधानमन्त्री सुशील कोइरालाले १५ सदस्यीय टोलीको नेतृत्व गर्दै म्यानमार जाने दिन सबै दलका शीर्ष नेतालाई बालुवाटारमा बोलाएका थिए । विमस्टेक सम्मेलनमा सहभागी हुन जान लागेका प्रधानमन्त्री कोइरालालाई विदाइ गर्न एमाले, एमाओवादीदेखि मधेसवादी दलका नेताहरु बालुवाटार पुगेका थिए ।जमघटमा खासै राजनीतिक कुराकानी नभए पनि कांग्रेस उपसभापति पौडेलले नयाँ संविधान राष्ट्रपतिले सार्वजनिक गर्न पाउनुपर्ने बताएका थिए । पौडेलको कुरा अरु नेताहरुले सुनेको नसुन्यै गरेको पनि राजेन्द्र महतोले पौडेललाई हप्काउँदै संविधान राष्ट्रपतिले नै सार्वजनिक गर्ने व्यवस्था रहेको स्पष्ट पारेका थिए ।टनकपुरलाई मिडियाले उचाल्यो- प्रधानमन्त्रीबालुवाटारको जमघटमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री कोइरालालाई सोधे-’के हो, प्रधानमन्त्री ज्यू टनकपुर भारतमा पर्छ भन्नु भयो रे त ?’जवाफमा कोइरालाले आफूले बोलेको कुरालाई मिडियाले उचालेको बताए । तर, टनकपुर भारतमै पर्ने कोइरालाले दोहोर्‍याएका थिए ।

Marne Kasailai ( Nai nabhannu la 2 movie song official )

TTV Talk with Ramesh Kharel by Ranjana Poudel


तिते जिरे गाई जात्रा


Twitter Delicious Facebook Digg Stumbleupon Favorites More