BICITRA KHABAR

BICITRA KHABAR

बालुवाटारमा पौडेल र महतोवीच फाईट

१८ फागुन, काठमाडौं । नयाँ संविधान बन्ने टुंगो नभए पनि यसमा कसले हस्ताक्षर गर्ने भन्ने विवाद बढ्दो छ । सभामुख सुवासचन्द्र नेम्वाङको साटो राष्ट्रपतिले संविधान जारी गर्नुपर्ने लविङ गर्दै आएका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पनि यो विषयमा कुरा उठाए ।म्यानमार जान लागेका प्रधानमन्त्री सुशील कोइरालालाई ‘शुभयात्रा’ भन्न आइतबार बालुवाटारमा भेला भएका नेताहरुले नयाँ संविधानमा कसले हस्ताक्षर गर्ने भन्ने पौडेलको अप्राशंगिक कुरामा कुनै ध्यान दिएनन् । सदभावना पार्टीका राजेन्द्र महतोले चाँहि पौडेललाई ‘टिट फर ट्याट’ जवाफ फर्काए ।प्रधानमन्त्री सुशील कोइरालाले १५ सदस्यीय टोलीको नेतृत्व गर्दै म्यानमार जाने दिन सबै दलका शीर्ष नेतालाई बालुवाटारमा बोलाएका थिए । विमस्टेक सम्मेलनमा सहभागी हुन जान लागेका प्रधानमन्त्री कोइरालालाई विदाइ गर्न एमाले, एमाओवादीदेखि मधेसवादी दलका नेताहरु बालुवाटार पुगेका थिए ।जमघटमा खासै राजनीतिक कुराकानी नभए पनि कांग्रेस उपसभापति पौडेलले नयाँ संविधान राष्ट्रपतिले सार्वजनिक गर्न पाउनुपर्ने बताएका थिए । पौडेलको कुरा अरु नेताहरुले सुनेको नसुन्यै गरेको पनि राजेन्द्र महतोले पौडेललाई हप्काउँदै संविधान राष्ट्रपतिले नै सार्वजनिक गर्ने व्यवस्था रहेको स्पष्ट पारेका थिए ।टनकपुरलाई मिडियाले उचाल्यो- प्रधानमन्त्रीबालुवाटारको जमघटमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री कोइरालालाई सोधे-’के हो, प्रधानमन्त्री ज्यू टनकपुर भारतमा पर्छ भन्नु भयो रे त ?’जवाफमा कोइरालाले आफूले बोलेको कुरालाई मिडियाले उचालेको बताए । तर, टनकपुर भारतमै पर्ने कोइरालाले दोहोर्‍याएका थिए ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More