BICITRA KHABAR

BICITRA KHABAR

झापा र मोरङबाट ८० हजार भुटानी शरणार्थी तेस्रो मुलुक

काठमाडौं, १२ चैत । झापा र मोरङ जिल्लाका विभिन्न शिविरमा रहेका एकलाख आठ हजार भुटानी शरणार्थीमध्ये ८८ हजारलाई तेस्रो मुलुकमा पुनः स्थापना गरिएको छ । झण्डै अढाइ दशकदेखि शिविरमा कष्टकर जीवन बिताइरहेका भुटानी शरणार्थीलाई अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) मार्फत अन्तर्राष्ट्रिय समुदायको सहयोगमा तेस्रो मुलुकमा पुनः स्थापना गरिएको हो ।आइओएमले पुनःस्थापना कार्यक्रमअन्तर्गत विगत सात वर्षदेखि शरणार्थीलाई तेस्रो मुलुकमा पठाउँदै आएको छ । सबैभन्दा धेरै शरणार्थी लिने मुलुक अमेरिका हो । ८५ हजार छ सय ५१ जना भुटानी शरणार्थी उक्त  देश पुगिसकेका छन् । गृह मन्त्रालयका अनुसार अष्ट्रेलियामा चार हजार आठसय १९, क्यानाडामा पाँच हजार सातसय ७८, डेनमार्कमा आठसय ५२, नेदरल्याण्डस्मा तीनसय २६, नर्वेमा पाँचसय ५० जना शरणार्थी पुनःस्थापित भइसकेका छन् । ती राष्ट्रले शरणार्थीको स्थायी व्यवस्थापन गरेका छन् भने बाँकीलाई पनि क्रमशः आश्रयदातृ देशमा पु¥याइनेछ । आइओएमले पुनःस्थापना प्रक्रियालाई जारी राखेको छ ।प्रारम्भमा एक लाखको हाराहारीमा रहेका शरणार्थीको सङ्ख्या दुई दशकको अवधिमा आठ हजारले वृद्धि भएको हो । नेपाल र भुटानबीच विभिन्न तहमा १५ चरणमा भएका शरणार्थी समस्या समाधानसम्बन्धी वार्ता असफल भएपछि अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायले मानवीयताका आधारमा आश्रयका निम्ति प्रयास गरेपछि तेस्रो मुलुक पुनः स्थापना कार्यक्रम कार्यान्वयन भएको हो ।

स्वस्फूर्तरुपमा उक्त कार्यक्रममा सहभागी भएका शरणार्थीमात्र ती देश गएका हुन् । शिविरमा रहेका अधिकांशले अझै पनि ससम्मान स्वदेश फर्कन पाउनुपर्ने माग दोहो¥याउँदै आएका छन् । वि.सं.२०६३ मा नेपाल आइओएमको सदस्य भएको हो ।सरकार र उक्त सङ्गठनबीच २०६४ मा पारस्परिक सहयोग तथा सेवा प्रवाह गर्ने सम्बन्धमा समझदारी भएको थियो । त्यसै वर्षदेखि आइओएमले आप्रवासका विविध पक्षमा सरकारसँग सहकार्य गर्दै आएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More