आज विहान ७ बजेर १५ मिनेट जाँदा चर्चित हाँस्यजोडी धुर्मुस र सुन्तलीलाई पुत्रीलाभ भएको छ । नर्भिक अस्पताल थापाथलीमा सुन्तलीले छोरीलाई जन्म दिएकी हुन् ।“छोरी त राम्री छे यार” सिताराम खुशी हुदै भन्छन् “छोरीेले रियाक्सन दिएर हैरान भैसके, जे होस घरमा लक्ष्मी आईन, असाध्यै खुशी छु ।”न्वारान अघि सम्म छोरीको नाम ‘मिनी सुन्तली’ रहने उनले बताए । विवाह भएको पाँच बर्षपछि सिताराम बाबु बनेका हुन् । धुर्मुस र सुन्तलीको विवाह २०६५ साल मंसीर १४ गते भएको हो ।