पाकिस्तानी अभिनेत्री सना खानको कार दुर्घटनामा ज्यान गएको छ ।शुक्रबार राती भएको दुर्घटनामा उनका पति बाबर खानको पनि निधन भएको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् ।पाकिस्तानको कराँचीबाट हैदराबाद तर्फ जाँदै गरेकी सनाको कार हैदराबादबाट करिव ३० किलोमिटर टाढा रहेको लुनी कोटमा दुर्घटना भएको थियो । कार सनाले नै चलाइरहेकी थिइन् ।उद्धारटोली पुग्दासम्म उनीहरु दुवै जनाको ज्यान गइसकेको थियो ।सना र बाबर दुवैजना पाकिस्तानी टीभी सिरियलमा काम गर्दथे । गत बर्ष डिसेम्बरमा उनीहरुले बिहे गरेका थिए ।