BICITRA KHABAR

BICITRA KHABAR

सामुद्रिक क्षेत्रमा खोजी कार्य जारी

मलेसियाली सरकारले तीन दिनदेखि हराएको जहाजको खोजी कार्यलाई अझै बृहत बनाएको सोमबार जनाइएको छ । गत शनिबार बिहानै मलेसियाको क्वालालम्पुर विमानस्थलबाट छुटेको केही समयपछि नै उक्त विमान हराएको थियो । मलेसिया एयरलाइन्सको उडान एमएच ३७० मा क्वालालम्पुरबाट बेइजिङतर्फ उडानमा रहेको उक्त विमान हराएको हो ।यस विमानको खोजी कार्य जारी नै रहेका बेला आतङ्वादको शिकार भएको विषयमा पनि अनुमान गर्न थालिएको छ । तर यस विषमया पनि हालसम्म कुनै प्रमाण भने फेला परेको छैन । दक्षिणी चिनियाँ समुद्रमा पर्ने फिलिपिन्स र भियतनामबीच बृहत सामुद्रिक क्षेत्रमा खोजी कार्य अघि बढाइने नागरिक उड्डयन विभागका प्रमुख आजारुद्दिन अब्दुल रहमानले सोमबार बताउनुभएको छ ।मलेसिया, चीन तथा अमेरिकाका ४० जहाज तथा २२ विमानले उक्त विमान खोजिरहेको बताइएको छ । उक्त विमानमा २३९ जना यात्रु रहेका छन् । तीमध्ये १५३ जना चिनियाँ, ३८ मलेसियाली तथा १२ इन्डोनेसियाली नागरिक रहेको बताइएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More