गायिका साकिरालाई अब कुनै पनि म्युजिक भिडियोमा पुरुष मोडलसँग नाचिरहेको देख्न नपाइने भएको छ ।
साकिराले ह्याण्डसम केटाहरुसँग दिक्क लागेर यो निर्णय गरेकी भने होइनन् । उनकै प्रेमीले साकिरालाई परपुरुषसँग नाच्न प्रतिबन्ध लगाएपछि यस्तो अबस्था आएको हो ।अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार साकिराका फुटबल प्रेमी जेरार्ड पीकेले उनलाई कुनै पनि पुरुषसँग काम गर्न अनुमति दिएका छैनन् ।
साकिरा र रिहन्नाले सँगै अभिनय गरेको हालैको म्यूजिक भिडियोबारे पत्रकार प्रश्न गरेपछि यो रहस्य खुलेको हो ।‘प्रेमी पीकेकै कारण मैले साकिरासँग काम गरेकी हुँ ।’ ३७ बर्षिय यी कोलम्बियाली गायिकाले भनिन–‘ पीके मलाई निकै प्रेम गर्छन र मेरो इश्र्या पनि । कुनै परपुरुषसँग काम गरेको उनलाई मन पर्दैन् ।’प्रेमीको यही बानीका कारण आफु आगामी दिनमा कुनै पनि केटासँग भिडियोमा नदेखिने पनि उनले प्रष्ट पारिन् । बिबाह नभएपनि पीके र साकिराको सम्बन्धबाट एउटा छोरा जन्मिएको छ जसको उमेर १५ महिना पुग्यो ।