BICITRA KHABAR

BICITRA KHABAR

रमेश खरेलले डीएसपीलाई नै हतकडी लगाए

काठमाडौं, ११ चैत । मादक पदार्थ सेवन गरी सवारी चलाउनेको लाइसेन्स प्वाल पार्न थालेपछि दुई वर्षयता राजधानीमा मापसे आतंक छाएको छ । एक लाखभन्दा धेरै चालक यो मापसे कारबाहीमा परिसकेका छन् ।तर, एक सिनियर प्रहरी अधिकारी पनि हालै मापसे आतंकमा परेका छन् । मापसे गरेर सवारी चलाएकोमा नभई ड्युटीमा बसेकोमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी केदार खनाल फन्दामा परेका हुन् । सोही कारण डिएसपी खनाल त्यहाँबाट सरुवा मात्र भएनन् एक रात थुनामा समेत परे । 

अन्य अभियुक्तलाई जस्तै गरी काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेल परिसरको भ्यानमा उनलाई नियन्त्रणमा लिई वीर अस्पतालमा लगेर मेडिकल गराई परिसरको कोठामा ल्याएर एक रात थुनेका हुन् । स्पष्टीकरण सोधेर डिएसपी खनाललाई उनले विभागीय कारबाही पनि थालेका छन् । यसअघि आकस्मिक ब्रिफिङमा बोलाउँदा बिरामी भएको भन्दै मदिरा पिएर बस्दा ललितपुरका एसएसपी रमेश भट्टराई आइजीपी उपेन्द्रकान्त अर्यालको फन्दामा परेका थिए ।उता, उपत्यकाका कतिपय इन्चार्ज भने खरेललाई झुक्याउँदै कमाउन सफल भइरहेका छन् । कालिमाटी, बालाजु तथा गौशलाका डिएसपीले गोप्य रुपमा रकम असुलिरहेको स्रोत बताउँछ । कालिमाटी वृत्तका डिएसपी यज्ञविनोद पोखरेलले घुस खाएको कारबाहीका लागि तानिएका बिट इन्चार्जलाई दुई सातामै पुन: त्यही बिटमा फर्काए पनि उनको चरित्र नागिंएको छ । 

कलंकीको एक गेष्टहाउसबाट पक्राउ परेका जोडीलाई घुस खाएको आरोपमा तानिएका बाफल बिटका हवल्दार थापालाई दुई सातामै पुन सोही बिटमा फर्काएका छन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More