BICITRA KHABAR

BICITRA KHABAR

नेपाल घुमेर घर फर्कँदै थिए हराइरहेको विमानका नौ यात्रु

काठमाडौँ : एक हप्तादेखि हराइरहेको मलेसिया एयरलाइन्सको विमानका नौ यात्रु नेपाल घुमेर फर्केकाहरु रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। अवकाशप्राप्त ती चिनियाँ नागरिकहरु धेरै पुराना साथी थिए। नेपाल घुमेर स्वदेश फर्कने क्रममा क्वालालम्पुरबाट बेइजिङतर्फ उड्दै गर्दा विमान बेपत्ता भएको बिबिसीले जनाएको छ।  द हिन्दुले उनीहरुका साथी वाङ डोङचेङलाई उद्‍धृत गर्दै नेपालपछि इंग्ल्यान्ड र आयरल्यान्ड पनि सँगै घुम्ने योजना उनीहरुले बनाएको उल्लेख गरेको छ।  सातौँ दिन पनि भेटिएन विमान गएको शनिबार हराएको २३९ जना चढेको मलेसिया एयरलाइन्सको यो विमान अझै पनि फेला परेको छैन। सातौँ दिनमा मलेसियाका अनुसन्धानकर्ताहरुलाई अरु देशका राडार र भूउपग्रहका जानकारीहरु पनि बाँडिएको छ।  अमेरिकी सैनिक राडार ट्रयाकिङ प्रमाणले विमान बेइजिङतिर जानुपर्ने निर्धारित उत्तरपूर्वी रुटविपरीत जानाजानी पश्चिमतिर लागेको देखिएको बताइएको छ। रोयटर्सले स्रोतहरुलाई उद्‍धृत गर्दै दिएको यो समाचारलाई मलेसियाली अधिकारीहरुले खण्डन गरेका छैनन्।  सैनिक राडारमा आएको अन्तिम तथ्याङ्क अनुसार विमान भारतको अन्डमान निकोबार द्विपतिर बढ्दै थियो।  मलेसियाका कार्यवाहक यातायात मन्त्री हिशामुद्दिन हुस्सेनले खोजी कार्य हिन्द महासागरसम्म बढाइएको बताएका छन्।  यद्यपि, विमान वा विमानको भग्नावशेषका कुनै पनि संकेत हालसम्म भेटिएको छैन।  रोयटर्सको समाचारमा आधारित भएर सिङ्गापुर टुडेले विमानको रुटको नक्सा ट्विट गरेको छ

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More