काठमाडौं, चैत्र १५ । नेपाली गीत संगीतमा खेलकुदल उतिसारो प्राथमिकता पाउदैन् । ‘फेस’ एल्बम लिएर प्रवेश गरेका गायक तथा संगीतकार विवश पौडेलले भने पहिलो प्राथमिकता नै खेलकुदलाई दिएका छन् । उनको पहिलो एल्बममा नै खेल र खेलाडीहरुलाई प्रोत्साहन गर्दै एक गीत र म्युजिक भिडियो सार्वजानिक गरेका छन् । यो नेपाली सांगितिक क्षेत्रमा नौलो प्रयोग हुन पुगेको छ ।सम्भवत: विश्वमा नै पहिलो पटक उनले खेलकुदका विभिन्न सामाग्री र ति सामाग्रीहरुबाट निस्कने आवाजको संयोजन गरी एक खेलप्रेमी अथवा खेलाडीहरुको प्रोत्साहन र उत्साहको लागी उर्जाशील गीत सार्वजानिक गरेका हुन् ।फुटवल, क्रिकेट ब्याड ,बल ,टिटी बल लगायतका सामाग्रीहरुबाट उनले यस गीतको संगीत संयोजन गरेका छन । उनले मुखबाटै विभिन्न किसिमका गितार लगाएतका बाजाहरुको धुन निकालेका छन् । ‘सायद यो त विश्वमा नै पहिलो हुन सक्छ स्पोर्टसको सामाग्रीबाट पुरै म्युजिक एरेन्ज गरेको छु’ उनले भने । यो गीत सार्वजनिक संगै धेरैले अश्चार्य ब्यक्त गरेको पनि उनले सुनाए ।गायक पौडेलका अनुसार पहिलो पटक विश्वकप खेलिरहेका क्रिकेट खेलाडी लगाएत सम्पूर्ण खेल जगतलाई उत्साह र प्रोत्साहनको लागी आफुले धेरै मिहेनतका साथ यो गीत तैयार पारेको उनी बताउछन् ।यस अघि उनले सम्पूर्ण सांगीतिक बाजाहरुको धुन टोन मुख बाटै निकालेर अथवा संगीत संयोजन नै मुख बाट गरेर तिमी नै ‘होउ’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक गरेका थिए । यस गीत बाट पनि उनले राम्रै चर्चा परिचर्चा पाएको थियो ।राम्रा साउण्ड इन्जिनियर समेत रहेका उनी मिडियामा खासै देखिदैनन् । उनको गीत ‘खेल्छ गोर्खाली अब खेल्छ नेपाली’ ले भने नेपाली संचार क्षेत्र तथा संगीत जगतमा राम्रौ चर्चा पाउने सम्भावना देखिन्छ ।