BICITRA KHABAR

BICITRA KHABAR

आत्मघाती ढुकुटीमा फस्ने यी अभागी कलाकारहरु

’शितल दिने पीपल समी छ,अरु मलाई पुगेकै छ सानु तिमी छैनौतिम्रै कमी छ’

लोक दोहोरीका स्रोताले सुनेको हुनुपर्छ यो गीत । लोक गायक याम क्षेत्रीलाई यही गीतले चर्चित बनायो । तर, उनले आफ्नो छविलाई जोगाउन सकेनन् । एकातिर सीआरबीटी चोरी केसको लफडा आइपर्‍यो भने अर्कातिर ‘लेनदेन’ को । सीआरबीटी केसमा यही मंगलबारमात्रै जिल्ला अदालतबाट सफाइ पाएपनि उने भन्ने गरेको लेनदेन र सबैले भन्ने गरेको ढुकुटी ले उनको पिछा तत्काल छाड्ने अवस्था छैन् । किनभने, ढुकुटीमा उनी आफूमात्रै डुवेका छैनन्, उनले थुप्रै आफ्ना सहकर्मीलाई पनि डुवाएको बताइएको छ ।केही समय गुमनामजस्तै बसेका याम यतिबेला फेरि संगीत क्षेत्रमा सक्रिय त भएका छन्, तर पहिलाको जस्तो खुलेर आउन सकेका छैनन् । उनीसँग लेनदेन जोडिएकाले उनले लुकेरै गीत रेकर्ड गर्दै आएको बताइएको छ । तर, याम भन्छन् ‘ढुकुटी खेलेर होइन, केही साथीहरुसँग लेनदेन छ । स्टुडियोले दिने रेकर्ड टाइम रात वा दिनमा पर्न सक्छ ।’

उनीसँग लेनदेन कारोबारमा जोडिनेमा हाल अमेरिका रहेकी गायिका निशा सुनार, चर्चित गीतकार शिव हमाल, बसन्त थापा, चर्चित दोहोरी गायक रामजी खाँडलगायत छन् । ढुकुटी खेलेको नस्विकारे पनि आफ्नो २२ लाख रुपैयाँ जति लेनदेनमा डुवेको शिव हमाल बताउँछन् । त्यसैगरी रामजीको १५ लाख र बसन्तको पनि त्यही हाराहारीमा डुबेको बिहीबार प्रकाशित शुक्रबार साप्ताहिकमा खबर छ ।‘फूल राम्रो गुफाबको’ जस्तो चर्चित गीतका सर्जक कर्ण चापागाईंको जीवन ढुकुटीकै कारण उनले नै लेखेको अर्को गीत ‘मेरो त जिन्दगी रुँदै रुँदै गयो’ जस्तै भएको बताइन्छ । हाल सम्पर्कबिहीन रहेका उनका कारण पनि लोकदोहोरी क्षेत्रका ढुकुटी खेल्नेहरु सबैका ढुकुटी रिक्तिएका छन् ।किनभने, ढुकुटी कारोबार गरेका धेरैले आफनो पैसा उनले डुवाइदिएका छन् । देशबाहिर रहेका उनी तत्काल नेपाल फर्किने सम्भावना न्यून छ । आधुनिक गीत, लोकगीत लेखेर र म्युजिक भिडियोमा अभिनय गरेर उनले निकै नामदाम कमाए पनि ढुकुटी खेल्न थालेपछि गुमनाम हुन पुगेको हो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More