BICITRA KHABAR

BICITRA KHABAR

हराइरहेको मलेसियन विमान अपहरणमा परेको खुलासा (तस्विर सहित)

मलेसियाली अधिकारीहरुले गत शनिबार देखि हराइरहेको २३९ जना सवार जम्बो जेट ३५००० फिटको उचाइबाट अपहरणमा परेको स्वीकार गरेका छन् ।विमान उडान सम्बन्धी राम्रो ज्ञान भएको समूह वा व्यक्तिले अपहरण गरेको हुन सक्ने अधिकारीहरुको भनाइ छ ।हराइरहेको विमानका सबै सञ्चार प्रणाली नै बन्द गरिएको र नियमित भन्दा फरक रुट तर्फ लगिएको बताइएको छ ।विमानको खोजी गरिरहेका विमान र जहाजहरु जहाज जान सक्ने सबै गन्तब्य सम्म पुगिसक्दा पनि जहाजको कुनै पत्ता नलागेपछि मलेसियाली अधिकारीहरु विमान अपहरणमा परेको निष्कर्षमा पुगेका  हुन् ।१२ जना चालक दलका सदस्य र २२७ यात्रु लिएर गत शनिबार मलेसियाको राजधानी क्वालालम्पुर बाट चीनको राजधानी बेइजिङतर्फ लागेको विमान उडेको केही घण्टा पछि वेपत्ता भएको थियो ।

यद्यपी विमान कस्ले र किन अपहरण गरेको हो एवं विमान कहाँ लगिएको छ भन्ने विषयमा कुनै विवरण दिन भने अधिकारीहरु असफल देखिन्छन् ।चीनको राजधानी तर्फ जानु पर्ने विमान उडेको केही समय पछि दिशा परिवर्तन गरेर मलेसियाली प्रयद्वीप भन्दा बाहिर पुगेको अधिकारीहरुको भनाइ छ ।अमेरिकी अधिकारीहरुले यस अघी नै विमान सम्पर्कविहिन हुनु अघी जाना जान विमानको सञ्चार प्रणाली बन्द गराइएको तथ्य फेला परेको बताएका थिए ।

केवल विमानको उडान बारे राम्रो ज्ञान भएको समूह वा ब्यक्तिले मात्र यसो गर्न सक्ने उनीहरुको भनाइ छ ।कतिपय विज्ञले भने पाइलटले आत्मघाती कदमकोरुपमा विमान गायव पारेको हुन सक्ने अनुमान समेत गरेका छन् ।विमान खोजी शुरु भएको २ हप्ता वितिसक्दा पनि कुनै विवरण फेला नपरेपछि ब्यापक खोजी कार्य साउथ चाइना सागर देखि हिन्द महासागर सम्म पनि चलिरहेको छ ।यस अघि मलेसियाली अधिकारीहरुले विमान सम्पर्क विच्छेद भएपछि पनि केही घण्टा सम्म उडेको भन्ने अमेरिकी अधिकारीको भनाइको खण्डन गरेका भएपनि अव भने यस विषयमा बोलेका छैनन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More