(एजेन्सी) चैत-११, काठमाडौँ । मलेशियाई एयरलाइंसको बिमान ३७० बेपत्ता भएको १७ दिनपछि दुर्घटनाग्रस्त भएको पुष्टि भएको छ, अव खोजकर्ताहरु जति सक्दो चाडो ब्ल्याक बक्स र त्यसको बैट्री समाप्त नहुँदै खोज्ने प्रयासमा रहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।ब्ल्याक बक्सलाई कुनै पनि दुर्घटना पछी कम से कम ३० दिन भित्र खोजिसक्नु पर्नेछ । तैपनि विशेषज्ञले भने अनुसार विमानको दुर्घटनाग्रस्त भएको समय ब्याट्री को पावर मात्र १५ दिनसम्म हुने गर्दछ । यदी ब्ल्याक बक्स भेट्न नसकिए वा त्यसको ब्याट्रीको पावर सकिए के कारण दुर्घटना भएको थियो भन्ने कुरा पत्ता लगाउन असम्भव हुने बताएको छ । त्यसैकारण पनि खोजकर्ताहरु उक्त ब्ल्याक बक्सको ब्याट्री समाप्त हुनु अगाडीनै खोजि सक्ने प्रयासमा जुटेका छन् ।
मलेशिया
यसै बीच खराब मौषमका कारण आज मंगलबार पनि खोजि कार्यमा कठिनाई आएको र आजको लागि खोजि कार्य स्थगित गरिएको खोज कार्यमा संग्लन अधिकारीहरुले जनाएका छन् । अधिकारीहरुको बयानमा भनिएको छ 'समुद्रमा आएको खराब परिस्थितिको कारण एचएमएएस सक्सेस मंगलवारको खोज कार्य सफल हुन सकेको छैन, समुन्द्र शान्त भएपछी खोजि कार्य जारी रहनेछ ।’’यसै बीच विमानमा सवार यात्रिहरुका आफन्तजनले बेईजिंगस्थित मलेशियाको दूतावास अगाडी २ घण्टा प्रदर्शन गरेका छन् र घटनाको पछाडी रहेको सत्यताको यथासिघ्र प्रमाणहरुको माग गरेका छन् । प्रदर्शनकारिहरुले बेईजिंगस्थित मलेशियाको दूतावास परिसरमा पस्न कोशिस समेत गरेका थिए । उनीहरुले दुतावास अगाडी पानिका बोत्तल फ्याक्दै ‘‘हामीलाई साचो कुरा चाहियो’’ भन्दै नाराबाजी समेत गरेको समाचार छ ।