काठमाडौं, २९ फागुन । गायिका इन्दिरा जोशीले पछिल्लो समय सार्वजनिक गरेको म्यूजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डाको अपमान हुने गरी प्रयोग गरेकी छिन् ।‘जाउ कि नजाउँ, पाउँदिन जवाफ, हातमा छ भिसा’ बोलको गीतमा अभिनय गरेकी इन्दिराले लगाएको लेहेंगामा राष्ट्रिय झण्डा देख्न सकिन्छ । नितिन चन्दले निर्देशन गरेको उक्त भिडियोमा पल शाह र सुमन भट्टराईको समेत अभिनय रहेको छ । उत्तम बनेपालीले राष्ट्रिय झण्डा राखेर लेहेंगा डिजाइन गरेका थिए ।