सन् २०११ यूटिभीसँग मिलेर सलमान खानले बनाएको फिल्म ‘चिल्लर पार्टी’ ले नेशनल अवार्ड जित्न सफल भएको थियो । आठजना साना बालकले एक बेवारिसे कुकुर र अनाथ साथीका लागि शक्तिशाली र कुटिल राजनेतासँग भिँडेको कहानीमा आधारित थियो ‘चिल्लर पार्टी’ ।बालबालिकामा केन्द्रीत भएको कथाकै कारण सलमानले यो फिल्मको कथा चुनेका थिए । यसपटक पनि सलमानको नयाँ फिल्मका लागि यस्तै कथा मिलेको बताइएको छ । हालै रितेश देशमुकको निर्माणमा बनिरहेको मराठी फिल्म ‘यैलो’ को पहिलो ट्रेलर सार्वजनिक भएको थियो । यो फिल्मको ट्रेलरले दर्शक र पत्रकार मात्र होइन सलमान पनि प्रभावित भएका छन् ।आफ्नो ब्यानर विइङ हृयूमन प्रोडक्शनमा उनी यो फिल्मलाई हिन्दीमा रिमेक गर्न इच्छुक भएका हुन् । उनी निकट सुत्रका अनुसार रितेशले यो फिल्मको ट्रेलर उनलाई देखाएका थिए । यो फिल्मको सम्वेदनशील कथाले सलमानन धेरै प्रभावित भएका थिए । फिल्म एक गम्भीर विषयमा बनेको हो । यो विशेष बच्चा, समाजको नजर र उनको तागतका बारेमा रहेको छ । सूत्रका अनुसार सलमानले रितेशसँग भनेका छन् कि उक पटक फिल्म पूरा भएपछि उनी यसलाई हेरेर आफ्नो व्यानरका लािग हिन्दीमा बनाउनेछन् ।उनले भनेका छन् कि यो फिल्म हिन्दीमा बन्नुपर्छ, ताकि धेरै भन्दा धेरै दर्शकले देख्न सकुन् । उनलाई यसको प्रोमो यति धेरै मन पर्यो कि उनले ट्वीट पनि गर्न भ्याए । रितेश भन्दा पहिले मराठी फिल्मक बालक पालक मा पनि उनले रुचि देखाएका थिए । यो फिल्म अघिल्लो वर्ष रिलिज भएको थियो । यो टिनएजर्सबीच यौन शिक्षाको संवेदनशील विषयमा बनेको छ ।