काठमाडौं, फाल्गुन २१ - सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सीमावर्ती मुलुकको अन्तर्राष्ट्रिय सीमाना एवं सीमा स्तम्भहरुको सुरक्षा एवं संरक्षण कार्यलाई कर्तव्य ठानेर कार्यक्षेत्रमा क्रियाशिल रहन निर्देशन दिएका छन् । महानिरीक्षक वन्तले प्राप्त हरेक जिम्मेवारीलाई व्यावसायिक दक्षतापूर्वक पूरा गर्नुपर्नेमा पनि जोड दिए ।सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कपिलवस्तुको नवनिर्मित कार्यालय भवनको बुधबार शिला अनावरण गर्दै वन्तले सीमा सुरक्षा, भन्सार सुरक्षा, अवैध चोरीपैठारी निकासी नियन्त्रण, विपद् व्यवस्थापन लगायतका कार्यमा गरेको कार्यको समाजका विभिन्न क्षेत्रबाट प्रशंसा भएको उल्लेख गरे । 'जुन हामी सवैको लागि गर्वको विषय हो,' उनले भने ।संगठनप्रति बफादार रहेका राष्ट्रसेवकको कार्यको सवैक्षेत्रबाट उच्च मूल्यांकन भइरहेको र जसबाट संगठन लोकप्रिय रहन सकेको उल्लेख गर्दै उनले सवैसँग भातृत्व भावनाका साथ कार्यक्षेत्रमा अगाडि बढ्दै संगठनको गरिमा र मर्यादालाई अझै उचाईमा पुर्याउन क्रियाशिल रहनु पर्ने बताए ।
पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल जिम्मेवारीलाई व्यावसायिक दक्षताका साथ पुरा गर्दै नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन निर्देशन दिए ।सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक पदमसिंह ऐरले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सीमावर्ती अपराध नियन्त्रणको साथै स्थानीय जनतामा शान्ति सुरक्षा प्रदान गर्नेतर्फ योगदान पुर्याउँदै आएको उल्लेख गरे ।कार्यालय भवन करीव एक करोड ४८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।