साझा बसमा अब नि:शुल्क वाइफाइ सेवाको तयारी
6:44 AM
Unknown
चैत-२०, काठमाडौं । साझा बसले यात्रुहरुको सेवाका लागि बसभित्र 'फ्रि वाइफाइ' सेवा दिने जनाएको छ । नेपाल टेलिकमसँगको सहकार्यमा 'फ्रि वाइफाइ' सेवा सुरु गर्न लागेको साझा यातायात सहकारी संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिएका छन् ।
पाण्डेले वाईफाई सेवाका लागि नेपाल टेलिकमसंग छलफल चलिरहेको बताए । उनका अनुसार साझा बसले काठमाडौंको लागि थप बस थप्ने तयारी गरेको छ भने काठमाडौँ देखि अन्य जिल्लामा जाने बस पनि सञ्चालनमा ल्याउदै छ । काठमाडौंका अहिले दुई रुटमा साझाका १६ वटा बस सञ्चालनमा छन् ।
माइक्रोमा महिलालाई अश्लील गीतदेखि कुइनाको ठक्कर बक्षस्थल सम्म
6:13 AM
Unknown
काठमाडौं : सरकारले सार्वजनिक सवारी साधनभित्र महिलामाथि हुने दुर्व्यवहारका घटनाको उजुरी गर्न स्थापना गरेको हट लाइनमा उजुरी परेका केही नमुना हेर्दा सार्वजनिक सवारीमा महिलाले भोग्ने सास्ती थाहा पाउन सकिन्छ।त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्ययनरत एक छात्रा टेकुबाट माइक्रोबस चढेर कीर्तिपुर जाँदै थिइन्। पछाडि उभिएका एक अधबैंसे पुरुष ठेल्दै उनी नजिक आइपुगे। उनी अलि अघि बढिन्, व्यवहार त्यस्तै दोहोरियो। बीच बाटोमै ओर्लिइन् र प्रहरीलाई फोन गरिन्।
कार्यालय जाने क्रममा भीमसेनगोलामा एक युवतीमाथि चारजना केटाले माइक्रोबसभित्रै सिठ्ठी बजाएर जिस्क्याए। उनले थाहा नपाएजस्तो गरिन्। तर त्यो क्रम नरोकिएपछि उनी पनि बीचमै ओर्लिन बाध्य भइन्।
कीर्तिपुर जाँदै गर्दा एक युवतीले माइक्रोबस चालकले बजाएको अश्लील गीत सुन्नै नसकेर बीचमै उत्रनुपर्यो।
महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता गणेश चन्दले सार्वजनिक सवारीसाधनमा महिलामाथि दुव्यर्वहारका घटना बढेको बताए। दुव्र्यवहार विरुद्धका गुनासो सुन्ने सेलका पूर्वसंयोजकक प्रहरी नायब उपरीक्षक भीम ढकालका अनुसार बस र माइक्रोबसभित्र शरीरका विभिन्न भाग र संवेदनशील अंगमा हात पुर्याउने, पछाडिबाट टाँसिन आउने, सिटमा बस्दा कुइनोले कम्मरमा ठेल्ने, जिस्क्याउनेलगायतका दुर्व्यवहारका उजुरी बढी आउँछन्।
बस र माइक्रोबसका चालक र सहचालकले समेत अश्लील गीत बजाउने, अपशब्द बोल्ने, एकोहोरो हेरिरहनेलगायतका दुव्यर्वहार महिलाले भोगिरहेका छन्। प्रहरीका अनुसार नेपाल यातायात र कीर्तिपुरमा चल्ने माइक्रोबस, मिनीबस र ठूला बसबारे धेरै उजुरी आउँछन्।प्रहरीले पहिलोपटक सचेत गराउने, दोस्रोपटक गल्ती नदोहोर्याउने प्रतिबद्धता गराउने तथा कागज गराएर छोड्ने गरिरहेको छ। हालसम्म सार्वजनिक यातायातमा भएका दुर्व्यवहारका विषयमा अदालतमा मुद्दा परेका छैनन्।अन्तरिम संविधान २०६३ ले प्रत्येक नेपालीको यात्रा गर्न पाउने अधिकार सुरक्षित गरेको छ। त्यसैगरी सार्वजनिक यातायातको साधनमा महिलामाथि हुने दुव्र्यवहार कम गर्न यातायात व्यवस्था विभागले सार्वजनिक यातायात आचारसंहिता २०६७ लागू गरेको छ।
आचारसंहिताअनुसार यात्रुवाहक सवारीसाधनमा चालक, परिचालक र पुरुष यात्रुले महिलासँग शिष्ट र सभ्य भाषामा कुराकानी गर्नुपर्ने, सवारीभित्र महिलामैत्री वातावरण हुनुपर्ने, आरक्षित सिटमा अनिवार्य रूपमा महिलाले बस्न पाउनुपर्ने, गर्भवतीलाई सिटमा बसाउनुपर्ने व्यवस्था छ।त्यस्तै अश्लील, महिलाविरुद्धका उद्धरणहरू लेख्न, लेखाउन र अश्लील चित्र र पोस्टर टाँस्न नपाइने व्यवस्था आचारसंहितामा छ। महिलालाई अपमानित गर्ने गीतसंगीत बजाउन नपाइने पनि आचारसंहितामा उल्लेख छ।
बसभित्र दुर्व्यवहार गर्नेविरुद्ध कारबाहीको व्यवस्था भए पनि अहिलेसम्म कुनै उजुरी नपरेको विभागकी निर्देशक इन्द्रकुमारी थपलियाले बताइन्।विश्व ब्यांकले तीन महिनाअगाडि सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सार्वजनिक यातायातमा चढ्ने प्रत्येक चार महिलामध्ये एकजना दुर्व्यवहारको सिकार हुने गरेका छन्। १९ देखि २५ वर्षभित्रका महिलाले यो समस्या बढी भोग्ने गरेका छन्। गाडीमा चढ्ने महिलामध्ये ९६ प्रतिशतले महिलासँगै उभिन र बस्न रुचाउने गरेको प्रतिवेदनमा उल्लेख छ।
जानी राखौ तपाइलाई लिन यमराज कहिले आँउछन् ?
11:37 AM
Unknown
मृत्य यस्तो शब्दको हो जसले सुन्नेमान्छेकोनमा भय र त्रास उत्पन्न गराइदिन्छ। तर मृत्यु एउटा सत्य हो, जसको जन्म हुन्छ उसको मृत्यु पनि हुन्छ। यति जान्दा जान्दै पनि मानिसमा मृत्युको डर हुन्छ, मृत्यु सम्झेर त्राहीमाम हुन्छ मानिस । धेरै मानिसलाई आफू कहिले मरिएला भन्ने चिन्ता हुन्छ। मानिस धेरै बाच्ने र आफ्नो मृत्युको दिन जान्न अनेका तरिका अपनाउँछ। यहाँ विभिन्न हिन्दु धर्म ग्रन्थमा आधारित रहेर मानिसको मृत्यु र मृत्युको मितिको बारमा जानकारी संकलन गरिएको छ। हिन्दु धर्मग्रन्थहरुका अनुसार मर्नु भन्दा पहिले मानिसले विभिन्न संकेतहरु प्राप्त गर्दछ, ती संकेतलाई चिन्न सके मृत्यु आउन लागेको थाहा पाउन सकिन्छ। यहाँ केही मृत्यु अघिका संकेतहर प्रस्तुत गरिएको छ.. -कोही मानिसको शरिर अचानक पहिलो वा सेतो देखिन थाल्यो र त्यसमाथि रातो रंग देखियो भने सम्झनु पर्छ उक्त मानिसको मृत्यु ६ महिना भित्र हुन्छ -कोही मानिसले पानी, तेल र ऐनामा आफ्नो आकृती देख्न छोड्यो भने पनि उक्त मानिस ६ महिना भन्दा बढि बाँच्न सक्दैन् -एकै महिना भित्र मर्ने मानिसले आफ्नै छायाँ पनि छुट्टै देख्दछ भने कसैले आफ्नो छायाँमा टाउको देख्दैनन् -यदि कुनै व्यक्तिले अचानक सवै तिर कालो देख्न थालेपनि सम्झनु पर्दछ,उक्त व्यक्तिको मृत्यु नजिक छ -जब अचानक मानिसको बाँया हात लगातार एक हप्तासम्म फरफर्राउँछ, उक्त व्यक्तिको महिना दिन भित्रै मृत्यु हुन्छ -यदि कुनै मानिसको मुख, जिब्रो, कान, आँखा, नाक पत्थर जस्तो देखिन थालेभने उक्त मानिस ६ महिना भित्र मर्ने संभावना हुन्छ -यदि कोही मानिसले चन्द्र ,सुर्य र आगोबाट उत्पन्न प्रकाश देख्न सकेनन् भने पनि ६ महिना भन्दा बढि बाँच्न सक्दैनन् -कोही मानिसको जिब्रो अचानक फूलेमा पनि उक्त व्यक्ति ६ महिना भन्दा बाच्न सक्दैन -यदि कोही मानिसले ध्रुब तारा देख्न छोडेमा पनि सो ब्यक्तिको ६ महिना भित्र मृत्यु हुन्छ -कोही मानिसले निलो आकाश रातो देख्न थाल्यो र उसलाई वरिपरि काग र गिद्धले घेर्न थालेभने सो व्यक्तिको ६ महिन भित्र मृत्यु हुन्छ
थर्काउँदै भने, ‘तलाई म बार गर्ल जस्तो लाग्यो’
2:27 AM
Unknown
पत्रकारिताले नयाँ कुराको खोजी गर्छ । कलाकारलाई समाचार बन्दैन भनेका कतिपय कुराहरुलाई पनि पत्रकारको आखाले समाचार देख्छ । केही दिन देखि मोडल तथा नायिका नम्रता सापकोटासँग कुरा गर्ने चाहना मनमा पलाएको थियो ।काठमाण्डौको एक क्याफेमा भेट्ने फोन बार्ता पश्चात सिमित प्रश्नलाई दिमागमा सेट गर्दै नम्रतालाई भेट्न लागे । उसो त उनी कुनै चर्चित सेलिब्रेटी भैसकेकी थिइनन् । तर पनि खै किन किन, प्रश्नको जालोले मलाई नम्रता तिरै नै सोझायो ।उनमा खुल्लापन थियो । जे गर्दैछु ठिक गर्दैछु भन्ने मनोविज्ञानले नम्रता फुरुङ्ग थिइन् । तर मेरो प्रश्न उनकै स्वतन्त्रता माथि नै तेर्सियो । के मा व्यस्त ? ‘भिडियो’मा प्रश्न र उत्तर सँगै खसे ।सुन्दरता बचाउन ‘हट लेमन’ पिउने उनको रोजाइले पनि मलाई नम्रताको स्वास्थ्य प्रतिको सजगता वुझ्न गाह्रो भएन । २ वटा सिनेमा खेल्ने वित्तिकै उनमा स्तरिय चलचित्रको धङधङी सवार भएको मैले वुझे ।
किन पछाडि त तपाई, सिनेमा छैन त बजारमा ? मैले नम्रताको स्वतन्त्रताको उमंगमाथि नै प्रहार गर्दै प्रश्न सोझाए । २ वटा सिनेमा खेलेकी नायिका अब स्तरियताको मार्क लगाउँदै थिइन् । संभवत उनको स्तरियता मापन गर्ने भाषा वेग्लै थियो होला ।म्यूजिक भिडियो, मोडलिङ, स्टेज शो नै उनको भाषामा व्यस्तता थियो । ‘अन्य नायिका आफू भन्दा माथि पुग्दा डाहा हुदैन ? प्रश्न यस्तो थियो नम्रताले बहाना पारिन् । ‘डाहा’ भन्ने मेरो शब्दले उनमा झट्का लाग्यो । ‘तपाइले डाहा किन भन्नु भएको ? उनको मित्रतालाई मैले डाहामा परिभाषित गरिदिएपछि संभवत उनले केही सोचिन् होला ।तर पनि उनलाई सिनेमाको पर्दामा आफू जम्न नसकेको महशुश ढिलो भएन । ‘मलाई चाप्लुसी घस्न आएन, अरुको अगाडि झुटो गफ हान्न आएन, सायद यसैले’ नायिका घुमाउरो शैलीमा बोलिन् ।एउटै प्रश्नले नम्रता पनि बोर भइन् कि भन्ने मेरो आफ्नो सोचाई थियो । उनका बारेमा मैले जति वुझे, जे सोध्छु भनेर पुगे, प्रश्नहरु रित्तिए । कहिलेकाही प्रश्न सकिएपछि प्रश्नकर्ता पनि भुलभुलैयामा पर्छ । वेटरले सोही समयमा हट लेमन ल्याइदिएर मलाई ठूलो गुण लगाइदिएका थिए ।
अजय भाइको लेन्सले नम्रतालाई थुप्रै पटक कैद गरिरहदा मलाई उनी सुरुमा ‘टर्मिनल पोइन्ट’ नखोजी हिडिरहेकी यूवती लाग्यो । जसमा वर्तमान छ, भविष्य के भन्ने नै छैन । २ वटा सिनेमा खेल्ने वित्तिकै मैले गरेको अन्र्तवार्ता प्रस्तावलाई उनले विभिन्न कोणबाट विश्लेषण गरिछन् ।प्रश्नहरु हट लेमनको सुर्कीसँगै विकसित भए । तपाई सेलिब्रेटी किन ? म नम्रता सापकोटा हो, सेलिब्रेटी होइन, प्रश्न उत्तर यसरी चल्यो । क्याफेमा आउने मानिसको एकहोरो हेराइले दुबै जनाको एकाग्रता भंग भैरहेको थियो ।नेपालमा सेलिब्रेटी भन्ने कोही छ जस्तो नै लाग्दैन । कुनै ठाउँमा पुग्दा त्यहाँ सेलिब्रेशन भए पो सेलिब्रेटी, नम्रताले आफ्नो वुझाई पोगिन् । तर पनि राजेश हमाल, भूवन केसी, रेखा थापामा उनी सेलिब्रेटी छनक देख्छिन् । ओहो, उनको जवाफको कडाई त बल्ल पो निस्कियो । काठमाण्डौ बाहिर पुगेपछि बल्ल थाहा हुन्छ रे कलाकारलाई आफ्नो भ्यालु र अर्थ ।भिडियो गर्दा हिरोइनको आकर्षण ठूलो पर्दामा सकिन्छ रे हो ? मैले यो प्रश्न सोध्दा नम्रता केही समय हाँसिन् । सायद हाँस्दा उनले जवाफ खोज्न सक्थिन् होला । भिडियो कलाकारलाई दैनिकी चलाउने एउटा राम्रो माध्यम पनि हो । होइन भने, बर्षमा एकाध सिनेमा गरेर को बाच्न सक्छ त । यथार्थता जे थियो, त्यही बोलिन् जस्तो लाग्यो नम्रताले ।
प्रश्न सोध्दा घरीघरी मैले नम्रता श्रेष्ठको नाम लिए । सायद म झुक्किए, नम्रता सापकोटा र श्रेष्ठ विचमा ।
प्रश्न अब फेसबुककलाई माध्यम बनाउँदै उनको ‘लभ लाइफ’ तर्फ मोडियो । तपाइको फेसबुकमा देखिने एक यूवकलाई नम्रताको प्रेमी भन्छन्, खुलस्त बोल्ने मान्छे भन्दै मैले खुलस्त जवाफको अपेक्षा गरिरहेको थिए । सुरुवात देखि नै आफूलाई ‘खुलस्त’ बोल्ने यूवती भनिरहेकी नम्रता यतिबेला भने यही शब्दको जालमा फसेकी थिइन् ।‘म सत्य कुरा बोल्छु, २३ बर्षको यूवतीको प्रेमी छैन भनेर कसले पत्याउँछ ।’ केटाको हात पनि छोएको छैन भन्ने कतिपय नायिकाहरुको जवाफले मलाई तरंगित बनाउछ, नम्रताले प्रेमको पोको खोल्दै भनिन्, ‘एकै टोलमा बस्ने सागर श्रेष्ठ मेरो प्रेमी हुन् । सानैबाट हामी मिल्ने साथी थियौ । उनको केयरिङ र मायाले मलाई आकर्षण गर्यो । विगत ३ बर्षदेखि हामी प्रेमको सागरमा पौडिरहेका छौ’, नम्रताको जवाफले मलाई उनको खुलस्त बोल्ने शैलीमा शंका गर्ने ठाउँ दिएन ।कुकुर क्रेजी यि नायिका आफूलाई सेक्सी भन्दा पनि सुन्दरी भन्न रुचाउँछिन् । फोटोसुटमा धेरै पटक मैले उनको हट अवतार देखेको छु । उनी पनि आफूलाई हट बन्न मन लाग्ने बताउँदै थिइन् । छोटो स्कर्ट, टिसर्टले सेक्सी देखिने सोच उनमा पनि थियो ।
सिनेमा नगरीमा नायिकाहरु उत्तेजक दृश्य दिन माहिर भैरहेको समयमा नम्रताको बटमलाइन मैले वुझ्न खोजे । ‘बटमलाइन’ भन्नाले, ‘तपाइको अन्तिम विन्दु कतिसम्म के’, अर्थाए मैले प्रश्नलाई ।कथाको सिचुएसन र काम गर्ने टिममा भर परेर काम गर्छु । चुम्बन, बेडसिन नराम्रो होइन, तर प्रस्तुतीमा भर पर्छ । नम्रता उत्तरबाट आफूलाई आधुनिक यूवती र आधुनिक समयमा चल्न सक्ने छनक दिदै थिइन् ।समय २ घन्टा भैसकेको थियो । ४ बजे ‘फिटकिरी’ चलचित्रको क्रिकेटरलाई सम्मान कार्यक्रममा पुग्नु थियो । मनमा थुप्रै कुराहरु साँचेर कुरा टुङग्याउन तर्फ लागे म । नम्रताले मेरा अघिल्ला प्रश्नहरुलाई फेरि एक पटक संझिइन् र भनिन्, ‘साच्चै म मिडियाबाट टाढा भागेको रहेछु ।’ तर कतिपय सिनेमा त छोडेर ठिक पनि गरे भन्ने लाग्छ । तपाइलाई थाहा छ, ‘एउटा हट दृश्य दिनुपर्ने सिनेमाबाट अफर आएको थियो । मैले त त्यो सिनेमाका निर्देशकलाई , ‘तलाई के म बारमा काम गर्ने केटी जस्तो लाग्यो भनेर खुबै थर्काए ।’ पछि हामीले एक अर्कासँग माफी पनि माग्यौ ।’
स्टेज, म्यूजिक भिडियो र मोडलिङले दर्शकको नजरमा पर्न गाह्रो हुन्छ भन्ने नम्रताले वुझिन् । उनको मनोभाव परिवर्तन भएको वुझे मैले । उनमा सिनेमा नगरीमा नै काम गर्ने जोश अझै छ । सिनेमा गर्नुपर्छ भन्ने भाव विकास भयो । तर पनि उनमा नायिका हैन, नम्रता सापकोटा नै बन्ने सोच छ । भविष्यको योजनालाई अन्तरकुन्तरमा थन्काएकी छिन् उनले ।सँगै सिनेमा खेल्ने नायिकाहरु भटाभट काम पाइरहदा नम्रता ओझेलमा छिन् । उनको नजरमा यो स्वतन्त्रता हो, तर मिडिया र दर्शक यसलाई असफलताको परिभाषाले वुनिदिन्छ ।सायद, नम्रता सिनेमा गर्नुपर्छ भन्ने सोचाई बोक्दै बाहिर निस्किइन् होला, म उनको वुझाइलाई कुन भाषामा बुन्दै समाचार कोरु भन्ने भावमा अगाडि बढे ।
खाद्द गुड भित्र सर्पको टाउको भेट्टीयो
12:46 AM
Unknown
मकर धामी, चैत-१६, डडेल्धुरा ।खाद्य वस्तुमा मिसावट हुनु कुनै नौलो कुरा होईन यो हरेक कम्पनिले गर्दै आएका छन् । गुड भित्र अखाद्य बस्तु सर्पको टाउको भेट्टीएको छ भन्दा कसैलाई पत्यार नलाग्ला किनभने गुडमा चिनिको मिसावट त स्वभाविकै हो तर सर्प भेट्टीनु भनेको अतिनै मानिन्छ ।तर मणीलेक गाविस ४ को विकासपुर जुगाडामा नर ब बोहराले खानको लागी एक महिना अघि डडेल्धुरा बजार बाट किनेर लगेको करिव २ किलो गुडमा हिजो मात्र सकिनै लाग्दा सर्पको टाउको भेट्टीयको छ । गुड खायपछि विरामी हुने बान्ता हुने समस्या देखियको थियो । नर ब बोहराको १२ बर्षिया छोरी चेतु बोहराले गुड खायपछि वान्ता गरे पछि हेर्दा सर्पको आधा टाउको भेट्टीयको हो । कम्पनिको लापरबाहिले गुडमा अखाद्य बस्तु भेट्टीयको कालाढुङगा बालक्लव का अध्यक्ष भान बोहरो जानकारी दिनु भएको छ । मिसावटमा अरु वस्तु भेट्टीनु स्वभाविकै भयपनि सर्पको टाउको भेट्टीनु भनेको अलि खतरा हो । सकिनै ाग्दा थाहा पायपनि ज्यान जोगीयको अध्यक्ष बोहराको भनाई रहेको छ ।
गायिका मञ्जु महतको परिवारले शव बुझेनन्
12:09 AM
Unknown
काठमाडौं, १६ चैत । चर्चित लोक गायिका मञ्जु महतको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै गोंगबु चोकमा धर्ना दिएका कलाकारहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष शिव हमालसहितका १२ जना कलाकारलाई प्रहरीले आज पक्राउ गरेको हो । सो क्षेत्र अहिले तनावग्रस्त भई यातायात सञ्चालनमा असुविधा भएको छ ।महानगरीय प्रहरी प्रभाग महाराजगन्जले उनीहरुलाई पक्राउ गरी लगेको गीतकार सुमन बैरागीले जानकारी दिनुभयो । गएको बिहीबार दिउँसो ठमेलस्थित गल्कोपाखामा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भई उपचार गराइ रहनुभएकी लोकगायिका महतको हिजो साँझ निधन भएको थियो ।रत्नपार्कदेखि गोंगबु क्षेत्रमा सञ्चालन हुने माइक्रो गाडीले ठक्कर दिँदा सो दुर्घटना भएको थियो । आज सो क्षेत्रमा माइक्रो सेवा बन्द भएको छ । महतको परिवारले दुर्घटनाको छानबिन पश्चातमात्र शव बुझ्ने बताएको गीतकार बैरागीले जानकारी दिनुभयो ।
लोकगायिका मञ्जु महतको निधन
5:30 AM
Unknown
काठमाडौं, चैत्र १५ - लोक गायिका मञ्जु महतको शनिबार निधन भएको छ ।बिहीबार उनी सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । गीत रेकर्डिङका सिलसिलामा जमलस्थित मालश्री स्टुडियोमा आउँदै गर्दा उनी सवार स्कुटर गल्कोपाखामा दुर्घटनामा परेको थियो । घटनाका प्रत्यक्षदर्शी मदन चालिसेका अनुसार उनको स्कुटर दुई माइक्रोबसको चेपुवामा परेपछि गम्भिर घाइते भएकी थिइन् ।
ग्रान्डीकै सघनकक्षमा उपचार हुँदै गर्दा मन्जुको निधन भएको हो । मन्जुकै सहकर्मी समेत रहेका गायक सूर्य रेग्मीले चार बजे तीर अस्पतालले उनलाई मृत घोषणा गरेको ईकान्तिपुरलाई बताए । मन्जुका पति र डेढ वर्षकी छोरी छन् । मन्जुलाई पशुपति शर्मासँग गाएको युगल गीत 'सोह्र दुना आठ' ले लोकगीतमा उचाई दिएको थियो ।कास्की भरतपोखरी गाविसकी मन्जुले किङफिसर दोहोरी गायन प्रतियोगितामा प्रथम भएपछि काठमाण्डुमा जमेकी थिइन् । त्यसपछि उनी काठमाडौं दोहोरी साँझ, धरहरा दोहोरी साँझ र गामबेशी दोहोरी साँझमा आबद्ध रहीन् । पछिल्लो समय विदेश तथा स्वदेशका कन्सर्ट तथा सांस्कृतिक कार्यक्रममा व्यस्त भइरहेकी मन्जुका 'नभन है कसैलाई भन्न हुँदैन', 'हिरामोती झैं' लगायत एल्बम बजारमा आइसकेका छन् ।
डाक्टरले नमानेपछि बिरामीले घरमै बञ्चरोले काटे हात
11:47 PM
Unknown
मोटसाइलक दुर्घटनामा परेर घाइते भएको हातले १६ बर्षदेखि दुःख दिइरहेको थियो बेलायतका ४४ बर्षिय मार्क गोडर्डलाई । बायाँ हातमा लागेका घाउ १६ बर्षसम्म निको बनाउन नकसेपछि उनी बिरक्त थिए । हात काटन उनले डाक्टरलाई आग्रह पनि गरेका थिए, तर डाक्टरले काट्नु नपर्ने भन्दै अस्वीकार गरिदिए । तर, उनले आफ्नो पीडालाई यसै बिर्सनेवाला थिएनन् । त्यसका लागि उनले घरेलु उपाय अपनाए । उनले घरमै इलेक्ट्रीक बञ्चरो बनाए र आफ्नो बायाँ हातलाई त्यहाँ राखेर काटिदिए । घरमा कोही नभएका बेला उनले यस्तो हर्कत गरेका थिए । १० मिनेटपछि आएकी श्रीमती आत्तिदै आकस्किम नम्बरमा फोन गरेर सहायता मागिन् । तर, प्रहरी र चिकित्सकको टोली आइपुग्दासम्म उनको काटिएको हात मरिसकेको थियो । तर, मार्कले यसका लागि पुरै तयारी गरेका थिए । उनले हात काटदा नदुखोस् भनेर ४४ वटा पेन किलर खाएका थिए । ‘पीडा अन्त्य गर्न यो चरम अवस्थामा जानु पर्ने थिएन । विकल्पहरु थिए । तर, अस्पतालमा कसैले मलाई सहयोग गरेनन् ।’ उनले गुनासो गरे । डाक्टरसित आक्रोशित मार्कले उनीहरुलाई देखाउनकै लागि भएपनि आफैले अप्रेसन गरेको बताए । ‘उनीहरुले मेरो हात अप्रेसन गर्न सकिन्न भने, तर मैले घरमै अप्रेसन गरेर त्यो पिडाबाट मुक्ति पाएँ ।’ उनले भने । यो घटनामा उनले दुई पिन्ट रगत गुमाएका छन् ।
१० महिने छोराको पेटमा बच्चा भेटियो
9:56 PM
Unknown
काठमाडौं : दस महिने शिशुको पेटमा अर्को शिशु देखिएपछि कान्ति बाल अस्पतालका चिकित्सकले शल्यक्रिया गरेर निकालेका छन्।सर्लाही ललेमपुरका बैजु मण्डलकी पत्नी रन्जिताकुमारीको कोखबाट जन्मिएका ऋतिकराज मण्डलको पेट फुलेपछि भिडियो एक्सरे गर्दा अर्को शिशु देखिएको थियो।चिकित्सकका अनुसार यो घटना नेपालमा पहिलोपटक भएको हो।
अस्पतालका वरिष्ठ चिकित्सक तथा बालरोग विशेषज्ञ डा. आरपी चौधरीले दस महिने शिशुको पेटमा शिशु देखेपछि अचम्म लागेको बताए। उनले नै शल्यक्रिया गरेर शिशु निकालेका थिए। उनका अनुसार संसारका पाँच लाख शिशुमध्ये एकमा यस्तो हुन्छ।पाठेघरमा जुम्ल्याहा शिशुका लागि गएको स्पम (डिम्ब र शुक्रकिटको समष्टिगत रूप) एउटैमा केन्द्रित भएपछि शिशुको पेटमै अर्को शिशु विकास भएको उनले बताए।
छोराले लगातार बान्ता गर्न थालेपछि बैजु दम्पतीले उपचारका लागि काठमाडौं ल्याएका थिए। अस्पतालका चिकित्सकले सुरुमा ट्युमरको आशंका गरेका थिए।‘एक्सरे गरेर हेर्दा शिशुको पेटको माथिल्लो भागमा ट्युमर देखियो, शल्यक्रिया गर्दा त ट्युमरभित्र अर्को शिशु भेटियो’, चौधरीले भने। ट्युमरले आन्द्राको भागसमेत ओगट्दै गएको थियो। ऋतिकको पेटभित्र रहेको मृत शिशुको तौल तीन सय ग्राम थियो।
साढे दुई घन्टा लगाएर गरिएको शल्यक्रियाबाट ऋतिकको पेटभित्र हात, खुट्टा, टाउको र सुँढजस्तो आकारको अर्को मानवाकृति चिकित्सकले निकालेका थिए।चौधरीका अनुसार सुरुमा रन्जिताले ऋतिकलाई जन्माउँदा पाठेघरको अल्ट्रासाउन्ड गरेको भए यस्तो फेला पर्थ्यो र समयमै उपचारपछि समस्या बल्झिँदैन थियो। रन्जिताको गर्भमा जुम्ल्याहा शिशुको स्पम गएपछि एउटा विकास भएको तर अर्को स्पम विकास भएकै शिशुको पेटमा छिरेपछि यस्तो भएको चौधरीले बताए।अस्पतालका अनुसार ऋतिकको स्वास्थ्य अहिले सामान्य छ। बेरोजगार बैजु दम्पतीले जीवनमा सोच्दैनसोचेको घटना भएको बताए।
‘जन्मेको तीन महिनादेखि छोराको पेट एकाएक बढ्न थाल्यो, रुनकराउन थालेपछि भारतको सीतामडीस्थित अस्पतालमा पुर्यायौं, कलेजोमा ट्युमर बढेको छ, शल्यक्रिया गर्नुपर्छ भनेपछि डराएर नेपाल फर्कियौं। मलंगवा अस्पतालमा जचाउँदा काठमाडौं लैजानुस्, यहाँबाट हुँदैन भने। कान्तिमा ल्याउँदा पो थाहा भयो छोराको पेटमा त बच्चा पो रहेछ’, बैजुले भने।वरिष्ठ बालरोग विशेषज्ञ तथा स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक गोविन्द ओझाले आमाको गर्भमा दुईवटा स्पम (शुक्रकीट र डिम्बको मिलन) प्रवेश भएपछि जुम्ल्याहा शिशु हुनुपर्नेमा एउटै शिशुमा अर्को स्पम गएर मिसिँदा यस्तो हुने बताए। ‘यो विरलै हुने घटना हो’, उनले भने।बैजु दम्पतीले आफूहरूसँग भएको पैसा सकिन लागिसककाले सहयोगको याचना समेत गरे।‘१६ दिन भयो अस्पतालमा बसेको, ६० हजार रुपैयाँ सकियो। अब कसरी खर्च जुटाउने? कतैबाट सहयोग मिले पनि हुन्थ्यो’, बैजुले भने।
गीतमा खेलकुदको धुन, नेपाली संगीतमा पहिलो प्रयोग (भिडियोसहित)
9:33 PM
Unknown
काठमाडौं, चैत्र १५ । नेपाली गीत संगीतमा खेलकुदल उतिसारो प्राथमिकता पाउदैन् । ‘फेस’ एल्बम लिएर प्रवेश गरेका गायक तथा संगीतकार विवश पौडेलले भने पहिलो प्राथमिकता नै खेलकुदलाई दिएका छन् । उनको पहिलो एल्बममा नै खेल र खेलाडीहरुलाई प्रोत्साहन गर्दै एक गीत र म्युजिक भिडियो सार्वजानिक गरेका छन् । यो नेपाली सांगितिक क्षेत्रमा नौलो प्रयोग हुन पुगेको छ ।सम्भवत: विश्वमा नै पहिलो पटक उनले खेलकुदका विभिन्न सामाग्री र ति सामाग्रीहरुबाट निस्कने आवाजको संयोजन गरी एक खेलप्रेमी अथवा खेलाडीहरुको प्रोत्साहन र उत्साहको लागी उर्जाशील गीत सार्वजानिक गरेका हुन् ।फुटवल, क्रिकेट ब्याड ,बल ,टिटी बल लगायतका सामाग्रीहरुबाट उनले यस गीतको संगीत संयोजन गरेका छन । उनले मुखबाटै विभिन्न किसिमका गितार लगाएतका बाजाहरुको धुन निकालेका छन् । ‘सायद यो त विश्वमा नै पहिलो हुन सक्छ स्पोर्टसको सामाग्रीबाट पुरै म्युजिक एरेन्ज गरेको छु’ उनले भने । यो गीत सार्वजनिक संगै धेरैले अश्चार्य ब्यक्त गरेको पनि उनले सुनाए ।गायक पौडेलका अनुसार पहिलो पटक विश्वकप खेलिरहेका क्रिकेट खेलाडी लगाएत सम्पूर्ण खेल जगतलाई उत्साह र प्रोत्साहनको लागी आफुले धेरै मिहेनतका साथ यो गीत तैयार पारेको उनी बताउछन् ।यस अघि उनले सम्पूर्ण सांगीतिक बाजाहरुको धुन टोन मुख बाटै निकालेर अथवा संगीत संयोजन नै मुख बाट गरेर तिमी नै ‘होउ’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक गरेका थिए । यस गीत बाट पनि उनले राम्रै चर्चा परिचर्चा पाएको थियो ।राम्रा साउण्ड इन्जिनियर समेत रहेका उनी मिडियामा खासै देखिदैनन् । उनको गीत ‘खेल्छ गोर्खाली अब खेल्छ नेपाली’ ले भने नेपाली संचार क्षेत्र तथा संगीत जगतमा राम्रौ चर्चा पाउने सम्भावना देखिन्छ ।

























