चैत-२०, काठमाडौं । साझा बसले यात्रुहरुको सेवाका लागि बसभित्र 'फ्रि वाइफाइ' सेवा दिने जनाएको छ । नेपाल टेलिकमसँगको सहकार्यमा 'फ्रि वाइफाइ' सेवा सुरु गर्न लागेको साझा यातायात सहकारी संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिएका छन् ।
पाण्डेले वाईफाई सेवाका लागि नेपाल टेलिकमसंग छलफल चलिरहेको बताए । उनका अनुसार साझा बसले काठमाडौंको लागि थप बस थप्ने तयारी गरेको छ भने काठमाडौँ देखि अन्य जिल्लामा जाने बस पनि सञ्चालनमा ल्याउदै छ । काठमाडौंका अहिले दुई रुटमा साझाका १६ वटा बस सञ्चालनमा छन् ।