BICITRA KHABAR

BICITRA KHABAR

नाइजेरियामा हिंसा, ५ दिनमा १ सय ३५ जना मारिए

काठमाडौं, चैत्र ३० । अफ्रिकन मुलुक नाइजेरियामा भएको सशस्त्र हिंसामा पाँच दिनयता १ सय ३५ जना मारिएका छन् । इस्लामिक विद्रोही बोको हरामको सशस्त्र आक्रमणमा धेरैजसो सर्वसाधारण परेका बताइएको छ ।बुधवारयता भएको सशस्त्र आक्रमणमा उत्तरपूर्वी नाइजेरिया १ सय ३५ जना मारिएको बोर्नो राज्यका सीनेटर अहमेदजानाहले जनाएका छन् । डिक्वाको सहरमा शिक्षक तालिम सञ्चालन गर्ने कलेजमा पाँच जना मारेलगत्तै विद्रोहीहरुले केही महिलालाई अपहरण गरेका छन् ।अरु दुई आक्रमण भने क्यामरुनको सीमा नजिकको गाउँमा गरिएको थियो । जहाँ १ सय ३० जनाको हत्या गरिएको छ । इस्लामिक राज्यको वकालत गर्दै थालेको बोको हरामको सशस्त्र हिंसामा एक वर्षयता १५ सय व्यक्ति मारिएको विश्व मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेसनलले जनाएको छ ।यति ठूलो संख्या मानिस मारिनुमा सरकार र विद्रोही दुबै जिम्मेवार रहेको एम्नेष्टीको भनाइ छ । (एजेन्सी)

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More