BICITRA KHABAR

BICITRA KHABAR

सप्तरीमा भीषण आगलागी, बालिकाको मृत्यु, एक सय घर जले

सप्तरी, चैत्र २७ । सप्तरीको जुमुनिया मधेपुरा गाउँ विकास समिति वडा नम्बर ५ स्थित थलई टोलमा आज भीषण आगलागी भएको छ । आगलागीमापरि साढे दुई वर्षकी बालिका रुकसाना खातुनको मृत्यु भएको छ भने ३९ परिवारका एक सयवटा घर, गोठ जलेर नष्ट भएका छन् ।स्थानीय मोहम्मद गफुर मियाँको गोठबाट सल्किएको आगो पुरै बस्तीमा फैलिएपछि ठूलो क्षति भएको हो ।राजविराजको वारुण यन्त्र, सेना, प्रहरी र स्थानीयवासीको प्रयासमा करिब ४ घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो । 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More