काठमाडौं, २७ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जारी राष्ट्रिय क्रिकेट प्रतियोगिता नखेल्ने घोषणा गरेका छन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बिहीबार पत्रकारसम्मेलन गरी उक्त घोषणा गरेका छन् ।कप्तान खड्काले क्यानले आफुहरुको माग सम्बोधन नगरेसम्म राष्ट्रिय प्रतियोगिता नखेल्ने घोषणा गर्दै उनले ‘क्यानले हाम्रो माग पूरा नगर्दासम्म हामी कुनै पनि राष्ट्रिय प्रतियोगिता नखेल्ने निष्कर्षमा पुग्न बाध्य भएका छौं’ ।क्यानमा नेतृत्व र पदाधिकारी परिवर्तन नहुन्जेलसम्म कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने निर्णय पत्रकार सम्मेलनमा सुनाए । खेलाडिहरुले आगामी महिना हुने एसीसी प्रीमियर समेत नलेख्ने घोषणा गरेका छन् ।पत्रकार सम्मेलनमा राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडी सहभागी थिए । पत्रकार सम्मेलनमा बोल्दै कप्तान पारस खड्काले क्यानको नेतृत्व परिवर्तन हुनुपर्ने माग गरे । खेलाडीहरुले पछिल्ला तीन प्रतियोगितामा सहभागी भएको भत्ता बापत्को रकम र ८ महिनादेखि तलब नपाएको गुनासो गरे ।