BICITRA KHABAR

BICITRA KHABAR

रामकृष्ण गाउने, सन्नी लियोनी नाच्ने

नयाँ बर्षको अवसर पारेर आज काठमाण्डौ लगायत देशभरका विभिन्न स्थानमा कार्यक्रम हुँदैछन् । नेपाली नयाँ बर्षको अवसर पारेर ५ तारे होटलदेखि सडकसम्म विभिन्न कार्यक्रमहरु गर्न आयोजकको घम्साघम्सी छ ।तर काठमाण्डौमा आयोजना हुन लागेका २ कार्यक्रम सबैको नजरमा छन् । काठमाण्डौको याक एन्ड यती होटलमा नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक रामकृष्ण ढकाल विशेष प्रस्तुती दिने तयारीमा छन् ।१५ बर्षपछि उनी ‘ढकाल सुमधुर साँझ’ मार्फत दर्शक श्रोतामाँझ आउन लागेका हुन् । ५ हजार टिकटमा दर्शक तथा श्रोताले उनका चर्चित गीतहरु सुन्नेछन् । उनलाई ज्ञानु राना, संगीता राना, विश्व नेपाली, प्रकाश तिमिल्सिना, जीतु नेपालले साथ दिनेछन् । रामकृष्णको गीत सुन्नको लागि श्रोताहरु आतुर देखिएका छन् ।नेपालमा पहिलो पटक नै रामकृष्णले डेढ दर्जन वाध्यवाधकको साथमा प्रस्तुती दिन लागेका हुन् । ‘ढकाल सुमधुर साँझ’ आज बेलुकी साढे ७ बजेबाट सुरु हुनेछ । ग्रिष्मा ईन्टरटेन्मेन्टले कार्यक्रम आयोजना गर्न लागेको हो ।
एकातिर नेपाली सुगम संगीतका चर्चित गायक आफ्नो सर्वाधिक सफल गीतहरुको साथमा प्रस्तुत भैरहदा बलिउड सिनेमाकी चर्चित नायिका सन्नी लियोनी आफ्नो हट अवतार प्रस्तुत गरिरहेकी हुनेछिन् ।काठमाण्डौको हायात होटलमा आयोजना हुन लागेको एक प्राइभेट पार्टीमा सन्नी लियोनी सहभागी हुनेछिन् । यसका लागि उनी काठमाण्डौ आइसकेकी छिन् । सन्नीले पति डेनियल वेभरसँग नेपाल आइसकेको जनाएकी छिन् ।

कार्यक्रममा सन्नीले करिब २० मिनेटको प्रस्तुती दिने बताइएको छ । जहाँ उनले आफ्ना चर्चित गीतहरुमा नृत्य गर्नेछिन् । सन्नी लियोनीलाई हेर्न पनि दर्शकले ५ हजार बराबरको टिकट काट्नुपर्ने हुन्छ । कामख्य नामक एक ईभेन्ट म्यानेजमेन्ट कम्पनीले आयोजना गरेको कार्यक्रममा सन्नीलाई डीजेहरुले उफार्नेछन् । सन्नीलाई ५० लाख हारहारीको पारिश्रमिकमा नेपाल ल्याइएको वुझिन्छ ।सन्नी केही हप्ता अगाडि एक प्राइभेट पार्टीका लागि पनि नेपाल आएकी थिइन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More