BICITRA KHABAR

BICITRA KHABAR

नेपालीहरु बिदेशमा होइन, बिदेशीहरु नेपालमा काम खोज्न आउने बन्छ देश – सुशील कोइराला

तारा पौडेल, २७ चैत्र, पोखरा – प्रधानमन्त्री शुसिल कोईरालाले एक वर्षभित्र नयाँ संविधान जारी हुने र विकास निर्माणले ठुलो फड्को मार्ने कुरा बताउनुभएको छ । प्रधानमन्त्री कोईराला अन्तराष्ट्रिय विमानस्थल निर्माण सरोकार समिती पोखराले विहिवार आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै अव नेपालीहरु विदेशमा काम खोज्न होईन्, विदेशीहरु नेपालमा काम खोज्न आउने परिस्थिती सिर्जना गरिने उल्लेख गर्नुभयो । जलस्रोत , जडिबुटि, र जनशक्तिको उच्च व्यवस्थापन गदै अगाडी बढ्नुपर्ने खाचो औल्याउदै प्रधानमन्त्री कोइरालाले मुलुकमा राजनितिक स्थिरता र शान्ति अपरिहार्य रहेको बताउनुभयो । उहाँले शान्ति , स्थायित्व, लोकतन्त्र, लोकतान्त्रिक संविधान, र विकास निर्माणलाई एकैसाथ शुरु गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो । पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बन्ने कुरामा ढुक्क हुन आग्रह गर्दै प्रधानमन्त्री कोईरालाले विकास निर्माणलाई वर्तमान सरकारले उच्च जोड दिएको बताउनुभयो । राज्यका हरेक वर्ग र क्षेत्रले सकरात्मक सन्देश दिनुपर्ने आवश्यकतामा जोड दिदै प्रधानमन्त्री कोईरालाले मुलुकको समग्र विकासका लागि द्धन्द्ध त्यागेर अगाडी बढ्न पनि आग्रह गर्नुभयो । यसैगरी प्रधानमन्त्री कोईरालाले कास्कीको अर्मलामा जमिन भाँसिएको सम्वन्धमा सरकारको गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More