BICITRA KHABAR

BICITRA KHABAR

सन्नी लियोन नाच् र ढकालको प्रस्तुति हेर्न रमेश खरेल् पाँचतारेमा होटलमा

२४ जना बाध्यबाधक सहित गायक रामकृष्ण ढकालले नयाँ बर्षको पूर्व सन्ध्यामा ‘तेश्रो ढकाल सुमधुर साँझ’ प्रस्तुत गरेका छन् । काठमाण्डौको याक एन्ड यती होटलमा आयोजना भएको कार्यक्रममा ढकाललाई अन्य चर्चित गायक तथा गायिकाहरुले साथ दिएका थिए ।बिहान उठ्ने बित्तिकै बोलको गीतबाट उनले आफ्नो प्रस्तुती सुरु गरेका थिए । यसपश्चात नेपाली सुगम संगीतका चर्चित गायक ढकालले ‘माया गर्नेको, दैब तेरो मायाको खेलाले, पहाडको छुकछुके रेल’ गाएका थिए ।

ढकालले आफ्ना केही चर्चित गीत पश्चात स्वर्गिय स्वर सम्राट नारायण गोपालका चर्चित गीतहरु सुनाएका थिए । स्वर्गिय नारायण गोपाल पश्चात ढकाललाई सुमधुर गीतसंगीतमा सफल मानिन्छ । कार्यक्रममा हाँस्य कलाकार जीतु नेपालले कमेडी मार्फत दर्शकलाई हसाँएका थिए ।प्रस्तुत भैरहदा बलिउड सिनेमाकी चर्चित नायिका सन्नी लियोनी आफ्नो हट अवतार प्रस्तुती गरिएकी थिइन ऊनले ४ वटा आईटम गीतहरूमा डान्स गरेकी थिइन कार्यक्रममा सन्नीले करिब २० मिनेटको प्रस्तुती रहेको थियो कामख्य नामक एक ईभेन्ट म्यानेजमेन्ट कम्पनीले आयोजना गरेको कार्यक्रममा सन्नीलाई डीजेहरुले ऊफारेकी थीइन् सन्नीलाई ५० लाख हारहारीको पारिश्रमिकमा नेपाल ल्याइएको वुझिन्छ ।

सन्नी केही हप्ता अगाडि एक प्राइभेट पार्टीका लागि पनि नेपाल आएकी थिइन् ।करिब ५ सय जनाका लागि छुट्टयाइएको सिट भरिभराउ जस्तै देखिएको थियो । महंगो टिकट भएकाले पनि सामान्य दर्शकहरुले ढकालको प्रत्यक्ष प्रस्तुती हेर्न पाएनन् । ग्रिस्मा ईन्टरटेन्मेन्टले आयोजना गरेको कार्यक्रममा चर्चित अनुहारहरुको पनि सहभागिता थियो । नायक राजेश हमाल, नायिका करिश्मा मानन्धर साथमा काठमाडौं प्रहरी प्रमुख रमेश खरेल् पनि कार्यक्रम हेर्न पुगेका थिए ।ढकाललाई ज्ञानु राना, संगीता राना, विश्व नेपाली, प्रकाश तिमिल्सिना लगायतका गायक तथा गायिकाले साथ दिएका थिए । ढकाललाई छोरी रानीले पनि गायनमा साथ दिइन् ।करिब १५ बर्षपश्चात रामकृष्ण ढकाल सुमधुर साँझमा प्रस्तुत भएका हुन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More