BICITRA KHABAR

BICITRA KHABAR

‘ब्रह्मचारी’ प्रधानमन्त्रीसँग को हुन् यी युवती ?

काठमाडौं, बैशाख ३ – अविवाहित, सन्त र सम्पत्तिका नाममा तीनवटा मात्र मोवाइल राखेका प्रधानमन्त्री सुशील कोइरालाले एउटा केटीसँग कुम जोडेर आँखा जुधाउँदै गफ गरिरहेको फोटो फेसबुकबाट सार्वजनिक हुँदा अहिले चर्चाको विषय बनेको छ ।भद्र, अनुशासित र हतपत कसैसँग बोल्न नमान्ने प्रधानीमन्त्री कोइरालासँग यसरी एउटा केटीसँगको फोटो सार्वजनिक हुँदा काँग्रेस पार्टीका नेताहरुले पनि टिकाटिप्पणी गर्न थालेका छन् । फोटोबारे जिज्ञासा राख्दै रातोपाटीले गरेको प्रश्नमा कांग्रेसका एक नेताले भने, ‘प्रधानमन्त्री जस्तो व्यक्तिले यसो फोटो खिचाउँदा होस् गर्नुपर्छ । जो आयो त्यहीसँग र जहाँपनि फोटो खिचाउन हुँदैन ।’यसरी देश विदेशका प्रधानमन्त्री र राष्ट्रपतिहरु पनि महिलाहरुसँगको फोटोले गर्दा विवादमा आउने गरेका छन् । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि एउटा विदेशी केटीसँग खिचाएको फोटो सार्वजनिक हुँदा उनी त्यसबेला निकै चर्चा भएको थियो ।

फोटोको बारेमा चर्चा हुँदा रातोपाटीले ती केटी को हुन्, यसरी प्रधानमन्त्रीसँग टाँसिएर फोटो खिचाएको बारे बुझ्दै जाँदा उनी बाँके नेपालगञ्जका पत्रकार करुणा शाह हुन् । भेरी रेडियो एफएममा कार्यरत शाह प्रेस युनियनसँग पनि आबद्ध हुन् । प्रधानमन्त्री बाँके गएको बेला प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनपछि शाहले प्रधानमन्त्री बसेकै छेउमा गएर फोटो खिचाएका थिए ।रातोपाटीले मंगलवार शाहसँग फोनमा सम्पर्क गर्दा उनले आफूपनि पत्रकार हो, प्रधानमन्त्री कोइराला नेपालगञ्ज आएको बेला आफू उनीसँग फोटो खिचाएको प्रतिकृया दिइन् । त्यसपछि ‘म अहिले फिल्म हेरिरहेको छु, अरु कुरा पछि गरौला’ भन्दै फोन राखिन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More