चैत २८, पाल्पा । चितुवाको आक्रमणबाट चाप्पानी ८ एरमडांडामा आमा-छोरा घाइते भएका छन् । ति आमा-छोराले आक्रमण गर्ने चितुवालाई समेत हसियाले हानेर मारेको प्रहरीले जनाएको छ ।आज बिहान साढे सात बजे घर नजिकैको खरबारीमा घाँस काट्न गएका बेला उनीहरुलाई एक्कासी चितुवाले आक्रमण गरेको थियो । आक्रमणमा ५२ बर्षिया आङकुमारी सारु र उनका १८ बर्षका छोरा लेखबहादुर सारु घाइते भएका हुन् ।उनीहरुको शरीरका बिभिन्न भागमा चितुवाले चिथोरेको र नङ गाडेको छ । युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भैरहेको उनीहरुको अबस्था सामान्य रहेको अस्पतालले बताएको छ ।