BICITRA KHABAR

BICITRA KHABAR

रमेश खरेललाई महेश बस्नेतको चुनौती- बालकृष्णलाई पक्रेर देखाऊ

२५ चैत, काठमाडौं । एमालेसम्वद्ध युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले एमाओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गरेर देखाउन काठमाडौं प्रहरी प्रमुख रमेश खरेललाई चुनौती दिएका छन् ।तेस्रो पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न बनेपामा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले भने-’भूपू होइन अहिलेका गुण्डाहरुलाई समाप्नुपर्‍यो । हिम्मत भए बालकृष्ण ढुंगेललाई समातेर देखाऊ ।’काठमाडौं प्रहरी प्रमुख खरेलविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका बस्नेतले खरेलले बर्दी लगाएर राजनीति गर्न खोजेको आरोप लगाए । ‘प्रहरी अधिकृतले मलाई फलानो फलानो मनपर्छ भनेर अन्ँतर्वार्ता दिँदै हिड्न मिल्छ ? खरेल प्रहरीको बर्दी लगाएर राजनीति गर्न खोज्दैछन् ।’खरेलले आफू हिरो हुन अरुलाई दुःख दिएको भन्दै उनले केन्द्रीय सदस्य अमित लामालाई तत्काल रिहा गर्न माग गरे ।यसअघि युवा संघको बैठक उद्घाटनका क्रममा एमाले उपाध्यक्ष समेत रहेका गृहमन्त्री वामदेव गौतमले खरेल सेलीब्रेटी बन्न खोजेको आरोप लगाएका थिए । आफू गृहमन्त्री भएपछि भेट्नसम्म नआएको भन्दै गौतमले खरेलले पक्राउ गर्ने र २/३ दिन थुनेर छाड्ने गरेको भन्दै आलोचना गरेका थिए ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More