BICITRA KHABAR

BICITRA KHABAR

Your Today's Horoscope | April 20, 2014


फेसबुकमै रेखा र सुदर्शनको ‘चुम्मा-चुम्मी र आई लभ यू’

सामाजिक संजालमा देशकै एक चर्चित नायिका र एक कलाकार विचको दोहोर संवादले धेरै कुराको अर्थ राख्छ । सिनेमा ‘हिम्मतवालीकी’ नायिका तथा निर्मात्री रेखा थापा र यसै सिनेमामा अभिनय गरेका सुदर्शन गौतमको दोहोर संवादले गहिरो अर्थ बोल्छ ।चलचित्र ‘हिम्मतवाली’को सेटबाट नै दुबै हात नभएका क्यानडामा बस्दै आएका सुदर्शन र रेखाको सम्बन्ध गाढा भएको समाचार आइरहेका छन् । सुदर्शनकै कारण निर्देशक श्याम भट्टराइले चलचित्र छोडेको पनि बताइन्छ ।यही क्रममा सुदर्शन र रेखाको दोहोर संवादमा लेखिएका कुराहरु कुनै मोबाइलमा आउने पर्सनल म्यासेस भन्दा कम छैनन् । नायिका रेखा थापा यतिबेला भोजपुर पुगेकी छिन् । उनले भोजपुर जानु अघि फेसबुकमा पोष्ट गरेको तस्बिरमा ‘लभ यू बाबा’ लेखिएको छ 

Your Today's Horoscope | April 20, 2014


गुल्मीमा जिप दुर्घटना: ४ को मृत्‍यु १० जना घाइते

७ वैशाख, गुल्मी । गुल्मीमा भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या चार पुगेको छ । अन्य १० जना घाइते भएका छन् ।गुल्मीको दरवारदेवीस्थल-८ म्यालपोखरावाट सदरमुकाम तम्घासतपर्फ आउँदै गरेको लु १ ज २५२९ नम्बरको जिप आइतवार विहान म्यालपोखराको उकालो बाटोमा पिकअप लिन नसकेपछि दुर्घटना भएको हो । दुर्घटनामा परि एक जनाको घटनास्थलमै र अन्य तीन जनाको उपचारका जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक धनवहादुर रावतले जानकारी दिए ।उनका अनुसार दरवारदेवीस्थल-८ म्यालपोखराका ९ वर्षीय विवश सारु मगरको घटनास्थलमै मृत्यु भएको हो । उपचारका क्रममा ज्यान गुमाउनेहरुमा दरवारदेवीस्थल-८ म्यालपोखराकै २४ वर्षीय भविन्द्र कुँवर र ५० बर्षीया जमुना खत्री रहेको रावतले बताए । मृतक अर्का एक जनाको भने नाम र बतन खुल्न नसकेको उनले जानकारी दिए ।दुर्घटनाग्रस्त जिप सडकवाट झन्डै ७० मिटर तल खसेको छ । घाइते १० जनाकै जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Today's Horoscope | April 19, 2014


Today Rasifal - April 18, 2014 (Nepali Date: Baishak 05, 2070 )


‘छविको सिनेमा खेल्दिन, चाहेको भए छविलाई सडकमा ल्याइदिन्थे’ : रेखा थापा

निर्माता छविराज ओझाले केही दिन अघि मिडियामा नायिका ‘रेखा थापाले बच्चा जन्माउन नमानेको’ भनी दिएको अन्र्तवार्ता अहिले चर्चामा छ । छविले आफ्नो घर भित्रका कुरा मिडियामा पोख्दै रेखा थापासँग टाढा हुनुका कारण खुलाएका छन् । उसो त रेखा र छविको बिषयमा सधै जसो गसिप बजारमा केही न केही समाचार आइरहेको नै हुन्छ । छविको यस्तो भनाइलाई रेखाले ‘फाल्तु गफ’ भनेकी छिन् ।छवि ओझा भन्छन्- रेखाले बच्चा पाउन मान्दै मानिनन्बच्चा जन्माउन नमानेको बिषयमा अनलाइनखबरले सोधेको प्रश्नमा रेखाले यसलाई ‘ननसेन्स’ कुरा मात्र भनेकी छिन् । रेखाले भनिन्, ‘यस्ता कुरा बाहिर आउने नै भए डिभोर्स लगतै आउने थियो । यो राम्रो र असल पुरुषले बोल्ने कुरा नै होइन । जती वुद्धी छ उनको त्यती नै बोले, मलाई केही भन्नु छैन ।’

रेखाले भनिन्, ‘आफूलाई असल लोग्ने बन्न सकिन पनि भन्ने, अनि फेरि रेखाले गर्दा यस्तो र उस्तो भयो भन्नु आफैमा तुक नभएको कुरा हो, आज मलाई छविसँग एक दशक कसरी बिताएछु र कस्तो मान्छेको संगतमा रहेछु भन्ने वोध हुन्छ ।’छविसँग बिताएका दिनहरुलाई रेखाले ‘कालो दिन’ भनेकी छिन् । आउँदा दिनमा छविसँग व्यक्तीगत र पेशागत सम्बन्ध दुबै गाँस्न नचाहने भन्दै रेखाले उनका कुनै पनि सिनेमा नगर्ने खुलाएकी छिन् । रेखाले भनिन्, ‘मलाई ‘सुन्तली हबल्दार’ भन्ने सिनेमाका लागि अफर आएको थियो, तर मैले गर्न मानिन । अब म छविका कुनै पनि सिनेमा गर्दिन ।’‘छवि ओझालाई मैले चाहेको भए सडकमा ल्याउन सक्थे, मसँग बिहे गर्दा उ नमस्ते नेपाल भन्ने अफिसको भाडामा बस्थ्यो । मैले नै महलमा पुर्‍याइदिए । मैले सम्बन्ध बिच्छेद हुँदा आधा सम्पत्ती मागेको भए उ सडकमा आउथ्यो । एउटा राम्रो मानिसले बोलेको कुरा भएको भए मैले उत्तर दिन आवश्यक ठान्थे, तर उसमा त्यस्तो कुनै गुण नै छैन, यसैले उसका भनाइप्रति जवाफ फर्काएर बस्न चाहन्न’, रेखाले भनिन् ।चलचित्र ‘हिम्मतवाली’को सम्पादनमा व्यस्त निर्माता, नायिका तथा निर्देशक रेखा थापाले घरभित्र पकाएको तरकारीको कुरा गर्ने मान्छेको वुद्धी कतिसम्म छ भन्ने सबैलाई थाहा भएको तर्क गरिन् ।

Today;s Horoscope: April 17, 2014


Ukali Orali: Folk Music ( April 15, 2014)

‘ब्रह्मचारी’ प्रधानमन्त्रीसँग को हुन् यी युवती ?

काठमाडौं, बैशाख ३ – अविवाहित, सन्त र सम्पत्तिका नाममा तीनवटा मात्र मोवाइल राखेका प्रधानमन्त्री सुशील कोइरालाले एउटा केटीसँग कुम जोडेर आँखा जुधाउँदै गफ गरिरहेको फोटो फेसबुकबाट सार्वजनिक हुँदा अहिले चर्चाको विषय बनेको छ ।भद्र, अनुशासित र हतपत कसैसँग बोल्न नमान्ने प्रधानीमन्त्री कोइरालासँग यसरी एउटा केटीसँगको फोटो सार्वजनिक हुँदा काँग्रेस पार्टीका नेताहरुले पनि टिकाटिप्पणी गर्न थालेका छन् । फोटोबारे जिज्ञासा राख्दै रातोपाटीले गरेको प्रश्नमा कांग्रेसका एक नेताले भने, ‘प्रधानमन्त्री जस्तो व्यक्तिले यसो फोटो खिचाउँदा होस् गर्नुपर्छ । जो आयो त्यहीसँग र जहाँपनि फोटो खिचाउन हुँदैन ।’यसरी देश विदेशका प्रधानमन्त्री र राष्ट्रपतिहरु पनि महिलाहरुसँगको फोटोले गर्दा विवादमा आउने गरेका छन् । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि एउटा विदेशी केटीसँग खिचाएको फोटो सार्वजनिक हुँदा उनी त्यसबेला निकै चर्चा भएको थियो ।

फोटोको बारेमा चर्चा हुँदा रातोपाटीले ती केटी को हुन्, यसरी प्रधानमन्त्रीसँग टाँसिएर फोटो खिचाएको बारे बुझ्दै जाँदा उनी बाँके नेपालगञ्जका पत्रकार करुणा शाह हुन् । भेरी रेडियो एफएममा कार्यरत शाह प्रेस युनियनसँग पनि आबद्ध हुन् । प्रधानमन्त्री बाँके गएको बेला प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनपछि शाहले प्रधानमन्त्री बसेकै छेउमा गएर फोटो खिचाएका थिए ।रातोपाटीले मंगलवार शाहसँग फोनमा सम्पर्क गर्दा उनले आफूपनि पत्रकार हो, प्रधानमन्त्री कोइराला नेपालगञ्ज आएको बेला आफू उनीसँग फोटो खिचाएको प्रतिकृया दिइन् । त्यसपछि ‘म अहिले फिल्म हेरिरहेको छु, अरु कुरा पछि गरौला’ भन्दै फोन राखिन् ।

Tuday;s Horoscope | April 16, 2014


सन्नी लियोन नाच् र ढकालको प्रस्तुति हेर्न रमेश खरेल् पाँचतारेमा होटलमा

२४ जना बाध्यबाधक सहित गायक रामकृष्ण ढकालले नयाँ बर्षको पूर्व सन्ध्यामा ‘तेश्रो ढकाल सुमधुर साँझ’ प्रस्तुत गरेका छन् । काठमाण्डौको याक एन्ड यती होटलमा आयोजना भएको कार्यक्रममा ढकाललाई अन्य चर्चित गायक तथा गायिकाहरुले साथ दिएका थिए ।बिहान उठ्ने बित्तिकै बोलको गीतबाट उनले आफ्नो प्रस्तुती सुरु गरेका थिए । यसपश्चात नेपाली सुगम संगीतका चर्चित गायक ढकालले ‘माया गर्नेको, दैब तेरो मायाको खेलाले, पहाडको छुकछुके रेल’ गाएका थिए ।

ढकालले आफ्ना केही चर्चित गीत पश्चात स्वर्गिय स्वर सम्राट नारायण गोपालका चर्चित गीतहरु सुनाएका थिए । स्वर्गिय नारायण गोपाल पश्चात ढकाललाई सुमधुर गीतसंगीतमा सफल मानिन्छ । कार्यक्रममा हाँस्य कलाकार जीतु नेपालले कमेडी मार्फत दर्शकलाई हसाँएका थिए ।प्रस्तुत भैरहदा बलिउड सिनेमाकी चर्चित नायिका सन्नी लियोनी आफ्नो हट अवतार प्रस्तुती गरिएकी थिइन ऊनले ४ वटा आईटम गीतहरूमा डान्स गरेकी थिइन कार्यक्रममा सन्नीले करिब २० मिनेटको प्रस्तुती रहेको थियो कामख्य नामक एक ईभेन्ट म्यानेजमेन्ट कम्पनीले आयोजना गरेको कार्यक्रममा सन्नीलाई डीजेहरुले ऊफारेकी थीइन् सन्नीलाई ५० लाख हारहारीको पारिश्रमिकमा नेपाल ल्याइएको वुझिन्छ ।

सन्नी केही हप्ता अगाडि एक प्राइभेट पार्टीका लागि पनि नेपाल आएकी थिइन् ।करिब ५ सय जनाका लागि छुट्टयाइएको सिट भरिभराउ जस्तै देखिएको थियो । महंगो टिकट भएकाले पनि सामान्य दर्शकहरुले ढकालको प्रत्यक्ष प्रस्तुती हेर्न पाएनन् । ग्रिस्मा ईन्टरटेन्मेन्टले आयोजना गरेको कार्यक्रममा चर्चित अनुहारहरुको पनि सहभागिता थियो । नायक राजेश हमाल, नायिका करिश्मा मानन्धर साथमा काठमाडौं प्रहरी प्रमुख रमेश खरेल् पनि कार्यक्रम हेर्न पुगेका थिए ।ढकाललाई ज्ञानु राना, संगीता राना, विश्व नेपाली, प्रकाश तिमिल्सिना लगायतका गायक तथा गायिकाले साथ दिएका थिए । ढकाललाई छोरी रानीले पनि गायनमा साथ दिइन् ।करिब १५ बर्षपश्चात रामकृष्ण ढकाल सुमधुर साँझमा प्रस्तुत भएका हुन् ।

हामी यहाँ मायाँका लागि हैन सरीर बेच्नको लागि छौं, सरकार !

बैशाख-१, काठमाडौँ । प्रसन्न पौडेल निर्देशित चलचित्र 'मेरो बेष्ट फ्रेण्ड’ को नयाँ प्रोमोमा नायक रेश मरहठ्ठा सिंगो काठमाण्डौ नै आफ्नो बनाउन कुदिरहेका देखिएका छन् । साथसाथै उक्त चलचित्रमा नायिका प्रियंका कार्की, केकी अधिकारी, बिमलेश अधिकारी लगाएतका कलाकारहरुलाई पनि देखाइएको छ ।यि बाहेक ‘मेरो बेष्ट फ्रेण्ड’मा दिवश उप्रेती, पुजा शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । नायिका प्रियंका कार्कीको पहिलो चलचित्र भएपनि लामो समयपछी मात्रै यो चलचित्र प्रदर्शनमा आउन लागेको हो ।बैशाख २६ मा रिलिज हुने चलचित्र ‘मेरो बेष्ट फ्रेण्ड’को सार्वजनिक एक्शन प्रोमोमा नायक रेश संगै केकी अधिकारीको पनि बेजोड प्रस्तुति रहेको छ । सोमवार सार्वजनिक प्रोमो ३० सेकेन्ड लामो छ । यसै प्रोमोमा नायिका केकी अधिकारीले कठोर एक्सनका साथ भनेकी छिन् 'हामी यहाँ मायाँका लागि हैन सरीर बेच्नको लागि छौं, सरकार !'

Your Horoscope for this Year 2071


Cricket Association of Nepal call Cricketers for talks.


रामकृष्ण गाउने, सन्नी लियोनी नाच्ने

नयाँ बर्षको अवसर पारेर आज काठमाण्डौ लगायत देशभरका विभिन्न स्थानमा कार्यक्रम हुँदैछन् । नेपाली नयाँ बर्षको अवसर पारेर ५ तारे होटलदेखि सडकसम्म विभिन्न कार्यक्रमहरु गर्न आयोजकको घम्साघम्सी छ ।तर काठमाण्डौमा आयोजना हुन लागेका २ कार्यक्रम सबैको नजरमा छन् । काठमाण्डौको याक एन्ड यती होटलमा नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक रामकृष्ण ढकाल विशेष प्रस्तुती दिने तयारीमा छन् ।१५ बर्षपछि उनी ‘ढकाल सुमधुर साँझ’ मार्फत दर्शक श्रोतामाँझ आउन लागेका हुन् । ५ हजार टिकटमा दर्शक तथा श्रोताले उनका चर्चित गीतहरु सुन्नेछन् । उनलाई ज्ञानु राना, संगीता राना, विश्व नेपाली, प्रकाश तिमिल्सिना, जीतु नेपालले साथ दिनेछन् । रामकृष्णको गीत सुन्नको लागि श्रोताहरु आतुर देखिएका छन् ।नेपालमा पहिलो पटक नै रामकृष्णले डेढ दर्जन वाध्यवाधकको साथमा प्रस्तुती दिन लागेका हुन् । ‘ढकाल सुमधुर साँझ’ आज बेलुकी साढे ७ बजेबाट सुरु हुनेछ । ग्रिष्मा ईन्टरटेन्मेन्टले कार्यक्रम आयोजना गर्न लागेको हो ।
एकातिर नेपाली सुगम संगीतका चर्चित गायक आफ्नो सर्वाधिक सफल गीतहरुको साथमा प्रस्तुत भैरहदा बलिउड सिनेमाकी चर्चित नायिका सन्नी लियोनी आफ्नो हट अवतार प्रस्तुत गरिरहेकी हुनेछिन् ।काठमाण्डौको हायात होटलमा आयोजना हुन लागेको एक प्राइभेट पार्टीमा सन्नी लियोनी सहभागी हुनेछिन् । यसका लागि उनी काठमाण्डौ आइसकेकी छिन् । सन्नीले पति डेनियल वेभरसँग नेपाल आइसकेको जनाएकी छिन् ।

कार्यक्रममा सन्नीले करिब २० मिनेटको प्रस्तुती दिने बताइएको छ । जहाँ उनले आफ्ना चर्चित गीतहरुमा नृत्य गर्नेछिन् । सन्नी लियोनीलाई हेर्न पनि दर्शकले ५ हजार बराबरको टिकट काट्नुपर्ने हुन्छ । कामख्य नामक एक ईभेन्ट म्यानेजमेन्ट कम्पनीले आयोजना गरेको कार्यक्रममा सन्नीलाई डीजेहरुले उफार्नेछन् । सन्नीलाई ५० लाख हारहारीको पारिश्रमिकमा नेपाल ल्याइएको वुझिन्छ ।सन्नी केही हप्ता अगाडि एक प्राइभेट पार्टीका लागि पनि नेपाल आएकी थिइन् ।

कस्तो अचम्म ! चाँड मनाउदा जिउँदै पुरिन्छ मान्छेलाई

हवाना, पुरै संसारमा निकै यस्ता देशहरू छन, जहाँ आफ्नै प्रकारका रीति रिवाज, प्रथाहरू र मान्यताहरू रहेका छन । केही परम्पराहरू, मान्यताहरू यस्ता पनि छन, जसलाइ बिश्वास गर्न पनि निकै गाह्रो पर्दछ । अब क्यूबा को नै परम्परा हेर्नुस, यस्तो परम्पराले तपाइँलाइ आश्चर्यमा मात्र पार्दैन, यसले त तपाइँलाइ भयभीत समेत गराउँदछ । यहाँको रितिरिवाज अनुसार, मानिसलाइ जिउँदै पुरिने गरिएको छ । क्यूबाको हवाना प्रान्तको नजिकैको एउटा गाउँमा बूजी नामको फेस्टिवल निकै लोकपृय रहेको छ । यस चाडका क्रममा जिउँदो मानिसलाइ बक्सामा हालेर पुर्ने गरिन्छ । परम्परा अनुसार, एक मानिसलाइ रक्सि पिलाएर जिउँदै बक्सामा बन्द गरिन्छ । मानिसहरू रक्सीको नशामा तालि बजाउँदै नाच्दन र त्यस बक्साको पछि पछि हिड्दछन । उनीहरूले उक्त व्यक्तिलाइ ब्याण्ड बाजा बजाएर घुमाउँदछन । यति मात्र हैन एक महिला ती व्यक्तिको विधवा समेत बन्दछिन । उनले त्यस्तै व्यवहार गर्दछिन, जस्तो व्यवहार एक विधवाले गर्दछिन

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More