BICITRA KHABAR

BICITRA KHABAR

पहिलो यौन सम्पर्क महिलाका लागि कष्टप्रद

पहिलोपटकको यौनसम्पर्क तपाईंले सोचेसरह राम्रो नहुन सक्छ । वास्तवमा भन्नुपर्दा यसलाई लिएर धेरै नै डर हुने गर्दछ । डा. महिन्दर वात्साले पहिलो पटक कसैसँग शारिरिक रुपमा नजिक हुँदा के कुरा आशा गर्ने र नगर्ने भन्ने कुरा बताएका छन् ।
१. धेरैपटक स्लिप हुन सक्छ
सबैजनाले आफ्नो पहिलो सम्पर्क गल्तीरहित होस् भन्ने चाहन्छन् । अझ कसैले त यसलाई कथाको पात्रसँग दाँज्नेसमेत गर्दछन् । यस्तो सोच्नु गलत भने होइन तर गल्ती नै हुनुहुँदैन भन्ने सोच्नु चाँहि गलत हो । पुरुषहरुले यौन सम्पर्कको समय लम्बियोस् भन्ने चाहन्छन्, तर, यदि उनीहरु चरमोत्कर्षमा चाँडै नै पुगेको खण्डमा गल्ती नै भयो भनेर सोच्नु हुँदैन । कसैको लिङ्ग उत्तेजनामा पनि समस्या आउनसक्छ तर त्यतिबेला आफू सेक्सको लागि योग्य छैन भन्ने भ्रम मनमा आउनसक्छ । यदि तपाईंले यस्तो सोच्नुहुन्छ भने यो तपाईंको गल्ती हो । यस्तो अवस्थामा तपाईंले आफ्नो पार्टनरसँग प्रशस्त पाक्क्रिडा गरेर अन्त्य गर्नसक्नुहुन्छ । यदि कुनै कारणले तपाईं आफ्नो पहिलो सम्पर्कमा असफल हुनुभयो भने त्यहाँ जहिले पनि दोस्रो मौका हुन्छ । यदि कुनै पुरुषले हस्तमैथुनद्वारा आफ्नो लिङ्ग उत्तेजित गर्नसक्छ, उक्त मानिस सामान्य अवस्थामा भएको बुझ्नु पर्दछ ।
२. हो, यो पीडादायी हुनसक्छ, तर पर्खनुहोस्
महिलाका लागि पहिलो पटकको यौनसम्पर्क अलिकति पीडादायी हुनसक्छ, तर पर्खनुहोस्, यो डराउनुपर्ने पीडा भने होइन । धेरैजस्तो अवस्थामा यस्तो पीडा औंला पड्काउँदाको पीडासरह हुन्छ । यद्यपि, पीडाको डरले नै यौनसम्पर्कको प्रक्रियालाई पुरै खराब गर्दछ । यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले आफ्नो पार्टनरले आफूसँगको सामिप्यतालाई सहज रुपमा लिइरहेको छ कि छैन त्यो याद गर्नुहोस् अनि मात्र प्रक्रियालाई बिस्तारै अगाडि बढानुहोस् ।
३. रगत आउनसक्छ र नआउन पनि सक्छ
पहिलो सम्पर्कमा महिलाको योनीबाट रगत बग्नै पर्छ भन्ने कुरालाई सम्भवतः अन्धबिश्वासको रुपमा खडा भएको छ । योनीमा भएको पातलो झिल्ली टुटिसकेपछि रगत बग्ने गर्दछ, तर, पुरुषहरुले किन त्यो पातलो झिल्लीलाई कुमारीत्वको संज्ञा दिन्छन् ? कडा व्यायाम, साइक्लिङ गर्दा यो पातलो झिल्ली टुट्न सक्छ, कोही महिलाको जन्मजात नै यस्तो झिल्लीको विकाश नभएको हुनसक्छ । यदि यस्तो विषयमा आफ्नो पार्टनरमाथि कुनै शंका छ भने पहिले नै कुरा गर्नुहोस् बेडमा भएको बेला होइन ।
४. गर्भनिरोधक
एक गलत पाइलाले गर्भ बस्न सक्ने खतरा हुनसक्छ । सम्पर्कको बेला लिङ्ग निकाल्ने प्रक्रिया वा महिलाको महिनावारीमा पूर्ण रुपमा भर नपर्दा राम्रो हुन्छ । अविवाहित जोडिहरुले कण्डमको प्रयोग गर्नुपर्ने हुन्छ ।
५. पहिलो पटकको सम्पर्क अव्यवस्थित हुन सक्छ
जब एक अर्काको शरिरको तरल पदार्थ साटिन्छ, त्यस्तो अवस्थामा वातावरण अव्यवस्थित हुनसक्छ । यसको लागि कुनै दोस्रो उपाय छैन । चाहे तपाईं गर्नुस् या नगर्नुस् । यस्तो कुराको धेरै चिन्ता नलिनुहोस् ।

पहिले सेक्स पछि विवाह

राष्ट्रिय जनगणना २०६८ अनुसार अहिले नेपालको जनसंख्या २ करोड ६६ लाख पुगेको छ । कुल जनसंख्याको ३३ प्रतिशत अर्थात् झन्डै ८८ लाख व्यक्ति १० देखि २४ वर्ष उमेर समूहका युवा रहेका छन् । यो समूह मुलुकको उर्वर जनशक्ति पनि हो । विशेषज्ञहरूले आगामी दुई दशकसम्म नेपालको युवा जनसंख्यामा कुनै किसिमको ह्रास नहुने अनुमान गरेका छन् ।विकासविद्हरूका अनुसार यही जनसंख्याकै कारण आगामी दशकमा नेपालको विकासका लागि पर्याप्त जनशक्ति सञ्चित रहेको छ । सन् १९६० यता नै नेपालको जनसंख्या युवा रहँदै आएको छ ।
अहिलेसम्म देशभित्रको युवा जनसंख्यालाई लक्षित वैज्ञानिक नीतिको त कुरा छाडौँ, यस समूहको व्यवहार र प्रवृत्तिको समेत कुनै व्यवस्थित अध्ययन गरिएको थिएन । तर, हालै नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको जनसंख्या महाशाखाले यो युवा जनसंख्याबारे देशव्यापी अध्ययन गरेको छ । प्रतिवेदन प्रकाशनको अन्तिम तयारीमा रहेको उक्त अध्ययनलाई विज्ञहरूले समेत महत्त्वपूर्ण मानिरहेका छन् ।संयुक्त राष्ट्रसंघको परिभाषा अनुसार १० देखि २४ वर्ष उमेर समूहका व्यक्तिहरू युवा हुन् । युवा समूहभित्र पनि १०-१४ उमेर समूहलाई पहिलो किशोरावस्था र १५-१९ वर्ष उमेर समूहलाई पछिल्लो किशोरावस्था मानिन्छ । अर्कोतिर, १५-२४ वर्ष उमेर समूहलाई युवावस्था भनिन्छ ।स्वास्थ्य मन्त्रालयको जनसंख्या महाशाखाले गरेको सर्वेक्षणका आधारमा तयार पारिएको यस सामग्रीमा किशोर वा किशोरी भन्नाले १०-१४ वर्ष उमेर समूहलाई बुझाउँछ भने युवक वा युवती भन्नाले १०-२४ वर्ष उमेर समूहलाई इंगित गरिएको छ । पाठकको रुचिलाई ध्यान दिई केही उत्तर समावेश नगरिएकाले विभिन्न चार्ट तथा ग्राफमा सबै प्रतिशत जोड्दा पनि एक सय पुग्न नसकेको हो ।

विवाह
नेपाल किशोरकिशोरी तथा युवा सर्वे (सर्वेक्षण)ले नेपाली किशोरकिशोरी तथा युवामा विवाहप्रतिको धारणा र प्रवृत्तिमा परविर्तन भइरहेको देखाएको छ। सर्वेक्षणमा सहभागी युवकहरूको कुल ९२.२२ र युवतीको ७६.७३ प्रतिशत अहिवाहित रहेको देखिनुले परम्परागत सोच अनुरूप छिटो विवाह गर्ने प्रवृत्तिमा कमी आइरहेको देखिन्छ। साथसाथै, सर्वेक्षणमा सहभागी युवक र युवती दुवैको ०.०२ प्रतिशत विवाह नै नगरी एकसाथ बसिरहेका पनि देखिएको छ। यसबाट नेपाली युवामा विवाहसम्बन्धी परम्परागत मूल्यमा पनि परविर्तन आइरहेको बुभmन सकिन्छ।

वैवाहिक स्थिति
सर्वेक्षणको अर्को उल्लेखनीय पक्ष के छ भने १४ वर्षमुनिका ९९.९७ प्रतिशत किशोर र ९९.६४ प्रतिशत किशोरीहरू अविवाहित छन्। त्यस्तै, १५ देखि १९ वर्षका ९५.४२ प्रतिशत किशोर र ८२.०३ प्रतिशत किशोरी पनि अविवाहित छन्। यसबाट समाजमा बालविवाहको प्रवृत्ति कम भएको अनुमान गर्न सकिन्छ।

विवाहको मध्यिका उमेर
सर्वेक्षणमा सहभागीमध्ये ७.७८ प्रतिशत युवक र २३.२३ प्रतिशत युवतीले विवाह गरेका पाइयो। २४ वर्षमुनिका पुरुष सहभागीहरूले विवाह गर्ने मध्यिका अर्थात् उमेर समूहहरूको मध्यक उमेर १९ र युवतीले विवाह गर्ने मध्यिका उमेर १७ वर्ष पाइएको छ। नेपाली युवामा विवाह गर्ने उमेर विभिन्न कारकहरूमा निर्भर रहेको सर्वेक्षणको नतिजा छ। शिक्षाको स्तर बढ्दै जाँदा विवाह गर्ने मध्यिका उमेरमा पनि वृद्धि भएको देखिन्छ। जस्तो ः प्राथमिक शिक्षा हासिल युवकहरूको विवाह गर्ने मध्यिका उमेर १८ छ भने त्यस्ता युवतीहरूको मध्यिका उमेर १७ वर्ष छ। तर, एसएलसीभन्दा धेरै पढेका युवकहरूको विवाह गर्ने मध्यिका उमेर २० र युवतीहरूको १९ वर्ष देखिएको छ। सर्वेक्षणमा सहभागीहरूमध्ये जम्मा ०.६४ प्रतिशत युवकले १५ वर्षभन्दा कम उमेरमा विवाह गरेको बताएका छन् भने ४.८९ प्रतिशत युवतीले १५ वर्षभन्दा कम उमेरमा विवाह गरेका पाइएको छ।

गैरकानुनी विवाह र कारण
नेपालको कानुन अनुसार युवती र युवक दुवैको विवाहयोग्य उमेर २० वर्ष हो। तर, सर्वेक्षणले २२.६० प्रतिशत युवक र ६०.६२ प्रतिशत युवतीले कानुनले तोकेको उमेर हदभन्दा पहिले अर्थात् २० वर्ष नपुग्दै विवाह गर्ने गरेको देखाएको छ। त्यसरी बिहे गर्नेमध्ये ६०.७० प्रतिशत युवतीले आमाबुबाको इच्छाले बिहे गरेको बताएका छन् भने २९.६९ प्रतिशतले स्वेच्छाले। यसबाट विशेष गरी छोरीको विवाहका लागि अभिभावकहरूले कानुन अनुसारको उमेर नपुग्दै विवाहका लागि दबाब दिने परम्परा कायमै रहेको बुझिन्छ। सर्वेक्षणले गर्भ रहन जाँदा कानुन अनुसारको उमेरभन्दा पहिले विवाह गर्नुपरेको कारणबारे रोचक नतिजा देखाएको छ। सहरी क्षेत्रमा गर्भ रहन गई विवाह गर्न बाध्य युवक र युवतीको प्रतिशत शून्य छ भने ग्रामीण क्षेत्रका १.३५ प्रतिशत युवक र ०.४३ प्रतिशत युवतीले गर्भ रहन जाँदा विवाह गर्नुपरेको बताएका छन्। अर्कोतिर, ग्रामीण क्षेत्रमा झुक्याएर विवाह गरेको भन्ने युवक र युवती दुवैको प्रतिशत शून्य रहेको छ, जबकि ०.६८ प्रतिशत सहरी युवतीहरूले आफूलाई झुक्याएर विवाह गर्न लगाइएको बताएका छन्।

जीवनसाथीको चयन
सर्वेक्षणमा सहभागी विवाहित युवक तथा युवतीले आपmनो जीवनसाथी छान्दा कसको रोजाइका आधारमा छान्छन् भन्ने निष्कर्ष पनि रोचक छ। विवाहितमध्ये ५३.४० प्रतिशत युवक र ३७.५६ प्रतिशत युवतीले आपmनै रोजाइले जीवनसाथी छानेको बताएका छन्। सर्वेक्षणले देखाएको महत्त्वपूर्ण तथ्य के हो भने सहरी क्षेत्रका ३४.८१ प्रतिशत युवतीहरूका लागि सहमतिबिनै अभिभावकले दुलाहा खोजिदिन्छन्, जबकि त्यहाँ ३६.१७ प्रतिशत युवकका लागि दुलही खोज्दा सहमति लिइँदैन।

विवाहबारे धारणा
नेपाली युवामा विवाह र यौनबारेको धारणामा पनि परविर्तन आइरहेको सर्वेक्षणबाट देखिएको छ। अन्तरजातीय विवाहबारेको धारणा उमेरसँगै उदार हुँदै जाने सर्वेक्षणले देखाएको छ। सर्वेक्षणमा सहभागी १०-१४ वर्ष उमेर समूहका किशोरहरूको ३६.५७ र किशोरीहरूको ३०.३६ प्रतिशतले अन्तरजातीय विवाह ठीक भनेका छन्। जबकि, १५-१९ वर्ष उमेर समूहका ६७.४९ प्रतिशत किशोर र ५६.६५ प्रतिशत किशोरीले त्यस्तो विवाहलाई उचित भनेका छन् भने २०-२४ वर्षका युवकको सात प्रतिशत र युवतीको ५५.४५ प्रतिशतले अन्तरजातीय विवाहलाई ठीक भनेका छन्। समलिंगी सेक्स र विवाहबारे सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्र अनुदार देखिएको छ। ग्रामीण क्षेत्रका ३.९८ प्रतिशत युवक र ३.०३ प्रतिशत युवतीले मात्रै समलिंगी विवाह र सेक्सलाई उचित ठानेका छन् भने सहरी क्षेत्रका ९.०३ प्रतिशत युवक र ८.३९ प्रतिशत युवतीले त्यस्तो विवाह र सेक्सलाई उचित भनेका छन्। दाइजो लिनुदिनु ठीक हो भन्नेमा सबैभन्दा अगाडि सुदूरपश्चिम देखिएको छ। त्यहाँका ३१.८२ प्रतिशत युवक र ४९.८९ प्रतिशत युवतीले दाइजोको समर्थन गरेका छन्।कौमार्य सर्वेक्षणमा सहभागी युवकहरूको ७५.५० प्रतिशत र युवतीहरूको ७९.७४ प्रतिशतले युवतीहरूले विवाहपूर्व यौनसम्पर्क गर्न नहुने धारणा व्यक्त गरेका छन्। त्यस्तै, युवकहरूको ६९.१६ र युवतीहरूको ७८.५९ प्रतिशतले पुरुषहरूले पनि विवाहपूर्व यौनसम्पर्क गर्न नहुने बताएका छन्। त्यस्तै, युवकहरूको १२.३३ प्रतिशत र युवतीहरूको १०.१३ प्रतिशतले विवाहपूर्व यौनसम्पर्क गरेकाहरूसँग विवाह गर्न सकिने धारणा व्यक्त गरेका छन्।विवाहपूर्व यौनसम्पर्क गरेकाहरूसँग विवाह गर्न सकिने कुरामा सहरी क्षेत्र ग्रामीण भेगभन्दा उदार देखिएको छ। सहरका १७.०६ प्रतिशत युवक र ११.९५ प्रतिशत युवतीले बिहे गर्नुअघि यौनसम्पर्क गरेकाहरूसँग बिहे गर्न सकिने बताएका छन्, जबकि ग्रामीण क्षेत्रका ११.०२ प्रतिशत युवक र ९.५९ प्रतिशत युवतीले मात्रै विवाहअघि यौनसम्पर्क गरेको व्यक्तिसँग बिहे गर्दा फरक नपर्ने बताएका छन्। अर्कोतिर युवतीले विवाहपूर्व यौनसम्पर्क गर्नु हुदैन भन्नेमा सहरी क्षेत्रका युवतीहरू ग्रामीण क्षेत्रका भन्दा परम्परागत देखिएका छन्। सहरी क्षेत्रका ८२.७३ प्रतिशत युवतीले विवाहपूर्व युवतीको कौमार्य सुरक्षित हुनुपर्छ भनेका छन् भने त्यसभन्दा झन्डै चार प्रतिशत कम अर्थात् ७८.८५ प्रतिशत ग्रामीण युवतीहरू त्यस्तो सोच्छन्।

गर्भ निरोध
सर्वेक्षणका क्रममा किशोरकिशोरी तथा युवामा गर्भ निरोधका साधनहरूबारे कति जानकारी छ भन्ने पनि हेरएिको थियो। सर्वेक्षण नतिजा अनुसार कन्डम सबैभन्दा धेरै युवाले थाहा पाएको गर्भ निरोधका साधन देखिएको छ। कन्डमपछि सुईबाट दिइने निरोधकका बारे सबैभन्दा धेरैलाई थाहा छ। योनिबाहिरै वीर्य स्खलन गरी गर्भाधान हुन नदिने उपायका बारेमा ग्रामीण (८.१७ प्रतिशत)भन्दा सहरी (१३.५५ प्रतिशत) युवतीहरू बढी जानकार रहेका छन्। काठमाडौँ उपत्यकाका १३.०४ युवती त्यस उपायबारे सबैभन्दा धेरै जानकार छन् भने सुदूरपश्चिमका ६.६० प्रतिशत युवतीले मात्रै त्यो उपायबारे थाहा पाएका छन्, जुन क्षेत्रगत हिसाबले सबैभन्दा कम हो। जबकि, काठमाडौँ उपत्यकाका ३२.०८ प्रतिशत युवक र सुदूरपश्चिमका १९.५२ प्रतिशत युवकलाई त्यसबारे थाहा छ।गर्भनिरोधबारे जानकारीका लागि रेडियो र शिक्षकहरू प्रमुख स्रोत देखिएका छन्। युवतीहरूभन्दा युवकले साथीहरूबाट यस विषयमा धेरै जानकारी पाउने तथ्य पनि सर्वेक्षणले प्रकाशमा ल्याएको छ।

पहिलो महिनावारी
पहिलोपल्ट रजस्वला हुदा अँध्यारो कोठामा बस्नेहरूबारे पनि सर्वेक्षणले रोचक तथ्य प्रकाशमा ल्याएको छ। पश्चिमाञ्चलका सबैभन्दा बढी १२.३२ प्रतिशत युवतीले आफूले अँध्यारो कोठामा बस्नुपरेको बताए। सहरी क्षेत्रका ६.३८ र ग्रामीण क्षेत्रका ७.४९ प्रतिशतले पनि पहिलोपल्ट रजस्वला हुदा अँध्यारो कोठामा दिन काटे। त्यसैगरी पहिलोपटकको महिनावारीमा घरनजिकैको छाप्रोमा रात कटाउने युवतीहरू सुदूरपश्चिममा सबैभन्दा धेरै १३.०७ प्रतिशत भेटिए। रोचक त के भने काठमाडौँ उपत्यकाका ०.२७ प्रतिशत र सर्वेक्षण गरएिका सबै सहरी क्षेत्रका २.३९ प्रतिशत युवतीले पनि छाप्रोमै आपmनो पहिलो रजस्वला अवधि कटाए।

कुलत
सर्वेक्षणमा सहभागी १०-१४ वर्ष उमेर समूहका ६.९० प्रतिशतले मदिरा, ३.४१ प्रतिशतले चुरोट तथा सुर्तीजन्य पदार्थ र ०.४४ प्रतिशतले लागूऔषध र सुईबाट दिइने नसा गर्ने गरेको पाइयो। साथै, युवतीहरूको ९.२९ प्रतिशत, २.२३ प्रतिशत र ०.१४ प्रतिशतले क्रमशः मदिरा सेवन, चुरोट तथा सुर्तीजन्य पदार्थ र लागूऔषध सेवन गर्ने गरेको सर्वेक्षणले देखाएको छ।

सर्वेक्षण विधि
नेपाल सरकारको स्वास्थ्य मन्त्रालय मातहतको जनसंख्या महाशाखाले सन् २०१० को जनवरीदेखि डिसेम्बर महिनासम्म गरेको किशोरकिशोरी तथा युवा सर्वेक्षण देशभरिका कुल नौ हजार घरधुरीमा आधारित छ, जसलाई तीन सय ‘क्लस्टर’मा बाँडिएको थियो र प्रत्येक ‘क्लस्टर’बाट ३० घरधुरीलाई नमुना छानिएको थियो।यो सर्वेक्षण दुई चरणमा आधारित ‘स्ट्राटिफाइड’ सम्भाव्यता ‘क्लस्टर’को ढाँचामा गरिएको थियो। एउटा ‘क्लस्टर’ एक वडा अर्थात् अहिलेको प्रशासनिक ढाँचामा सबैभन्दा सानो एकाइ बराबर थियो। वडालाई प्रारम्भिक नमुना एकाइका रूपमा लिइएको थियो। सिंगो देश, सहरी-ग्रामीण बसोबास, पाँच विकास क्षेत्र, तीन उमेर समूह -१०-१४, १५-१९, २०-२४)का लागि अनुमान हुनसक्ने गरी नमुना निर्धारित गरिएको थियो।काठमाडौँ उपत्यकालाई छुट्टै उपक्षेत्रका रूपमा राखिएको थियो। कुल १४ हजार ७ सय ५३ युवामा गरिएको सर्वेक्षणमा १०-१४ उमेर समूहका ६ हजार ५ सय ९५ किशोरकिशोरी, १५-१९ वर्ष उमेर समूहका ४ हजार ८ सय ८२ युवकयुवती र २०-२४ वर्ष उमेर समूहका ३ हजार २ सय ७३ युवाको छनोट गरिएको थियो। सर्वेक्षणमा कुल प्रत्युत्तर दर ९९ दशमलव ३ प्रतिशत रह्यो। घरधुरीमा कम्तीमा एक र अधिकतम सात अन्तर्वार्ता गरिएका थिए। सर्वेक्षणमा ७ हजार १ सय ९ युवक तथा ७ हजार ६ सय ४४ युवती सहभागी गराइएका थिए। उनीहरूबारे जानकारी संकलन गर्न कुल ४९ हजार २ सय ८० व्यक्ति -पुरुष २४ हजार ३ सय २१ र महिला २४ हजार ९ सय ४४)को सहयोग लिइएको थियो।
प्रेम
प्रेममा परेको छु
युवकः २१.४७
युवतीः ११.२८
पहिलोपटक प्रेममा पर्दाको औसत उमेर
युवकः १६.१३ वर्ष
युवतीः १६.१३ वर्ष
अहिलेको प्रेमको औसत अवधि
युवकः १४.९८ महिना
युवतीः १३.१५ महिना
अहिलेकै प्रेमी/प्रेमिकासँगै बिहे गर्ने हो
युवकः ७३.०३
युवतीः ८६.६१
डेटिङ्का बेला यौनजन्य गतिविधि गरेको समय
युवकः ६२.०५
युवतीः २६.८३
डेटिङ्का बेला यौनसम्पर्क गरेको समय
युवकः ३९.७२
युवतीः ८.५६
अहिलेसम्मको औसत प्रेमी/प्रेमिका संख्या
युवकः १.७१
युवतीः १.२३

किन पुरुष युवतीको छातीतर्फ आकषिर्त हुन्छन् ?

युवाहरू किन युवतीको छातीतर्फ आकषिर्त हुन्छन् ? यस्ता प्रश्न सबै युवतीको मनमा रहन्छ । यसको उत्तर पुरुषसँग पनि छैन । आखिर किन पुरुषहरू युवतीको छातीप्रति आकषिर्त हुन्छन् ? यस विषयमा गरिएको एक अनुसन्धान पछि भने थुप्रै तथ्य सार्वजनिक भएका छन् ।साधारणतया जब पुरुषले युवतीसँग गफ गर्न थाल्छ उसको नजर युवतीको आँखामा पर्नुको सट्टा पहिले युवतीको छातीमा पुग्छ। त्यसपछि घाँटीमा नजर जान्छ। त्यसपछि मात्र आँखामा। यस्तो खालको शरीरको भाषालाई युवतीले तुरुन्त बुभ्छिन् पनि तर यस्तो अवस्थामा रहने पुरुषको मानसिकता गलत भने हुँदैन। अध्ययनअनुसार यो पुरुषहरूको स्वभाविक आचरण हो ।अध्ययनअनुसार यदि युवतीको स्तन धेरै सानो वा ठूलो भए पुरुषले त्यस्ता युवतीको छातीमा धेरैबेर नजर लगाउँदैनन्। सेकेन्डभन्दा पनि कम समयमा पुरुषको नजर स्तनबाट हट्छ। कुरा गरिरहेको अवस्थामा पुरुषको नजर त्यतिबेला युवतीको स्तनमा धेरै जान्छ जुन युवतीको स्तन सेक्सी र मध्यम आकारको हुन्छ। कपडाबाहिर हल्का स्तन देखिएको छ भने पुरुषको नजर धेरै समय टिक्छ।उनीहरूको मस्तिष्कले बाध्यताबस छाती हेर्न उक्सइरहने अध्ययनले बताउँछ। अध्ययनअनुसार यदि युवती टाढा उभिरहेकी छिन् वा पुरुषतर्फ हेरिरहेकी छैनन भने पनि ९५ प्रतिशतभन्दा बढी पुरुषको नजर सबैभन्दा पहिले युवतीको छातीमै परिरहेको हुन्छ। यौन सम्पर्कका बेला पनि स्तनको महत्वपूर्ण भूमिका हुन्छ। यौनको चरम बिन्दुमा पुग्न पनि स्तनले धेरै मद्दत पुर्‍याउँछ। अध्ययनअनुसार ६९ प्रतिशत युवती आफ्नो स्तनलाई आकर्षक बनाउन लागि परेका हुन्छन्।

विवाहको नाटक गरेर किशोरीलाई बलात्कार गर्नेविरुद्ध मुद्दा दर्ता

सप्तरी, २९ फागुन । सप्तरीकी एक १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकविरुद्ध जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गरेको छ ।बलात्कारको आरोपमा गिरफ्तार धनुषा जिल्ला गोपालपुर गाविस–९ हारसरका ४० वर्षीय कलाम राइनविरुद्ध आज जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।आरोपितले बालिकासँग गत फागुन २ गते विवाहको नाटक गरी बलात्कार गरेको भन्दै प्रहरीले आरोपितलाई गत फागुन ४ गते राजविराज नपा–२ स्थित पीडितकै घरबाट गिरफ्तार गरेको थियो ।पीडित र आरोपितलाई फागुन ४ गते राजविराज नपा–३ स्थित अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

गायिका इन्दिरा जोशीले गरे नेपालको राष्ट्रिय झण्डाको अपमान !

काठमाडौं, २९ फागुन । गायिका इन्दिरा जोशीले पछिल्लो समय सार्वजनिक गरेको म्यूजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डाको अपमान हुने गरी प्रयोग गरेकी छिन् ।‘जाउ कि नजाउँ, पाउँदिन जवाफ, हातमा छ भिसा’ बोलको गीतमा अभिनय गरेकी इन्दिराले लगाएको लेहेंगामा राष्ट्रिय झण्डा देख्न सकिन्छ । नितिन चन्दले निर्देशन गरेको उक्त भिडियोमा पल शाह र सुमन भट्टराईको समेत अभिनय रहेको छ । उत्तम बनेपालीले राष्ट्रिय झण्डा राखेर लेहेंगा डिजाइन गरेका थिए ।

अदालतको फैसलाप्रति बेलबारी घटनाका पीडितहरु असन्तुष्ट

मोरङ, २८ फागुन । बेलबारी–३ करमडाँडामा दुई जना दलितमाथि भएको जातीय विभेदको घटनामा मोरङ जिल्ला अदालतले गरेको फैसलाप्रति पीडितले असन्तुष्टि जनाएका छन् । गत साउन ७ गते बेलबारी–३ की माया सार्की र मनोज विश्वकर्मामाथि भएको ज्यादतीपूर्ण जातीय विभेदको घटनामा दायर मुद्दामा मोरङ जिल्ला अदालतले मङ्गलबार गरेको फैसला माग दाबीअनुसार नभएको भन्दै पीडितले असन्तुष्टि जनाएका हुन् ।फैसला कानुनसम्मत नभएकाले आफूहरु न्यायका लागि पुनरावेदन अदालतमा जाने भएको पीडित मनोज विश्वकर्माले बताउनुभयो । मुद्दामा बादी रहेका सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रकाश गौतमले पनि फैसला पीडितमाथि भएको अन्यायअनुसार फैसला नआएकाले न्यायका लागि  पुनरावेदन अदालतमा मुद्दा पुनरावेदन गरिने बताउनुभयो ।अदालती बन्दोबस्ती कानुनको १७ नम्बर महलअनुसार फैसलामा चित्त नबुझे माथिल्लो निकायमा पुनरावेदन गर्न पाउने नियम छ । मङ्गलबार जिल्ला अदालतका न्यायाधीश ऋषिराम निरौलाको इजलासले उक्त घटनाका आठ अभियुक्तलाई सफाइ दिनुका साथै नौ जनालाई जनही रु १५ हजार धरौटीसहित पीडितलाई जनही रु २५ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो ।

अदालतले आरोपित अम्बिका भेटवाल, अमित भेटवाल, जीवन भेटवाल, सेविका भेटवाल तथा चन्द्रकला भेटवाल, राजु बस्नेत, नरेन्द्र बस्नेत, भोजराज बस्नेत र कवीन्द्र प्रसाईंलाई जनही रु १५ हजार जरिवाना गरेको छ । यस्तै, घटनामा संलग्न भनिएका बेलबारी–३ का राजकुमार प्रसार्इं, राजन सुवेदी, मैयाँ सुवेदी, सञ्जय सुवेदी, टङ्कमाया सुवेदी, तारा सुवेदी र डम्बरबहादुर बस्नेतलाई भने अदालतले सफाइ दिएको छ ।गत साउन ६ गते साँझ बेलबारी बजारमा रहेको एक होटलबाट काम गरेर घरतर्फ फर्कंदै गर्दा २७ वर्षीया माया सार्कीमाथि अज्ञात व्यक्तिले बलात्कार प्रयास गरेको थियो । मायाले प्रहरीमा छिमेकी चेतन भनिने जीवन भेटवालमाथि शङ्का लागेको जनाउ दिँदै उजुरी दिनुभएको थियो ।त्यसपछि, त्यहाँ रहेका भेटवाल, सुवेदी, बस्नेत र प्रसार्इं परिवारले माया र सहयोगी मनोज विश्वकर्मामाथि सार्वजनिक स्थानमा कालोमोसो दलेर जुत्ताको माला लगाई कुटपिट गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय बेलबारीले तत्काल पाँच जनालाई पक्राउ गरेर १७ जनाविरुद्ध जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐनअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

उक्त मुद्दामा सबै अभियुक्तलाई जनही रु सात हजार धरौटी लिएर सादा तारेखमा छाडी पुर्पक्ष गरेको थियो । पीडित पक्षले अदालतको आदेश बेरितको भन्दै पुनरावेदन गरेपछि पुनरावेदन अदालत विराटनगरले जिल्ला अदालतको आदेश खारेज गर्दै  अभियुक्तसँग थप रु ३० हजार धरौटी लिन आदेश गरेको थियो ।जातीय छुवाछूत तथा कसुर सजाय ऐनमा जातीय छुवाछूत गर्नेलाई एक वर्ष कैद र पीडितलाई क्षतिपूर्तिसहित रु तीन लाखसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

मलेसिया विमान सम्पर्कविच्छेद हुनु केही मिनेटअघिको सन्देश सार्वजनिक (अपडेट)

काठमाडौं, फाल्गुन २८ । पाँच दिनदेखि बेपत्ता रहेको मलेसियन एअरलाइन्सको विमान सम्पर्कविहीन हुनुभन्दा केही मिनेटअघिको सन्देश फेला परेको मलेसियाका अधिकारीहरुले बताएका छन् । उक्त विमानले बेपत्ता हुनुभन्दा केही मिनटअघि मलेसियन एअर कन्ट्रोललाई ‘सबै ठिक छ’ भन्ने रेडियो सन्देश दिएको अधिकारीहरुले खुलासा गरेका हुन् ।मलेसिया र भियतनामी एअर स्पेसको सीमामा पुगेपछि मलेसियन एअर कन्ट्रोलले विमानको सम्पर्क भियतनामको हो ची मिन्ह् सहरको कन्ट्रोललाई हस्तान्तरण गरेको जानकारी समेत सार्वजनिक भएको छ । त्यसको केही मिनेटपछि नै विमानसँगको सम्पूर्ण सम्पर्कविच्छेद भएको थियो ।

यसअघि मलेसिया वायुसेनाका प्रमुखले हराइरहेको विमानले बाटो बदलेर पश्चितर्फ लागेको भन्ने खबर पुष्टि हुन नसकेको बताएका थिए । आफूलाई उदृत गर्दै विमानले दिशा बदलेको भन्ने खबरमा सत्यता नभएको उनले बताएका हुन् ।यद्यपि, विमान फर्किएको हुनसक्ने पनि उनले बताएका छन् । यसअघिको खबरमा कोटा भारु भन्ने स्थानमाथिबाट विमानले बाटो परिवर्तन गरेर उचाइ घटाइ बायाँतर्फ मोडिएर मलाका स्ट्रेटमा छिरेको दाबी मलेसियाली सेनालाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दिएका थिए । ‘स्ट्रेट अफ मलाका’ मलाया प्रायद्वीप र इन्डोनेसियाली टापु सुमात्राको बीचमा रहेको ८०५ किलोमिटरमा फैलिएको सामुद्रिक क्षेत्र हो ।गत शनिबार २ सय ३९ जना यात्रु बोकेर क्वालालम्पुरबाट बेइजिङका लागि उडेको मलेसिया एअरलाइन्सको विमानको खोजीमा सिंगै विश्वले ध्यान दिएपनि सुइँकोसम्म पाउन सकिएको छ्रन । (एजेन्सी)

Today Rasifal - March 12, 2014 (Nepali Date: Fagun 28, 2070 )


हराईरहेको बिमानको एक यात्रीको मोबाइल चाहिँ लाग्छ, तर फोन उठ्दैन (भिडियो सहित)

मोबाइल चाहिँ लाग्छ, फोन उठ्दैन
हराइरहेको विमानका यात्रुको मोबाइलमा फोन गर्दा रिङ गएको तर नउठेको समाचार आएका छन्। चिनियाँ यात्रुका एक आफन्तले टिभीमा लाइभ मोबाइलमा फोन गरेर रिङ गएको सुनाएछन्चीनको यो साइटले जनाए अनुसार, १९ जना चिनिया यात्रुको परिवारले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुको परिवारका सदस्यलाई मोबाइलमा फोन गर्दा लाग्ने तर नउठ्ने किन भएको भन्दै सत्यतथ्य सार्वजनिक गर्न अनुरोध गरेका छन्। उनीहरुले एयरलाइन्सलाई फोन नम्बरहरु दिए पनि त्यसलाई वास्ता नगरेकोले मलेसिया एयरलाइन्सका प्रवक्तालाई पानीको बोतलले हानेको र सत्य सार्वजनिक नगरे मलेसियाली दूतावासबाहिर प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन्।

अपहरण भएको हो कि ?
आतंकवाद, अपहरणको पनि संभावनालाई अनुसन्धानकर्मीहरुले नकारेका छैनन्। त्यहाँमाथि दुई जनाले नक्कली पासपोर्ट देखाएर विमानमा चढेको भन्ने पुष्टि भइसकेको छ।तर अपहरण भए पनि केही संकेत त विमानबाट आउनु पर्थ्यो ! अपहरण गरेर कतै लगेको भए पनि अहिलेसम्म केही न केही त जानकारी आइहाल्थ्यो। त्यत्रो ठूलो प्लेन भनेको खेलौना प्लेन जस्तो लुकाएर राख्न त मिल्दैन पक्कै।फेरि चोरिएको पासपोर्ट हुँदैमा आतंकवादी नै थिए भनेर भन्न पनि मिल्दैन रे। शरणार्थी वा अन्य विभिन्न कारणले पनि त्यसरी नक्कली कागजातमा यात्रा गर्ने गर्छन् भन्ने कुरा पनि आयो।झ्याप्पै विमान राडारबाट कसरी हरायो त त्यसो भए ? प्रमाण त छैन तर शंका- त्यसमा राखिएको बम पड्‌‌किएर आकाशमै विस्फोट भएर टुक्राटुक्रा भई समुद्रमा खसेको पो हो कि !त्यो हो भने पनि त्यत्रो पानी जहाज र हवाई जहाज लगाएर खोजिएको छ, केही न केही संकेत त भेट्टिनु पर्थ्यो नि। किन अहिलेसम्म केही पनि नभेटिएको होला ?

विमानमा प्राविधिक समस्या पो आएको हो कि ?

त्यो हो भने पनि यस्तो भयो है भनेर चालक दलका सदस्यले टावरलाई सूचना चाहिँ दिन भ्याइहाल्थ्यो।
त्यसो भए पाइलटले नै सुसाइड गर्छु भनेर समुद्रमा लगेर जोतेको पो हो कि। अथवा अपहरणकर्ताले के के पो माग राखेकोले अमेरिकामा ९/११ मा जस्तो यात्रुहरु मिलेरै प्रतिकार गर्दा बमसम पड्केर ध्वस्त पो भएको हो कि। त्यतिञ्जेल पनि टावरलाई संकेत त पठाउन मिल्थ्यो होला।घरको कुकुरसमेत हराउला भनेर जिपिएस राखेर ट्रयाक गर्ने आधुनिक जमानामा यत्रो बोइङ आखिर कसरी हरायो ? किन अलिकति भेउसमेत पाउन नसकिएको होला ?

रहस्यमय बनेको यो घटनामा जब सबै तर्कहरु समाप्त हुन्छन्, तब नहुने समाचार लेख्ने साइटको कुरा समेत हो कि जस्तो लाग्ने रहेछ। प्यारोडी समाचार राख्ने अमेरिकाको नेसनल रिपोर्ट लेख्छ- यसको एउटा मात्र संभावित जवाफ छ, एलियन। अर्को ग्रहको प्राणीले सुरुदेखि नै बर्मुडा ट्र्याङ्गलमा जहाज अपहरण गर्थे, यस पटक अर्कै ठाउँबाट गरेको हो कि ! तर्कले काम नगरेपछि यस्ता कुरा पनि हो कि जस्तो लाग्न थाल्ने रहेछ।

सामुद्रिक क्षेत्रमा खोजी कार्य जारी

मलेसियाली सरकारले तीन दिनदेखि हराएको जहाजको खोजी कार्यलाई अझै बृहत बनाएको सोमबार जनाइएको छ । गत शनिबार बिहानै मलेसियाको क्वालालम्पुर विमानस्थलबाट छुटेको केही समयपछि नै उक्त विमान हराएको थियो । मलेसिया एयरलाइन्सको उडान एमएच ३७० मा क्वालालम्पुरबाट बेइजिङतर्फ उडानमा रहेको उक्त विमान हराएको हो ।यस विमानको खोजी कार्य जारी नै रहेका बेला आतङ्वादको शिकार भएको विषयमा पनि अनुमान गर्न थालिएको छ । तर यस विषमया पनि हालसम्म कुनै प्रमाण भने फेला परेको छैन । दक्षिणी चिनियाँ समुद्रमा पर्ने फिलिपिन्स र भियतनामबीच बृहत सामुद्रिक क्षेत्रमा खोजी कार्य अघि बढाइने नागरिक उड्डयन विभागका प्रमुख आजारुद्दिन अब्दुल रहमानले सोमबार बताउनुभएको छ ।मलेसिया, चीन तथा अमेरिकाका ४० जहाज तथा २२ विमानले उक्त विमान खोजिरहेको बताइएको छ । उक्त विमानमा २३९ जना यात्रु रहेका छन् । तीमध्ये १५३ जना चिनियाँ, ३८ मलेसियाली तथा १२ इन्डोनेसियाली नागरिक रहेको बताइएको छ ।

नेता छुटाउन नेविसंघको आन्दोलन

काठमाडौं- हतियारसहित पक्राउ नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत लगायतलाई छुटाउन नेविसंघले आइतबार राजधानीका विभिन्न क्याम्पस क्षेत्रमा प्रदर्शन गरेको छ।प्रहरीले नवीकरण नभएका र अनुमति नै नलिइएका हतियार बोकेको भन्दै बस्नेत र अन्य चारजनालाई राजधानीको स्वयम्भुबाट माघ १९ गते पक्राउ गरेको थियो। पक्राउ पर्नेमा नेविसंघका पूर्व सहमहामन्त्री सचित शर्मा, राकेशविक्रम शाही, लिलाबहादुर खड्का र जोन खड्कासमेत छन्। प्रहरीले उनीहरूलाई थप चार दिन अनुसन्धानका लागि हिरासतमा राख्न आइतबार जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छ।नेविसंघले उनीहरूलाई छुटाउन दबाब दिँदै शंकरदेव, त्रिचन्द्र, थापाथली र मीनभवन लगायत क्याम्पसअगाडि प्रदर्शन गरे। विद्यार्थीहरूको प्रदर्शन क्रममा ढुंगामुढा गरिएकाले क्याम्पस क्षेत्र तनावग्रस्त भएको थियो। यसले सवारी आवागमन प्रभावित हुन पुग्यो।बिहान ३ बजे ट्याक्सीमा हतियारसहित हिँडेका उनीहरूलाई चेकिङ प्वाइन्टले फेला पारेपछि पक्राउ गरेर हातहतियार तथा खरखजाना अभियोगमा हिरासतमा राखेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूबाट एउटा पेस्तोल, टु नट टु र बाह्र बोरका बन्दुक फेला परेका छन्। त्यसमध्ये एउटाको इजाजतपत्र नवीकरण नगरिएकाले त्यो हतियार अवैध भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश खरेलले बताए। 'एकाबिहानै तीन बजे ट्याक्सीमा तीनवटा हतियार बोकेर हिँडेको भेटिनु र हतियार नवीकरणसमेत नहुनुले कारबाही प्रक्रिया अघि बढाइएको हो,' उनले भने, 'हतियार राख्न पाएको अनुमतिपत्र नवीकरण नभएपछि त्यो हतियार स्वतः गैरकानुनी हुन्छ।'नेविसंघले भने उनीहरूलाई 'फसाउन खोजिएको' भन्दै रिहाइ निम्ति दबाब दिन आइतबार विभिन्न क्याम्पस क्षेत्रमा चक्काजाम गरेका छन्।नेविसंघ अध्यक्ष रञ्जित कर्णले 'व्यावहारिक र कानुनी पाटो मात्र नमिलेको' भन्दै जरिवाना लिएर छाड्न माग गरे। 'शुभराम आफ्ना साथीहरूसँग दुइटा लाइसेन्सप्राप्त र एउटा तीन महिनादेखि नवीकरण गर्न नसकेको बन्दुक बोकेर ट्याक्सीमा हिँडेका हुन्,' कर्णले भने, 'व्यावहारिक र कानुनी प्रक्रिया नमिलेको हो, त्यसका लागि प्रहरीले कानुनबमोजिम जरिवाना लिएर छाड्नुपर्छ।' प्रहरीले नियतवश पक्राउ गरेकाले आन्दोलनमा उत्रेको उनले बताए। एसएसपी खरेलले भने 'नवीकरण नगरिएका गैरकानुनी हतियारसहित पक्राउ परेकाहरूलाई कसैको दबाबमा आएर अनुसन्धानविना नछाड्ने' बताएका छन्।'कसैले ढुंगामुढा गरेर अराजकता मच्चाउँदैमा छाडिँदैन,' उनले भने, 'उनीहरू पाँचजना बिहान ३ बजे के कारणले तीन–तीनवटा हतियार बोकेर ट्याक्सीमा हिँडिरहेका थिए, त्यसको अनुसन्धान नगरी हामी छाड्दैनौं।'

गाई जात्रा (हास्यब्येंगे कार्येक्रम)


तपाईंको ल्यापटपलाई कसरी टीभीमा जोड्ने ?

यदि तपाईसँग ल्यापटप छ र घरको ठूलो स्क्रिनको टीभीमा फिल्म हेर्न चाहानुहुन्छ भने त्यसका लागि सजिलो उपाय छ– ल्यापटपलाई टीभीमा जोडिदिने ।बिदेशमा रहेका आफन्तसँग स्काइप वा भाइवरमा कुराकानी गर्दै हुनुहुन्छ र परिवारका सवै जनालाई देखाउन चाहानुहुन्छ वा कुनै महत्वपूर्ण तस्वीर ठूलो आकारमा हेर्न चाहानुहुन्छ भने पनि ल्यापटपलाई टीभीमा जोडने उपाय उपयुक्त हुन्छ ।यसका लागि कुनै ठूलो दुःख गरिरहनुपर्दैन् । केवल तपाईले आफ्नो ल्यापटप र टीभीको प्रकृति हेरेर उपयुक्त तारको प्रबन्ध गर्नुपर्छ । त्यसो भएमा केही सेकेन्डमै तपाईले आफ्नो ल्यापटपलाई टीभीमा कनेक्ट गर्न सक्नुहुन्छ ।पछिल्लो समयमा स्मार्ट टीभीहरुको चलन आइसक्यो । जसले गर्दा अब तपाईको टीभीमै इन्टरनेट उपलब्ध हुन्छ । तर, पुराना एलसीडी तथा एलइडी टीभीलाई स्मार्ट टीभीमा परिवर्तन गर्न ल्यापटप जोड्नुको बिकल्प छैन् ।

चल्तीका दुई तरिका
यो कुरा तपाईको कम्प्युटर र टीभीको पोर्ट कुन खालेको छ, त्यसमा निर्भर गर्छ । यसका लागि सवैभन्दा उपयुक्त र सरल ‘एचडीएमआई’ केवल हो । यदि तपाईको ल्यापटप निकै पुरानो हैन भने त्यसमा ‘एचडीएमआई’ केवल आउटपुट रहेको हुन्छ । पछिल्ला बर्षमा बनेका धेरैजसो एलसीडी र एलइडी टीभीमा एचडीएमआई पोर्ट राखिएको हुन्छ ।

माथि देखाइएको तस्वीरमा एचडीएमआई पोर्टको ठाउँमा रातो घेराभित्र अंकित गरिएको छ ।
१. टीभी र ल्यापटप दुवैलाई अन गर्नुहोस् ।
२. एचडीएमआई केवललाई ल्यापटप र टीभीमा जोड्नुहोस्
३. टीभीको रिमोटमा रहेको एभी बटन(टीभी अन बटनसँगै रहेको) थिच्नुहोस त्यहाँ इनपुट फम्र्याट आउने छ । त्यहाँ टीभी,भिडियो, एचडीएमआई र पीसी लगायतका अप्सन हुन्छन् । अब एचडीएमआई अप्सन छान्नुहोस् ।
४. अब तपाईको ल्यापटपको स्क्रिन टीभीमा देखिने छ । यदि ल्यापटपको स्क्रिन आफै देखिएन भने तपाईले ल्यापटपको कन्ट्रोल प्यालनको डिस्प्ले अप्सनमा गई एडजस्ट रेजुलेसनमा टीभी अप्सन छनौट गर्नुहोस् ।

एचडीएमआई केवल
अर्को चल्तीको तरिका भनेको भीजीए केवलले कनेक्ट गर्नु हो । भीजीए केवलमार्फत् कनेक्ट गर्दा सवै तरिका एचडीएमआई कै जस्तो हो । तर यसका लागि तपाईलाई बेग्लै अडियो केवल चाहिन्छ जुन तपाईको ल्यापटपको हेडफोन पोर्टमा जोड्नुपर्छ ।
भीजीए केवल र ३.५ एमएमको अडियो केवल 
भीजीए केवल र ३.५ एमएमको अडियो केवल
यदि तपाईको दुवै यन्त्रमा ‘एचडीएमआई’ पोर्ट छैन भने मात्र भीजीए केवल प्रयोग गर्नुपर्छ । तस्वीरमा पीसी इन लेखिएको ठाउँ भीजीए केवल पोर्ट हो ।

Today Rasifal - March 11th, 2014 (Nepali Date: Fagun 26, 2070 )


कार दुर्घटनामा अभिनेत्री सना खानको ज्यान गयो

पाकिस्तानी अभिनेत्री सना खानको कार दुर्घटनामा ज्यान गएको छ ।शुक्रबार राती भएको दुर्घटनामा उनका पति बाबर खानको पनि निधन भएको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् ।पाकिस्तानको कराँचीबाट हैदराबाद तर्फ जाँदै गरेकी सनाको कार हैदराबादबाट करिव ३० किलोमिटर टाढा रहेको लुनी कोटमा दुर्घटना भएको थियो । कार सनाले नै चलाइरहेकी थिइन् ।उद्धारटोली पुग्दासम्म उनीहरु दुवै जनाको ज्यान गइसकेको थियो ।सना र बाबर दुवैजना पाकिस्तानी टीभी सिरियलमा काम गर्दथे । गत बर्ष डिसेम्बरमा उनीहरुले बिहे गरेका थिए ।

गायिका साकिरा माथि परपुरुषसँग नाच्न प्रतिबन्ध

गायिका साकिरालाई अब कुनै पनि म्युजिक भिडियोमा पुरुष मोडलसँग नाचिरहेको देख्न नपाइने भएको छ ।
साकिराले ह्याण्डसम केटाहरुसँग दिक्क लागेर यो निर्णय गरेकी भने होइनन् । उनकै प्रेमीले साकिरालाई परपुरुषसँग नाच्न प्रतिबन्ध लगाएपछि यस्तो अबस्था आएको हो ।अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार साकिराका फुटबल प्रेमी जेरार्ड पीकेले उनलाई कुनै पनि पुरुषसँग काम गर्न अनुमति दिएका छैनन् ।
साकिरा र रिहन्नाले सँगै अभिनय गरेको हालैको म्यूजिक भिडियोबारे पत्रकार प्रश्न गरेपछि यो रहस्य खुलेको हो ।‘प्रेमी पीकेकै कारण मैले साकिरासँग काम गरेकी हुँ ।’ ३७ बर्षिय यी कोलम्बियाली गायिकाले भनिन–‘ पीके मलाई निकै प्रेम गर्छन र मेरो इश्र्या पनि । कुनै परपुरुषसँग काम गरेको उनलाई मन पर्दैन् ।’प्रेमीको यही बानीका कारण आफु आगामी दिनमा कुनै पनि केटासँग भिडियोमा नदेखिने पनि उनले प्रष्ट पारिन् । बिबाह नभएपनि पीके र साकिराको सम्बन्धबाट एउटा छोरा जन्मिएको छ जसको उमेर १५ महिना पुग्यो ।

हेर्दाहेदै यसरी खरानी बन्यो राजधानीमै एउटा बस्ती (भिडियोसहित)

२५ फागुन, काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार नेपाल वायु सेवा निगमको विमान बालबाल दुर्घटनाबाट बच्यो । शनिबार इन्डिगो एयरको विमान अवतरणका क्रममा अचानक आगलागी भएपछि तनावमै रह्यो । त्यसको ठीक भोलिपल्ट आइतबार विमानस्थल नजिकै सिनामंगलमा भएको ठूलो आगलागीले विमानस्थल वरपर फेरि ठूलै आतंक फैलियो । आगलागीबाट मानवीय क्षति नभए पनि करोडौंको क्षति भएको अनुमान गरिएको छ । दिउँसो १ बजिसकेको थियो । लोडसेडिङको चापमा रहेको राजधानीमा काठमाडौं महानगरपालिका– ९ सिनामंगल क्षेत्रमा पनि दिउँसो एक बजे बत्ती आउने प्रतिक्षामा थिए, सबै । सिनामंगलस्थित बागमती किनारमा भारतको आन्ध्र प्रदेशबाट आएको एउटा समूहले बनाएको टहराहरूमा पनि बत्तीकै प्रतिक्षा थियो । सुकुम्बासीका रुपमा स्थानीयसँग जग्गा भाडामा लिएर बसेका उनीहरु बत्ती आएपछि निकै खुसी थिए । युवाहरु बाहिर काममा गएकाले केही सुत्केरी महिला र वृद्धहरु मात्र टहरामा थिए । तर, बत्ती आएको खुसियाली केही मिनेट पनि टिक्न सकेन । टहरामा बत्ती आएसँगै भएको आगलागीले सबैतिर आतंक फैलियो । ५० भन्दा बढी टहरा रहेको क्षेत्रमा सुरु भएको आगलागीले विमानस्थल क्षेत्र पनि धुवाँमय भयो । चारैतिरबाट दमकल आउन थाले । स्थानीयबासी फैलँदै गएको आगोबाट बच्न आ–आफ्नो घरमा रहेको ग्यास सिलिण्डर सुरक्षित स्थानमा लिएर दौडिन थाले । चारैतिरबाट भीड बढ्दै गयो । तर, साँघुरो गल्लीका कारण बागमती किनारमा रहेको घटनास्थलसम्म दमकल पुग्न धेरैबेर लाग्यो । टहरामा दशदेखि १५ दिनका सुत्केरी मात्र ४ जना थिए । उनीहरु सामान बचाउनभन्दा नजवात शिशु र आफ्नै ज्यान बचाउन बागमती किनारमा हामफाले । भ्याएसम्मका केही सामान पनि लतारेर लगे । त्यतिबेलासम्म घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, स्थानीय र दमकल पुगिसकेको थियो ।

तर, आगो नियन्त्रणबाहिर जाने क्रम रोकिएन । आगो नजिकै रहेको एउटा तीन तले भवनसम्म फैलियो । नजिकै रहेको नोबल कलेजको भवनसहितका अन्य भवनसमेत आगोको जोखिममा थिए । तर, सेना, प्रहरी, दमकल कर्मचारी र स्थानीयले आगोलाई अनियन्त्रित हुन दिएनन् । उनीहरूले घरघरका ट्याङ्कीबाट पानी खन्याएरै भए पनि आगो नियन्त्रणमा लिने प्रयास जारी राखे । त्यहाँ ५० टहरामा भारतबाट काठमाडौं आई विभिन्न स्थानमा मजदुरी गरिरहेका दश बढी परिवार बस्दै आएको पीडितहरुले बताएका छन् । आगलामीमा उनीहरुको लत्ताकपडा, भाँडाकुँडाका साथै नगदसमेत जलेको पीडितहरुको भनाइ छ । तैपनि मानवीय क्षति भए-नभएको अन्तिम समयसम्म पनि स्पष्ट हुन सकिरहेको थिएन । त्यसैले प्रहरीले आगो पूर्णरुपमा नियन्त्रणमा लिएर मात्र यो कुराको पुष्टि गर्न सक्यो । धन्न टहरामा कोही पनि छुटेका रहेनछन् । उनीहरु यसरी बागमती किनारमा हामफालेकाले मानवीय क्षति नभएको हो । बल्लबल्ल ज्यान बचाउन सफल भएकाहरु किनारमा रोइरहेका थिए । टहरामा रहने कतिपय काममा बाहिर गएकाले र कतिपयले भने भागेर ज्यान बचाए । सुत्केरीहरु पनि आफ्नो नवजात शिशु बचाउन सफल भएका छन.् । तर, उनीहरुको भएभरको जायजेथा जलेर नष्ट भएको छ । त्यसैले भारतबाट मजदुरी गर्न नेपाल आएको सिंगो समूह विचल्लीमा परेको छ । तैपनि ज्यान बचाउन सकेकोमा उनीहरु आफूलाई भाग्यमानी ठानिरहेका थिए । त्यसै पनि सिनामंगल क्षेत्र निकै संवेदनशील क्षेत्र मानिन्छ । नजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थल र ठूला इन्धन भण्डारण रहेको क्षेत्रमा भएको आगलागीले सबैमा त्रास फैलाएको छ । त्यसमाथि सहज रुपमा दमकल पुग्न नसक्ने गल्लीहरुका कारण कुनै पनि बेला ठुलै बिपत्ति निम्तन सक्ने खतराको संकेत यो घटनाले गरेको छ । त्यसैले आगलागी बढी हुने यस्ता क्षेत्रमा यस्ता अस्तव्यस्त बस्ती बसाउने काम नगर्नु उचित देखिन्छ 

सप्तरीमा जिउँदै जलाइएको महिलाको मृत्यु

सप्तरी, २५ फागुन । (अपडेट) अन्तर्राष्ट्रिय नारी दिवसकै दिन शनिबार दिउँसो सदरमुकाम राजविराजमा मट्टीतेल खन्याएर आगो लगाइएकी गर्भवती महिलाको गएराति उपचारका क्रममा मृत्यु भएपछि छिमेकी शोकमा डुबेका छन् ।राजविराज  नगरपालिका–७ निवासी गुडु अन्सारीकी श्रीमती अन्दाजी २६ वर्षीया नजराना खातुनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।आफ्नै घरमा सुतिरहेका बेला शनिबार दिउँसो २ बजेतिर अचानक शरीरमा आगो लागेर चिच्याउन थालेको आवाज सुनेका स्थानीय जनताले नजराना खातुनलाई उद्धार गरेर उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गराएका थिए ।त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको र त्यहीँ उपचारका क्रममा गएराति ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।आगोबाट उनको करिब ९० प्रतिशत शरीरको भाग जलेको थियो । हत्या गरिएको ठानिएकी नजराना पाँच महिनाकी गर्भवती थिइन् । नजरानाको मृत्युपछि उनकी दुई वर्षीया छोरी रौनक खातुन टुहुरी भएकी छिन् । टुहुरी भएकी रौनक आफन्त र छिमेकीसँग छन् ।

अत्यन्तै मिलनसार र गर्भवती अवस्थाकी नजरानाको मृत्युको खबर पाउनासाथ स्थानीय जनता शोकमा डुबेका छन् ।नजरानाको छिमेकीसँग राम्रो सम्बन्ध थियो, स्थानीय रैहाना खातुनले भन्नुभयो, “के कति कारणले उनको हत्या गरियो, हामीलाई थाहा छैन, तर जुन किसिमको घटना भयो त्यो घटना दुःखदायी छ ।”नजरानाका श्रीमान् गुडु अन्सारी करिब १५ दिनअघिमात्र वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका थिए । नजरानाको घटना रहस्यमय रहेकाले आवश्यक छानबिनका लागि नजरानाकी सासू बानो खातुन र जेठानी नुरजाहा खातुनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक बैदवारले जानकारी दिनुभयो ।प्रारम्भिक चरणमा नजरानाका सासूको घटनामा संलग्नता रहेको पाइएको र घटनास्थलदेखि करिब ५० मिटरको दूरीमा रहेको पोखरीको डिलमा मट्टीतेलको भाँडो बरामद भएकाले थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बैदवारले बताउनुभयो ।यसैबीच प्रहरी नायब उपरीक्षक बैदवार नेतृत्वको टोलीले आज बिहान घटनास्थलको निरीक्षण गर्नुभएको छ ।

इजरायलीले‘भाडाका आमा’ नेपाल ल्याउदै बच्चा जन्माउँदै

२५ फागुन, काठमाडौं । फागुनको पहिलो साता त्रिपुरेश्वरस्थित परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा हतारमा भेटिए इजरायली नागरिक टम जिभ । उनीसँग दोभाषेको भूमिकामा थिए, एक कानुन व्यवसायी । तिनै दोभाषेको सहायतामा टम नेपालमा जन्मिएको आफ्नो नवजात शिशुका लागि शाखाबाट प्रमाणीकरणको कागज खोजिरहेका थिए, ताकि त्यही कागज पेस गरेर काठमाडौंस्थित इजरायली दूतावासबाट शिशुको पासपोर्ट बनाउन सकियोस् । खासमा टम भाडाकी आमा (सरोगेट मदर) लिएर बच्च जन्माउन नेपाल आएका थिए ।कन्सुलर शाखाका निम्ती यो नै पहिलो र अन्तिम घटना भने थिएन् । किनभने, यसभन्दा एक सातअघि मात्रै इजरायली नागरिक पावेलले यसै गरी भाडाकी भारतीय आमाबाट बच्च जन्माएर सरकारी स्वीकृति लिइसकेका थिए ।यी दुई तथ्यले भाडाका आमाबाट सन्तान जन्माउन चाहने विदेशीका लागि नेपाल ‘हर्ब’ बन्दै जान थालेको तर्फ संकेत गर्छ । नेपालले गरेको अध्ययनबाट सस्तो नेपाली बजार, उपयुक्त मौसम र कम झन्झटिलो कानुनी प्रक्रियाका कारण विदेशीहरुले भाडाका आमाबाट नेपाल आएर बच्चा जन्माउन चाहने गरेको तथ्य पत्ता लागेको छ, जसका पछाडि कैयन् नेपाली र विदेशी सम्पर्क व्यक्तिहरुको प्रत्यक्ष र परोक्षा भूमिका रहेको छ । र, यो तथ्यलाई टमकै प्रसंगले पुष्टि गरेको आइतबार प्रकाशित नेपाल साप्ताहिकमा खबर छ ।आफ्नी पत्नीको पाठेघरमा बच्चा हुर्किन नसक्ने भएपछि टम सन्तान जन्माउने भरपर्दो विपल्पको खोजीमा थिए । त्यही क्रममा उनले इजरायली कानुन व्यवसायी, जो भाडाका आमाको खोजी गर्ने दम्पतीलाई सम्बन्धित देशसम्म पठाउने र बच्चा जन्मिसकेपछि प्रमाणित गरेर स्वेदश फर्काउनेसम्मको प्रक्रियामा सामेल छन्,को सहयोगमा भारतको नयाँदिल्ली आइपुगे । करिब महिनादिन दिल्ली बसेर उनले मुम्बई घर भएकी भाडाकी आमा फरजना शेखको पाठेघरमा आफ्नो वीर्य र पत्नीको डिम्बको प्रत्यारोपण गराए, जसलाई चिकित्सकीय भाषामा ‘इन भिट्रो फर्टिलाइजेसन’ (आईभीएफ) भनिन्छ । त्यसपछि टम आफ्नी पत्नीलाई लिएर इजरायल फर्के । र, बच्चा जन्मिने समय हुनुअगावै नयाँदिल्लीबाट भाडाकी आमा फरजानालाई लिएर काठमाडौं आए । झन्डै दुई महिनाभन्दा बढी ठमेलमा विताउका उनले फरजानालाई भने धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरे, जहाँ २१ पुसमा उनले छोरी जन्माइन् ।आउँदा एक्लै आएका टमले अब बच्चासहित देश र्फकनका निम्ति कानुनी प्रक्रिया पूरा गर्नु अनिवार्य थियो । त्यो प्रक्रिया उनले कानुन व्यवसायीसमेत रहेका दोभाषेको माध्यमबाट सजिलै पूरा गरे र बच्चा जन्मेको दुई सातामै इजरायल फर्किए ।भाडाकी भारतीय महिला सन्ता जन्माएपछि ग्रान्डी अस्पतालले टम र भाडाकी महिलाको सन्तान भनेर जन्मदर्ता प्रमाणपत्र उपलब्ध गरायो । त्यही प्माणपत्रमा स्वास्थ्य मन्त्रालय समन्वय शाखाका अधिकारीले पनि हस्ताक्षर र मन्त्रालयको छाप ठोकिदिए । त्यसपछि त्यो कागज बोकेर उनीहरु परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर शाखामा पुगे । शाखाले स्वास्थ्य मन्त्रालयले प्रमाणित गरेको कागजलाई थप प्रमाणित गरिदियो । त्यसैलाई आधार मानेर काठमाडौंस्थित इजरायली दूतावासले बच्चाको नाममा पासपोर्ट र नेपालको अध्यागमन विभागले भिसा जारी गरेपछि टम वैधानिक रुपमा आफ्नो देश र्फकन पाए ।भाडाकी आमा फरजाना भने नौ महिनासम्म कोखमा राखेको बच्चा जन्माइदिएबापत सर्त अनुसार झन्डै चार लाख भारतीय रुपैयाँ लिएर मुम्बई फर्किन् । कन्सुलर शाखामा भेटिएका टमले संक्षिप्त संवादमा यति मात्रै भने ‘यो प्रक्रिया भारतमा भन्दा काठमाडौंमा धेरै सस्तो र सहज छ ।’टमभन्दा ठीक एक साताअघि मात्रै पावेल नामका अर्का इजरायलीले पनि यसै गरी भाडाकी आमाबाट काठमाडौंमा जन्मिएका जुम्लयाहा सन्तान लिएर स्वदेश फर्केका थिए ।नेपालको कानुनमा भाडाका आमाबाट बच्चा जन्माउन मिल्ने कि नमिल्ने अथवा त्यसरी बच्चा जन्माएमा के हुने भन्ने कुनै व्याख्या छैन् । अर्थात यस सम्बन्धमा कुनै नियम कानुन नै छैन् । तर स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय र अध्यागमन विभागका अधिकारीहरु भने प्राकृतिक तवरबाट जन्मिएका र भाडाका आमाबाट जन्मिएका शिशुका दुवै सन्र्दभमा एउटै ढंगले कानुनी प्रक्रिया चालिरहेका छन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More