BICITRA KHABAR

BICITRA KHABAR

आजको पञ्चाङ्ग र राशीफल २०७१ साल मंसिर १८ गते बिहीबार



आजको पञ्चाङ्ग आज मिति २०७१ साल मंसिर १८ गते बिहीबार, तदनुसार दिसम्वर ४ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ । चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको त्रयोदशी तिथि २९ घटि ५३ पला अर्थात साँझमा ६ बजेर ३८ मिनेटसम्म त्यसउप्रान्त चतुदर्शी तिथि लाग्नेछ । आज सूर्य धनु राशिमा रहेको छ भने चन्द्रमा मेष राशिमा अहोरात्र रहनेछ । आज दिनमान २६ घटि ५ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ४० मिनेटमा रावण मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ०६ मिनेटमा हुनेछ ।

आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – यशकीर्ति बढ्ने शत्रुमाथि विजयी हुने, अधुरा कार्य आज पूरा, पुराना मित्रसंग भेटघाटको अवसर मिल्नेछ ।

 बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – साथी संगीहरुसँग कलह, पेट वा कम्मरको रोग लाग्ने, मनपरेको खानामा अवरोध आउनेछ, दिन खराब छ ।

 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – परिवारसँग विवाद पर्नेछ, व्यापारीक क्षेत्रमा मन्दी आउनाले नोक्सान बढ्न जानेछ, समय खराब छ ।

 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – एक्कासी आँखामा खराबी आउन सक्ने, धनमाल चोरी हुन सक्नेछ, आफूले गरेको कार्यमा बिरोधी बढ्नेछन् ।

 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आरोग्यता, प्रशन्नता, आर्थिक पक्ष सवल रहने, मिष्ठान्न भोजन प्राप्ति, नवीन कार्यको थालनी गर्दा राम्रो हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आफन्तको टकरावले दिनभर तनाव, पेशाप्रति असन्तुष्टि, आम्दानीमा गिरावट, अनावश्यक झमेला थपिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – एक्कासी नयाँ वस्तु फेला पर्ने, उत्कृष्ठ सरकारी सम्मान पाउन सकिने, शैक्षिक क्षेत्रबाट उत्कृष्ट नतिजा हाँसील ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – स्वास्थ्य राम्रो रहनेछ, आदर सत्कार पाइने कार्यमा सरिक हुन पाइने, पारिवारिक सहयोग पाइने, प्रेम प्रसँग समधुर ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – गरेका कार्य अधुरा हुनेछन, यात्रा तथा कार्यमा बाधा, आफ्नो बारेमा आफन्तलेनै कुरा काट्ने छन् ।

 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – स्वास्थ्यमा खरावी आउन सक्ने, समय विवादित रहनेछ, चोटपटकको भय, नकरात्मक सोचाइले आँफैलाई घाटा ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – टाढाबाट धन प्राप्ति हुन सक्नेछ, नयाँ ठाउँको भ्रमण गर्दा मनमा आनन्द, राजनीतिक सक्रियता, आफन्तसंग भेट हुने ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – गरेको सबै कार्यमा बाधा हुने, मानसिक अशान्ति, यात्रामा कठिनाई हुने, चिन्तापर्ने समाचार प्राप्त हुनेछ ।

आजको शुभ, लाभ र अमृत बेला: आज २०७१ साल मंसिर १८ गते बिहीबार बिहान ६:४० बजेदेखि ८:१० बजेसम्म शुभ बेला, बिहानमा ८:१० बजेदेखि ९:४० सम्म रोग बेला, बिहानमा ९:४० बजेदेखि ११:१० बजेसम्म उद्वेग बेला, बिहानमा ११:१० बजेदेखि १२:४० बजेसम्म चर बेला, बिहान १२:४० बजेदेखि दिनमा २:१० बजेसम्म लाभ बेला, दिनमा २:१० बजेदेखि ३:४० बजेसम्म अमृत दिनमा ३:४० बजेदेखि ५:१० बजेसम्म काल साँझ ५:१० बजेदेखि ६:४० बजेसम्म शुभ बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला । आजको साइत: आज पूर्व र उत्तर बाहेक ­कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । राहुकालको समय : दिनमा १:३० बजेदेखि ३:०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More