BICITRA KHABAR

BICITRA KHABAR

यौन सम्बन्धमा समस्या ल्याउने फोन !

एजेन्सी । वैवाहिक जीवनमा सेक्समा समस्या या कमी आउनुमा आधुनिक इलेक्ट्रनिक वस्तु एक महत्वपूर्ण कारण रहेको तथ्य सार्वजनिक भएको छ ।
ब्रिघेम युग युनिभर्सिटीका शोधकर्ताले गरेको एक अध्ययन अनुसार महिलाहरु स्मार्टफोन तथा ल्यापटप धेरै चलाउदा आफ्नो योन जीवनमा कमी आउने मान्दछन ।
उक्त अध्यन अनुसार ७० प्रतिशत महिला आफ्नो डिभोर्सको कारण खाँटमा फोन, ल्यापटपको अत्याधिक प्रयोग मान्दछन् ।
आधुनिक डिभाइस मा व्यस्त रहदा यौन साथीसँगको रोमान्समा कमि आउनाले श्रीमान् श्रीमति बिच समस्या उत्पन्न हुन जान्छ ।
रातको समयमा पुरुष योन साथी सोसल नेटवर्कमा व्यस्त हुदा सम्वन्ध बिच्छेदमा वृद्धिहुने सोधकर्ताको दावी छ । अनुसन्धानका लागी १४३ महिला तथा उनको यौन साथी संग आधुनिक इलेक्ट्रोनिक वस्तुबारे प्रश्न गरिएको थियो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More