BICITRA KHABAR

BICITRA KHABAR

सातामा सुनको भाउ १ हजार ५० बढ्यो

काठमाडौं, मंसिर २० । अन्तर्राष्ट्रिय बजार भाउँ पच्छ्याउँदै यस साता स्थानीय बजारमा सुनको भाउमा बृद्धि आयो । साताभर सुन तोलाको १ हजार ५० रुपैयाँले बढ्यो ।

आइतबार प्रति १० ग्राम ४३ हजार १ सय २५ अर्थात् तोलाको ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा तोलामा १ हजार ५० रुपैयाँले बढेर ५१ हजार ३ सय ५० मा कारोबार भयो ।

/>यस्तै, चाँदीको भाउमा पनि तोलामा २५ रुपैयाँले बढेर ७ सय १० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउमा कमी आउन थालेपछि लगानीकर्ताले सुन खरिद गरी फाइदा लिनेक्रम बढेकाले सुनको भाउमा सामान्य बृद्धि आएको महासंघले जनाएको छ । -

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More