पौषकृष्णपक्षको चतुर्दशी तिथि ४ घटि २३ पला अर्थात बिहानमा ८ बजेर २३ मिनेटसम्म त्यसउप्रान्त अमावश्या तिथि लाग्नेछ । आज सूर्य मकर राशिमा रहेको छ भने चन्द्रमा वृश्चिक राशिमा अहोरात्र रहनेछ । आज दिनमान २५ घटि ५० पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ५२ मिनेटमा रौद्र मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ ।
आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आफ्नो रोजाइको कार्यमा अरुको विरोध, नेतृत्व कार्य र व्यापारमा असफल हुने, टाढाको यात्रा विफल ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – मान्यजनबाट सहानुभूति, व्यापारिक कार्य सफल, साहित्य क्षेत्रबाट सफलता मिल्नेछ दिन शुभ छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – भूमि सम्बन्धि विवाद, वहस पैरवि कार्यक्रम स्थगित, सुनचाँदी कारोबारमा मन्दी आउनेछ दिन राम्रो रहनेछैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – व्यापार व्यवसायबाट घाटा हुन सक्नेछ, स्वास्थ्यमा एक्कासी खराबी आउन सक्नेछ, मानसिक चिन्तन हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – कृषि कार्यबाट लाभ पाइने, मेहनत गरेको ठूलो राशिको धन हात लाग्ने, इष्टमित्रको सहयोगले अधुरा कार्य पूरा ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – दाजुभाई बीच मनमुटाव हुने, दैनिक उपभोग्य सामग्रीको अभाव, शुरु गरेको विकास निर्माणको कार्य रोकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – नयाँ व्यवसाय गर्नतिर मन जाने, पारिवारिक समस्या सुल्झिनेछ, लामो समयदेखि गरको कार्यमा सम्मान मिल्ने ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आर्थिक लेनदेनमा विवाद हुनेछ, धार्मिक कार्यमा दिन बित्नेछ, पठनपाठन क्षेत्र अस्तव्यस्थ हुने, दिन खराब छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – मित्रहरुको सहयोगले ठूलो काम सम्पन्न, वैदेशिक रोजगारको अवसर मिल्ने, स्त्रीपक्षबाट सुख प्राप्त हुने ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – शत्रुबाट मानसिक पीडा थपिनेछ, पारिवारिक झगडाले ठूलै रुप लिनेछ, आफन्तबाट विशेष कार्यमा धोका हुने।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – सरकारीपक्षबाट सहयोग, नयाँ साथीसँग सम्बन्ध गासिने, सामाजिक सक्रियता, सहयोगी हातहरु बढ्दै जानेछन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – रोजगारीबाट आत्मसन्तुष्टि मिल्नेछ, नयाँ मित्रसंग भेटघाटको अवसर मिल्न सक्नेछ, मानसम्मानको अवसर ।
आजको शुभ, लाभ र अमृत बेला: आज २०७१ साल पुस ६ गते आइतबार बिहान ६:५० बजेदेखि ८:२० बजेसम्म उद्वेग बेला, बिहानमा ८:२० बजेदेखि ९:५० सम्म चर बेला, बिहानमा ९:५० बजेदेखि ११:२० बजेसम्म लाभ बेला, बिहानमा ११:२० बजेदेखि १२:५० बजेसम्म अमृत बेला, बिहान १२:५० बजेदेखि दिनमा २:२० बजेसम्म काल बेला, दिनमा २:२० बजेदेखि ३:५० बजेसम्म शुभ दिनमा ३:५० बजेदेखि ५:२० बजेसम्म रोग साँझ ५:२० बजेदेखि ६:५० बजेसम्म उद्वेग बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला । आजको साइत: आज उत्तर बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । राहुकालको समय : दिनमा ४:३० बजेदेखि ६:०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।