BICITRA KHABAR

BICITRA KHABAR

आजको पञ्चाङ्ग र राशीफल आज मिति २०७१ साल मंसिर १९ गते शुक्रबार, तदनुसार दिसम्वर ५ सन् २०१४,



२०७१ साल मंसिर १९ गते शुक्रबार आजको पञ्चाङ्ग आज मिति २०७१ साल मंसिर १९ गते शुक्रबार, तदनुसार दिसम्वर ५ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा प्रवेश गरिसकेका छन् । हेमन्त ऋतु चल्दै छ । चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको चतुर्दशी तिथि २७ घटि ३९ पला अर्थात साँझमा ५ बजेर ४५ मिनेटसम्म त्यसउप्रान्त पूर्णिर्मा तिथि लाग्नेछ । आज सूर्य धनु राशिमा रहेको छ भने चन्द्रमा वृष राशिमा अहोरात्र रहनेछ । आज दिनमान २६ घटि ४ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ४१ मिनेटमा विभिषण मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ०७ मिनेटमा हुनेछ ।
आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – स्वास्थ्य भरपर्दो हुनेछैन, खानेकुरामा सतर्क रहनुहोला, यात्रामा बाधा, जोसँग पनि विवाद पर्न सक्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – मित्रहरूबाट सहयोग, कला क्षेत्रमा अभिरुचि, एकमुष्ठ रकम संकलन, स्वादिष्ट व्यञ्जन प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – दैनिक कार्य अधुरा, विरोधीहरू सक्रिय हुनेछन, स्वास्थ्य हानी समय तथा दिन खराब रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आम्दानीमा गिरावट, समय विवादित, महत्वपूर्ण कार्यमा अवरोध, चुनौतिमाथि चुनौति थपिनेछ चनाखो हुनुहोला ।

 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – शैक्षिक तथा सामाजिक प्रगति, प्रेमप्रसँग सुमधुर रहनेछ, आदर सत्कार पाइने ठाउँमा सरिक हनु पाइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – एक्कासि धन तथा जमिन लाभ, नयाँ कार्यमा लगानी, महत्वपूर्ण उपलव्धि हाँसिल,दिन सबै प्रकारले शुभ रहने ।

 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – पारिवारिक किचलो थपिने, मानसिक चिन्ता, नकारात्मक सोचाईले गर्दा आफैलाई घाटा हुनेछ ।

 बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आफ्नै पेशाबाट नोक्सान, दिनभर घरमै बस्नुपर्ने, पढाईमा मन नजाने, समय खराब छ सतर्क रहनुहोला ।

 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आम्दानीमा एक्कासि बृद्धि, सहयोगी हातहरू बढ्नेछन्, धर्मकर्ममा मन जानेछ, समय शुभ छ ।

 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आफन्तबाट विरोध आउने, आफ्नै पेशाबाट घाटा, पारिवारिक कचिलोले गर्दा दिनभर चिन्ता पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – बिहानी पख स्वास्थ्यमा क्रमिक सुधार, टाढाको धन प्राप्त हुनेछ भने साँझतिर त्यति राम्रो रहने छैन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – नयाँ मित्रसँग भेटघाट, आर्थिक क्षेत्रबाट लाभ हाँसिल, अधुरो कार्य पुरा हुने सम्भावना छ उपयोग गर्नुहोला ।

आजको शुभ, लाभ र अमृत बेला: आज २०७१ साल मंसिर १९ गते बिहीबार बिहान ६:४१ बजेदेखि ८:११ बजेसम्म चर बेला, बिहानमा ८:११ बजेदेखि ९:४१ सम्म लाभ बेला, बिहानमा ९:४१ बजेदेखि ११:११ बजेसम्म अमृत बेला, बिहानमा ११:११ बजेदेखि १२:४१ बजेसम्म काल बेला, बिहान १२:४१ बजेदेखि दिनमा २:११ बजेसम्म शुभ बेला, दिनमा २:११ बजेदेखि ३:४१ बजेसम्म रोग दिनमा ३:४१ बजेदेखि ५:११ बजेसम्म उद्वेग साँझ ५:११ बजेदेखि ६:४१ बजेसम्म चर बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला । आजको साइत: आज दक्षिण र पूर्व बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । राहुकालको समय : बिहानमा १०:३० बजेदेखि १२:०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More