BICITRA KHABAR

BICITRA KHABAR

आजको पञ्चाङ्ग र राशीफल २०७१ साल मंसिर २६ गते बिहीबार

२०७१ साल मंसिर २६ गते बिहीबार


आजको पञ्चाङ्ग
आज मिति २०७१ साल मंसिर २५ गते बिहीबार, तदनुसार दिसम्वर १२ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । हेमन्त ऋतु चल्दै छ ।
चान्द्रमान अनुसार पौषकृष्णशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको षष्ठी तिथि ४५ घटि ०१ पला अर्थात रातिमा १२ बजेर ४७ मिनेटसम्म त्यसउप्रान्त सप्तमी तिथि लाग्नेछ ।
आज सूर्य धनु राशिमा रहेको छ भने चन्द्रमा कर्कट राशिमा ३ घटि ५७ पला अर्थात ८ बजेर २१ मिनेटसम्म त्यसउप्रान्त सिंह राशिमा प्रवेश गर्नेछ ।
आज दिनमान २५ घटि ५४ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ४६ मिनेटमा विभिषण मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ०८ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
राजनैतिक तनाव हुनेछ, वैवाहिक कार्य असफल हुन सक्ने, नकरात्मक विचारले सताउनेछ, दिन खराव रहेको छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
छिमेकीसंग कलह चर्किने, व्यापारबाट नोक्सानी, सामाजिक सम्मान पाउनबाट बञ्चित, दिन खराब छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
राजनीतिबाट खुशीका खबर प्राप्त, रमाईलो ठाँउमा भ्रमण हुने, आर्थिक क्षेत्रको सोचाईले आम्दानीमा वृद्धि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
गर्न खोजेको कार्य असफल, मनमा तनाव बढ्नेछ, भ्रमण कठिनपूर्ण रहने, वाथ रोगले सताउने छ सतर्क हुनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आफ्नो मान्छे संग भेटघाट, घरमा नयाँ चहलपहल, राजनैतिक क्षेत्रमा मन जानेछ, सामाजिक सहयोग प्राप्त ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
शारीरिक पीडा थपिने, मानहानी हुन सक्नेछ, आम्दानीका स्रोतहरु घट्ने, विशेष मान्छेबाट धोका हुन सक्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
साहित्यिक क्षेत्रमा सक्रियता बढ्ने,प्रेमिकासंग भेटघाट, वौद्धिक क्षेत्रबाट लाभ मिल्नेछ, आम्दानी राम्रो रहेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
शत्रुहरु सक्रिय हुनेछन्, गरेको कामबाट जस नपाइने, काममा अनाश्यक टकराव खेप्नु पर्ने दिन शुभ रहने छैन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यपारिक कार्य असफल, झगडाको मामिलामा फसिने, स्वास्थ्यमा खरावी, टाढाको भ्रमण नगर्नु वेश हुन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सोचेजति काम गर्न असफल, इष्टमित्रको विरोध झेल्नुपर्नेछ, जागिरबाट धोका हुन सक्ने चनाखो हुनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
टाढाबाट धन आउन सक्ने, नयाँ जोजगारको अवसर मिल्न सक्ने, पढाइबाट उत्कृष्ट नतिजा प्राप्त ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
रोजगारीबाट आत्मसन्तुष्टि मिल्ने, नयाँ मित्रसंग भेटघाट, मानसम्मानको अवसर प्राप्त हुनेछ, समय शुभ छ ।
आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल मंसिर २५ गते बिहीबार बिहान ६ः४६ बजेदेखि ८ः१६ बजेसम्म चर बेला, बिहानमा ८ः१६ बजेदेखि ९ः४६ सम्म लाभ बेला, बिहानमा ९ः४६ बजेदेखि ११ः१६ बजेसम्म अमृत बेला, बिहानमा ११ः१६ बजेदेखि १२ः४६ बजेसम्म काल बेला, बिहान १२ः४६ बजेदेखि दिनमा २ः१६ बजेसम्म शुभ बेला, दिनमा २ः१६ बजेदेखि ३ः४६ बजेसम्म रोग दिनमा ३ः४६ बजेदेखि ५ः१६ बजेसम्म उद्वेग साँझ ५ः१६ बजेदेखि ६ः४६ बजेसम्म चर बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
आजको साइत:
आज पूर्व र उत्तर बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय :
बिहानमा १०ः३० बजेदेखि १२ः०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More