२०७१ साल मंसिर २७ गते शनिबार आजको पञ्चाङ्ग आज मिति २०७१ साल मंसिर २७ गते शनिबार, तदनुसार दिसम्वर १३ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा प्रवेश गरिसकेका छन् । हेमन्त ऋतु चल्दै छ । चान्द्रमान अनुसार पौषकृष्णशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको सप्तमी तिथि ५० घटि २७ पला अर्थात रातिमा २ बजेर ५७ मिनेटसम्म त्यसउप्रान्त अष्टमी तिथि लाग्नेछ । आज सूर्य धनु राशिमा रहेको छ भने चन्द्रमा सिंह राशिमा अहोरात्र रहनेछ । आज दिनमान २५ घटि ५३ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ४७ मिनेटमा यम मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ०८ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – गरेको प्रयास अर्थहिन हुन सक्नेछन्, नकरात्मक सोचाइ बढ्ने, पारिवारिक कलहमा वृद्धि हुनेछ सर्तक रहनुहोला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – मानसिक पीडा थपिदै जाजे, आम्दानीमा गिरावट हुने, साथीभाईसँग मनमुटाव बढ्ने, शत्रुहरु सक्रिय हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आदरसत्कार पाइने, पारिवारिक सहयोग मिल्ने, नयाँ क्षेत्रमा लगानी गर्दा मनग्य आम्दानी हुनेछ दिन शुभछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आफ्नै मान्छेबाट धोका हुनेछ, यात्रामा सावधानी अपनाउनु पर्ने, दिन शुभ रहने छैन्, जोगिनु होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – पढाईमा लगनशीलता, धार्मिक क्रियाशीलता, राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ, टाढाको मित्र सँग भेटघाट हुने।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आफन्तले कुरा काट्नेछन्, आटेको कार्य अधुरा रहन सक्ने, नयाँ कार्यमा लगानी गर्ने योजना विफल हुनेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – मानसिक शान्ति मल्ने, नयाँ ठाउँको भ्रमण हुनसक्ने, आफ्नै पेशाप्रति सन्तुष्टि हुने, सबै काम सजिलै सम्पन्न ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – चोटपटकको भय, दिनभर नैराश्यता हुने, व्यापार व्यवसायमा मन्दी आउनेछ, मनमा अशान्ति छाउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – धन हराउन सक्ने सम्भावना रहेकोछ, स्वास्थ्यमा गडबढी, प्रेममा धोका हुन सक्ने दिन खराब छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – छोराछोरीबीच विवाद पर्न सक्ने, दिर्घरोग देखा पर्ने, दिन अत्यन्तै खराव छ सर्तक रही कार्य सम्पादन गर्नुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आम्दानीमा वृद्धि, आफ्नै पेशाप्रति सन्तुष्टि, मिष्ठान्न भोजन प्राप्ति, हराएको बस्तु फेला पर्न सक्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – टाढाबाट धन प्राप्ति हुने, सामाजिक क्षेत्रबाट सम्मान पाइने, राजनैतिक सक्रियता बढ्नेछ, समय राम्रो छ ।
आजको शुभ, लाभ र अमृत बेला: आज २०७१ साल मंसिर २७ गते शनिबार बिहान ६:४७ बजेदेखि ८:१७ बजेसम्म काल बेला, बिहानमा ८:१७ बजेदेखि ९:४७ सम्म शुभ बेला, बिहानमा ९:४७ बजेदेखि ११:१७ बजेसम्म रोग बेला, बिहानमा ११:१७ बजेदेखि १२:४७ बजेसम्म उद्वेग बेला, बिहान १२:४७ बजेदेखि दिनमा २:१७ बजेसम्म चर बेला, दिनमा २:१७ बजेदेखि ३:४७ बजेसम्म लाभ दिनमा ३:४७ बजेदेखि ५:१७ बजेसम्म अमृत साँझ ५:१७ बजेदेखि ६:४७ बजेसम्म काल बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला । आजको साइत: आज उत्तर बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । राहुकालको समय : बिहानमा ९:०० बजेदेखि १०:३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।