BICITRA KHABAR

BICITRA KHABAR

आजको पञ्चाङ्ग र राशीफल २०७१ साल मंसिर २३ गते मंगलबार


आजको पञ्चाङ्ग आज मिति २०७१ साल मंसिर २३ गते मंगलबार, तदनुसार दिसम्वर ९ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा प्रवेश गरिसकेका छन् । हेमन्त ऋतु चल्दै छ । चान्द्रमान अनुसार पौषकृष्णशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको तृतीय तिथि ३१ घटि ६ पला अर्थात साँझमा ७ बजेर १० मिनेटसम्म त्यसउप्रान्त चतुर्थी तिथि लाग्नेछ । आज सूर्य धनु राशिमा रहेको छ भने चन्द्रमा मिथुन राशिमा ३६ घटि १६ पला अर्थात राति ९ बजेर १४ मिनेटसम्म त्यसउप्रान्त कर्कट राशिमा प्रवेश गर्नेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ४४ मिनेटमा जयदेव मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ०७ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – जोखिम कार्य सफल हुने, यात्रा फलदायी, तार्किक क्षमताको विकास, अध्ययनमा सफलता मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – कार्यमा व्यावधान आम्दानी घट्ने पारिवारिक किचलो, स्वास्थ्यमा धन खर्च गर्नुपर्ने छ समय खराब छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – यशकीर्ति बढ्ने, आफन्तबाट सहयोग, नवीन कार्यमा लगानी, व्यापारबाट पर्याप्त मुनाफा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – समस्यासंग संघर्ष, पेट रोगले पिरोल्ने सम्भावना, व्यापारमा गिरावट, अशुभ समाचार सुन्नुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – स्वास्थ्यका एक्कासी समस्या देखा पर्ने, हतियारबाट कष्ट, विरोधी सक्रिय, नास्तिक विचार पलाउनेछ ।

 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – पुरानो धन प्राप्त हुने, स्वास्थ्यमा क्रमिक सुधार हुनेछ, दिन सामान्य रहनेछ, कडा मेहनत गर्नुहोला ।

 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – दुर्घटनाका भय, आफन्तसँग मनमुटाव, शारीरिक पीडा थपिने समय ख राब छ, सतर्क हुनुहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – यात्रामा अवरोध हुन सक्नेछ, पेट रोगले सताउनेछ, स्त्रीवर्गसँग किचलो हुनेछ, गरेको कार्य अर्थहिन हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – रोजगारीबाट आत्म सन्तुष्टि मिल्नेछ, मित्रसंग भेटघाटको अवसर मिल्न सक्नेछ, सम्मानको अवसर ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – पारिवारिक सहयोग, उत्साह उमंग पलाउने, व्यापारबाट लाभ, वैयक्तिक प्रभाव बढ्नेछ, समय शुभ रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आँखामा खराबी आउन सक्नेछ, पढाई असफल हुन सक्ने, दिनभर नैरास्यता बढ्न, समय खराब छ जोगिनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – मानहानी हुन सक्नेछ, अनावश्यक झन्झट आइलाग्ने, मन परेको खानमा अव रोध हुने, दिन खराब रहनेछ ।

 आजको शुभ, लाभ र अमृत बेला: आज २०७१ साल मंसिर २३ गते मंगलबार बिहान ६:४४ बजेदेखि ८:१४ बजेसम्म रोग बेला, बिहानमा ८:१४ बजेदेखि ९:४४ सम्म उद्वेग बेला, बिहानमा ९:४४ बजेदेखि ११:१४ बजेसम्म चर बेला, बिहानमा ११:१४ बजेदेखि १२:४४ बजेसम्म लाभ बेला, बिहान १२:४४ बजेदेखि दिनमा २:१४ बजेसम्म अमृत बेला, दिनमा २:१४ बजेदेखि ३:४४ बजेसम्म काल दिनमा ३:४४ बजेदेखि ५:१४ बजेसम्म शुभ साँझ ५:१४ बजेदेखि ६:४४ बजेसम्म रोग बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला । आजको साइत: आज पश्चिम र दक्षिण   दिशाको यात्रा गर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । राहुकालको समय : दिनमा ३:०० बजेदेखि ४:३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन । -

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More