जानी राखौ तपाइलाई लिन यमराज कहिले आँउछन् ?
11:37 AM
Unknown
मृत्य यस्तो शब्दको हो जसले सुन्नेमान्छेकोनमा भय र त्रास उत्पन्न गराइदिन्छ। तर मृत्यु एउटा सत्य हो, जसको जन्म हुन्छ उसको मृत्यु पनि हुन्छ। यति जान्दा जान्दै पनि मानिसमा मृत्युको डर हुन्छ, मृत्यु सम्झेर त्राहीमाम हुन्छ मानिस । धेरै मानिसलाई आफू कहिले मरिएला भन्ने चिन्ता हुन्छ। मानिस धेरै बाच्ने र आफ्नो मृत्युको दिन जान्न अनेका तरिका अपनाउँछ। यहाँ विभिन्न हिन्दु धर्म ग्रन्थमा आधारित रहेर मानिसको मृत्यु र मृत्युको मितिको बारमा जानकारी संकलन गरिएको छ। हिन्दु धर्मग्रन्थहरुका अनुसार मर्नु भन्दा पहिले मानिसले विभिन्न संकेतहरु प्राप्त गर्दछ, ती संकेतलाई चिन्न सके मृत्यु आउन लागेको थाहा पाउन सकिन्छ। यहाँ केही मृत्यु अघिका संकेतहर प्रस्तुत गरिएको छ.. -कोही मानिसको शरिर अचानक पहिलो वा सेतो देखिन थाल्यो र त्यसमाथि रातो रंग देखियो भने सम्झनु पर्छ उक्त मानिसको मृत्यु ६ महिना भित्र हुन्छ -कोही मानिसले पानी, तेल र ऐनामा आफ्नो आकृती देख्न छोड्यो भने पनि उक्त मानिस ६ महिना भन्दा बढि बाँच्न सक्दैन् -एकै महिना भित्र मर्ने मानिसले आफ्नै छायाँ पनि छुट्टै देख्दछ भने कसैले आफ्नो छायाँमा टाउको देख्दैनन् -यदि कुनै व्यक्तिले अचानक सवै तिर कालो देख्न थालेपनि सम्झनु पर्दछ,उक्त व्यक्तिको मृत्यु नजिक छ -जब अचानक मानिसको बाँया हात लगातार एक हप्तासम्म फरफर्राउँछ, उक्त व्यक्तिको महिना दिन भित्रै मृत्यु हुन्छ -यदि कुनै मानिसको मुख, जिब्रो, कान, आँखा, नाक पत्थर जस्तो देखिन थालेभने उक्त मानिस ६ महिना भित्र मर्ने संभावना हुन्छ -यदि कोही मानिसले चन्द्र ,सुर्य र आगोबाट उत्पन्न प्रकाश देख्न सकेनन् भने पनि ६ महिना भन्दा बढि बाँच्न सक्दैनन् -कोही मानिसको जिब्रो अचानक फूलेमा पनि उक्त व्यक्ति ६ महिना भन्दा बाच्न सक्दैन -यदि कोही मानिसले ध्रुब तारा देख्न छोडेमा पनि सो ब्यक्तिको ६ महिना भित्र मृत्यु हुन्छ -कोही मानिसले निलो आकाश रातो देख्न थाल्यो र उसलाई वरिपरि काग र गिद्धले घेर्न थालेभने सो व्यक्तिको ६ महिन भित्र मृत्यु हुन्छ
थर्काउँदै भने, ‘तलाई म बार गर्ल जस्तो लाग्यो’
2:27 AM
Unknown
पत्रकारिताले नयाँ कुराको खोजी गर्छ । कलाकारलाई समाचार बन्दैन भनेका कतिपय कुराहरुलाई पनि पत्रकारको आखाले समाचार देख्छ । केही दिन देखि मोडल तथा नायिका नम्रता सापकोटासँग कुरा गर्ने चाहना मनमा पलाएको थियो ।काठमाण्डौको एक क्याफेमा भेट्ने फोन बार्ता पश्चात सिमित प्रश्नलाई दिमागमा सेट गर्दै नम्रतालाई भेट्न लागे । उसो त उनी कुनै चर्चित सेलिब्रेटी भैसकेकी थिइनन् । तर पनि खै किन किन, प्रश्नको जालोले मलाई नम्रता तिरै नै सोझायो ।उनमा खुल्लापन थियो । जे गर्दैछु ठिक गर्दैछु भन्ने मनोविज्ञानले नम्रता फुरुङ्ग थिइन् । तर मेरो प्रश्न उनकै स्वतन्त्रता माथि नै तेर्सियो । के मा व्यस्त ? ‘भिडियो’मा प्रश्न र उत्तर सँगै खसे ।सुन्दरता बचाउन ‘हट लेमन’ पिउने उनको रोजाइले पनि मलाई नम्रताको स्वास्थ्य प्रतिको सजगता वुझ्न गाह्रो भएन । २ वटा सिनेमा खेल्ने वित्तिकै उनमा स्तरिय चलचित्रको धङधङी सवार भएको मैले वुझे ।
किन पछाडि त तपाई, सिनेमा छैन त बजारमा ? मैले नम्रताको स्वतन्त्रताको उमंगमाथि नै प्रहार गर्दै प्रश्न सोझाए । २ वटा सिनेमा खेलेकी नायिका अब स्तरियताको मार्क लगाउँदै थिइन् । संभवत उनको स्तरियता मापन गर्ने भाषा वेग्लै थियो होला ।म्यूजिक भिडियो, मोडलिङ, स्टेज शो नै उनको भाषामा व्यस्तता थियो । ‘अन्य नायिका आफू भन्दा माथि पुग्दा डाहा हुदैन ? प्रश्न यस्तो थियो नम्रताले बहाना पारिन् । ‘डाहा’ भन्ने मेरो शब्दले उनमा झट्का लाग्यो । ‘तपाइले डाहा किन भन्नु भएको ? उनको मित्रतालाई मैले डाहामा परिभाषित गरिदिएपछि संभवत उनले केही सोचिन् होला ।तर पनि उनलाई सिनेमाको पर्दामा आफू जम्न नसकेको महशुश ढिलो भएन । ‘मलाई चाप्लुसी घस्न आएन, अरुको अगाडि झुटो गफ हान्न आएन, सायद यसैले’ नायिका घुमाउरो शैलीमा बोलिन् ।एउटै प्रश्नले नम्रता पनि बोर भइन् कि भन्ने मेरो आफ्नो सोचाई थियो । उनका बारेमा मैले जति वुझे, जे सोध्छु भनेर पुगे, प्रश्नहरु रित्तिए । कहिलेकाही प्रश्न सकिएपछि प्रश्नकर्ता पनि भुलभुलैयामा पर्छ । वेटरले सोही समयमा हट लेमन ल्याइदिएर मलाई ठूलो गुण लगाइदिएका थिए ।
अजय भाइको लेन्सले नम्रतालाई थुप्रै पटक कैद गरिरहदा मलाई उनी सुरुमा ‘टर्मिनल पोइन्ट’ नखोजी हिडिरहेकी यूवती लाग्यो । जसमा वर्तमान छ, भविष्य के भन्ने नै छैन । २ वटा सिनेमा खेल्ने वित्तिकै मैले गरेको अन्र्तवार्ता प्रस्तावलाई उनले विभिन्न कोणबाट विश्लेषण गरिछन् ।प्रश्नहरु हट लेमनको सुर्कीसँगै विकसित भए । तपाई सेलिब्रेटी किन ? म नम्रता सापकोटा हो, सेलिब्रेटी होइन, प्रश्न उत्तर यसरी चल्यो । क्याफेमा आउने मानिसको एकहोरो हेराइले दुबै जनाको एकाग्रता भंग भैरहेको थियो ।नेपालमा सेलिब्रेटी भन्ने कोही छ जस्तो नै लाग्दैन । कुनै ठाउँमा पुग्दा त्यहाँ सेलिब्रेशन भए पो सेलिब्रेटी, नम्रताले आफ्नो वुझाई पोगिन् । तर पनि राजेश हमाल, भूवन केसी, रेखा थापामा उनी सेलिब्रेटी छनक देख्छिन् । ओहो, उनको जवाफको कडाई त बल्ल पो निस्कियो । काठमाण्डौ बाहिर पुगेपछि बल्ल थाहा हुन्छ रे कलाकारलाई आफ्नो भ्यालु र अर्थ ।भिडियो गर्दा हिरोइनको आकर्षण ठूलो पर्दामा सकिन्छ रे हो ? मैले यो प्रश्न सोध्दा नम्रता केही समय हाँसिन् । सायद हाँस्दा उनले जवाफ खोज्न सक्थिन् होला । भिडियो कलाकारलाई दैनिकी चलाउने एउटा राम्रो माध्यम पनि हो । होइन भने, बर्षमा एकाध सिनेमा गरेर को बाच्न सक्छ त । यथार्थता जे थियो, त्यही बोलिन् जस्तो लाग्यो नम्रताले ।
प्रश्न सोध्दा घरीघरी मैले नम्रता श्रेष्ठको नाम लिए । सायद म झुक्किए, नम्रता सापकोटा र श्रेष्ठ विचमा ।
प्रश्न अब फेसबुककलाई माध्यम बनाउँदै उनको ‘लभ लाइफ’ तर्फ मोडियो । तपाइको फेसबुकमा देखिने एक यूवकलाई नम्रताको प्रेमी भन्छन्, खुलस्त बोल्ने मान्छे भन्दै मैले खुलस्त जवाफको अपेक्षा गरिरहेको थिए । सुरुवात देखि नै आफूलाई ‘खुलस्त’ बोल्ने यूवती भनिरहेकी नम्रता यतिबेला भने यही शब्दको जालमा फसेकी थिइन् ।‘म सत्य कुरा बोल्छु, २३ बर्षको यूवतीको प्रेमी छैन भनेर कसले पत्याउँछ ।’ केटाको हात पनि छोएको छैन भन्ने कतिपय नायिकाहरुको जवाफले मलाई तरंगित बनाउछ, नम्रताले प्रेमको पोको खोल्दै भनिन्, ‘एकै टोलमा बस्ने सागर श्रेष्ठ मेरो प्रेमी हुन् । सानैबाट हामी मिल्ने साथी थियौ । उनको केयरिङ र मायाले मलाई आकर्षण गर्यो । विगत ३ बर्षदेखि हामी प्रेमको सागरमा पौडिरहेका छौ’, नम्रताको जवाफले मलाई उनको खुलस्त बोल्ने शैलीमा शंका गर्ने ठाउँ दिएन ।कुकुर क्रेजी यि नायिका आफूलाई सेक्सी भन्दा पनि सुन्दरी भन्न रुचाउँछिन् । फोटोसुटमा धेरै पटक मैले उनको हट अवतार देखेको छु । उनी पनि आफूलाई हट बन्न मन लाग्ने बताउँदै थिइन् । छोटो स्कर्ट, टिसर्टले सेक्सी देखिने सोच उनमा पनि थियो ।
सिनेमा नगरीमा नायिकाहरु उत्तेजक दृश्य दिन माहिर भैरहेको समयमा नम्रताको बटमलाइन मैले वुझ्न खोजे । ‘बटमलाइन’ भन्नाले, ‘तपाइको अन्तिम विन्दु कतिसम्म के’, अर्थाए मैले प्रश्नलाई ।कथाको सिचुएसन र काम गर्ने टिममा भर परेर काम गर्छु । चुम्बन, बेडसिन नराम्रो होइन, तर प्रस्तुतीमा भर पर्छ । नम्रता उत्तरबाट आफूलाई आधुनिक यूवती र आधुनिक समयमा चल्न सक्ने छनक दिदै थिइन् ।समय २ घन्टा भैसकेको थियो । ४ बजे ‘फिटकिरी’ चलचित्रको क्रिकेटरलाई सम्मान कार्यक्रममा पुग्नु थियो । मनमा थुप्रै कुराहरु साँचेर कुरा टुङग्याउन तर्फ लागे म । नम्रताले मेरा अघिल्ला प्रश्नहरुलाई फेरि एक पटक संझिइन् र भनिन्, ‘साच्चै म मिडियाबाट टाढा भागेको रहेछु ।’ तर कतिपय सिनेमा त छोडेर ठिक पनि गरे भन्ने लाग्छ । तपाइलाई थाहा छ, ‘एउटा हट दृश्य दिनुपर्ने सिनेमाबाट अफर आएको थियो । मैले त त्यो सिनेमाका निर्देशकलाई , ‘तलाई के म बारमा काम गर्ने केटी जस्तो लाग्यो भनेर खुबै थर्काए ।’ पछि हामीले एक अर्कासँग माफी पनि माग्यौ ।’
स्टेज, म्यूजिक भिडियो र मोडलिङले दर्शकको नजरमा पर्न गाह्रो हुन्छ भन्ने नम्रताले वुझिन् । उनको मनोभाव परिवर्तन भएको वुझे मैले । उनमा सिनेमा नगरीमा नै काम गर्ने जोश अझै छ । सिनेमा गर्नुपर्छ भन्ने भाव विकास भयो । तर पनि उनमा नायिका हैन, नम्रता सापकोटा नै बन्ने सोच छ । भविष्यको योजनालाई अन्तरकुन्तरमा थन्काएकी छिन् उनले ।सँगै सिनेमा खेल्ने नायिकाहरु भटाभट काम पाइरहदा नम्रता ओझेलमा छिन् । उनको नजरमा यो स्वतन्त्रता हो, तर मिडिया र दर्शक यसलाई असफलताको परिभाषाले वुनिदिन्छ ।सायद, नम्रता सिनेमा गर्नुपर्छ भन्ने सोचाई बोक्दै बाहिर निस्किइन् होला, म उनको वुझाइलाई कुन भाषामा बुन्दै समाचार कोरु भन्ने भावमा अगाडि बढे ।
खाद्द गुड भित्र सर्पको टाउको भेट्टीयो
12:46 AM
Unknown
मकर धामी, चैत-१६, डडेल्धुरा ।खाद्य वस्तुमा मिसावट हुनु कुनै नौलो कुरा होईन यो हरेक कम्पनिले गर्दै आएका छन् । गुड भित्र अखाद्य बस्तु सर्पको टाउको भेट्टीएको छ भन्दा कसैलाई पत्यार नलाग्ला किनभने गुडमा चिनिको मिसावट त स्वभाविकै हो तर सर्प भेट्टीनु भनेको अतिनै मानिन्छ ।तर मणीलेक गाविस ४ को विकासपुर जुगाडामा नर ब बोहराले खानको लागी एक महिना अघि डडेल्धुरा बजार बाट किनेर लगेको करिव २ किलो गुडमा हिजो मात्र सकिनै लाग्दा सर्पको टाउको भेट्टीयको छ । गुड खायपछि विरामी हुने बान्ता हुने समस्या देखियको थियो । नर ब बोहराको १२ बर्षिया छोरी चेतु बोहराले गुड खायपछि वान्ता गरे पछि हेर्दा सर्पको आधा टाउको भेट्टीयको हो । कम्पनिको लापरबाहिले गुडमा अखाद्य बस्तु भेट्टीयको कालाढुङगा बालक्लव का अध्यक्ष भान बोहरो जानकारी दिनु भएको छ । मिसावटमा अरु वस्तु भेट्टीनु स्वभाविकै भयपनि सर्पको टाउको भेट्टीनु भनेको अलि खतरा हो । सकिनै ाग्दा थाहा पायपनि ज्यान जोगीयको अध्यक्ष बोहराको भनाई रहेको छ ।
गायिका मञ्जु महतको परिवारले शव बुझेनन्
12:09 AM
Unknown
काठमाडौं, १६ चैत । चर्चित लोक गायिका मञ्जु महतको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै गोंगबु चोकमा धर्ना दिएका कलाकारहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष शिव हमालसहितका १२ जना कलाकारलाई प्रहरीले आज पक्राउ गरेको हो । सो क्षेत्र अहिले तनावग्रस्त भई यातायात सञ्चालनमा असुविधा भएको छ ।महानगरीय प्रहरी प्रभाग महाराजगन्जले उनीहरुलाई पक्राउ गरी लगेको गीतकार सुमन बैरागीले जानकारी दिनुभयो । गएको बिहीबार दिउँसो ठमेलस्थित गल्कोपाखामा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भई उपचार गराइ रहनुभएकी लोकगायिका महतको हिजो साँझ निधन भएको थियो ।रत्नपार्कदेखि गोंगबु क्षेत्रमा सञ्चालन हुने माइक्रो गाडीले ठक्कर दिँदा सो दुर्घटना भएको थियो । आज सो क्षेत्रमा माइक्रो सेवा बन्द भएको छ । महतको परिवारले दुर्घटनाको छानबिन पश्चातमात्र शव बुझ्ने बताएको गीतकार बैरागीले जानकारी दिनुभयो ।
लोकगायिका मञ्जु महतको निधन
5:30 AM
Unknown
काठमाडौं, चैत्र १५ - लोक गायिका मञ्जु महतको शनिबार निधन भएको छ ।बिहीबार उनी सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । गीत रेकर्डिङका सिलसिलामा जमलस्थित मालश्री स्टुडियोमा आउँदै गर्दा उनी सवार स्कुटर गल्कोपाखामा दुर्घटनामा परेको थियो । घटनाका प्रत्यक्षदर्शी मदन चालिसेका अनुसार उनको स्कुटर दुई माइक्रोबसको चेपुवामा परेपछि गम्भिर घाइते भएकी थिइन् ।
ग्रान्डीकै सघनकक्षमा उपचार हुँदै गर्दा मन्जुको निधन भएको हो । मन्जुकै सहकर्मी समेत रहेका गायक सूर्य रेग्मीले चार बजे तीर अस्पतालले उनलाई मृत घोषणा गरेको ईकान्तिपुरलाई बताए । मन्जुका पति र डेढ वर्षकी छोरी छन् । मन्जुलाई पशुपति शर्मासँग गाएको युगल गीत 'सोह्र दुना आठ' ले लोकगीतमा उचाई दिएको थियो ।कास्की भरतपोखरी गाविसकी मन्जुले किङफिसर दोहोरी गायन प्रतियोगितामा प्रथम भएपछि काठमाण्डुमा जमेकी थिइन् । त्यसपछि उनी काठमाडौं दोहोरी साँझ, धरहरा दोहोरी साँझ र गामबेशी दोहोरी साँझमा आबद्ध रहीन् । पछिल्लो समय विदेश तथा स्वदेशका कन्सर्ट तथा सांस्कृतिक कार्यक्रममा व्यस्त भइरहेकी मन्जुका 'नभन है कसैलाई भन्न हुँदैन', 'हिरामोती झैं' लगायत एल्बम बजारमा आइसकेका छन् ।
डाक्टरले नमानेपछि बिरामीले घरमै बञ्चरोले काटे हात
11:47 PM
Unknown
मोटसाइलक दुर्घटनामा परेर घाइते भएको हातले १६ बर्षदेखि दुःख दिइरहेको थियो बेलायतका ४४ बर्षिय मार्क गोडर्डलाई । बायाँ हातमा लागेका घाउ १६ बर्षसम्म निको बनाउन नकसेपछि उनी बिरक्त थिए । हात काटन उनले डाक्टरलाई आग्रह पनि गरेका थिए, तर डाक्टरले काट्नु नपर्ने भन्दै अस्वीकार गरिदिए । तर, उनले आफ्नो पीडालाई यसै बिर्सनेवाला थिएनन् । त्यसका लागि उनले घरेलु उपाय अपनाए । उनले घरमै इलेक्ट्रीक बञ्चरो बनाए र आफ्नो बायाँ हातलाई त्यहाँ राखेर काटिदिए । घरमा कोही नभएका बेला उनले यस्तो हर्कत गरेका थिए । १० मिनेटपछि आएकी श्रीमती आत्तिदै आकस्किम नम्बरमा फोन गरेर सहायता मागिन् । तर, प्रहरी र चिकित्सकको टोली आइपुग्दासम्म उनको काटिएको हात मरिसकेको थियो । तर, मार्कले यसका लागि पुरै तयारी गरेका थिए । उनले हात काटदा नदुखोस् भनेर ४४ वटा पेन किलर खाएका थिए । ‘पीडा अन्त्य गर्न यो चरम अवस्थामा जानु पर्ने थिएन । विकल्पहरु थिए । तर, अस्पतालमा कसैले मलाई सहयोग गरेनन् ।’ उनले गुनासो गरे । डाक्टरसित आक्रोशित मार्कले उनीहरुलाई देखाउनकै लागि भएपनि आफैले अप्रेसन गरेको बताए । ‘उनीहरुले मेरो हात अप्रेसन गर्न सकिन्न भने, तर मैले घरमै अप्रेसन गरेर त्यो पिडाबाट मुक्ति पाएँ ।’ उनले भने । यो घटनामा उनले दुई पिन्ट रगत गुमाएका छन् ।
१० महिने छोराको पेटमा बच्चा भेटियो
9:56 PM
Unknown
काठमाडौं : दस महिने शिशुको पेटमा अर्को शिशु देखिएपछि कान्ति बाल अस्पतालका चिकित्सकले शल्यक्रिया गरेर निकालेका छन्।सर्लाही ललेमपुरका बैजु मण्डलकी पत्नी रन्जिताकुमारीको कोखबाट जन्मिएका ऋतिकराज मण्डलको पेट फुलेपछि भिडियो एक्सरे गर्दा अर्को शिशु देखिएको थियो।चिकित्सकका अनुसार यो घटना नेपालमा पहिलोपटक भएको हो।
अस्पतालका वरिष्ठ चिकित्सक तथा बालरोग विशेषज्ञ डा. आरपी चौधरीले दस महिने शिशुको पेटमा शिशु देखेपछि अचम्म लागेको बताए। उनले नै शल्यक्रिया गरेर शिशु निकालेका थिए। उनका अनुसार संसारका पाँच लाख शिशुमध्ये एकमा यस्तो हुन्छ।पाठेघरमा जुम्ल्याहा शिशुका लागि गएको स्पम (डिम्ब र शुक्रकिटको समष्टिगत रूप) एउटैमा केन्द्रित भएपछि शिशुको पेटमै अर्को शिशु विकास भएको उनले बताए।
छोराले लगातार बान्ता गर्न थालेपछि बैजु दम्पतीले उपचारका लागि काठमाडौं ल्याएका थिए। अस्पतालका चिकित्सकले सुरुमा ट्युमरको आशंका गरेका थिए।‘एक्सरे गरेर हेर्दा शिशुको पेटको माथिल्लो भागमा ट्युमर देखियो, शल्यक्रिया गर्दा त ट्युमरभित्र अर्को शिशु भेटियो’, चौधरीले भने। ट्युमरले आन्द्राको भागसमेत ओगट्दै गएको थियो। ऋतिकको पेटभित्र रहेको मृत शिशुको तौल तीन सय ग्राम थियो।
साढे दुई घन्टा लगाएर गरिएको शल्यक्रियाबाट ऋतिकको पेटभित्र हात, खुट्टा, टाउको र सुँढजस्तो आकारको अर्को मानवाकृति चिकित्सकले निकालेका थिए।चौधरीका अनुसार सुरुमा रन्जिताले ऋतिकलाई जन्माउँदा पाठेघरको अल्ट्रासाउन्ड गरेको भए यस्तो फेला पर्थ्यो र समयमै उपचारपछि समस्या बल्झिँदैन थियो। रन्जिताको गर्भमा जुम्ल्याहा शिशुको स्पम गएपछि एउटा विकास भएको तर अर्को स्पम विकास भएकै शिशुको पेटमा छिरेपछि यस्तो भएको चौधरीले बताए।अस्पतालका अनुसार ऋतिकको स्वास्थ्य अहिले सामान्य छ। बेरोजगार बैजु दम्पतीले जीवनमा सोच्दैनसोचेको घटना भएको बताए।
‘जन्मेको तीन महिनादेखि छोराको पेट एकाएक बढ्न थाल्यो, रुनकराउन थालेपछि भारतको सीतामडीस्थित अस्पतालमा पुर्यायौं, कलेजोमा ट्युमर बढेको छ, शल्यक्रिया गर्नुपर्छ भनेपछि डराएर नेपाल फर्कियौं। मलंगवा अस्पतालमा जचाउँदा काठमाडौं लैजानुस्, यहाँबाट हुँदैन भने। कान्तिमा ल्याउँदा पो थाहा भयो छोराको पेटमा त बच्चा पो रहेछ’, बैजुले भने।वरिष्ठ बालरोग विशेषज्ञ तथा स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक गोविन्द ओझाले आमाको गर्भमा दुईवटा स्पम (शुक्रकीट र डिम्बको मिलन) प्रवेश भएपछि जुम्ल्याहा शिशु हुनुपर्नेमा एउटै शिशुमा अर्को स्पम गएर मिसिँदा यस्तो हुने बताए। ‘यो विरलै हुने घटना हो’, उनले भने।बैजु दम्पतीले आफूहरूसँग भएको पैसा सकिन लागिसककाले सहयोगको याचना समेत गरे।‘१६ दिन भयो अस्पतालमा बसेको, ६० हजार रुपैयाँ सकियो। अब कसरी खर्च जुटाउने? कतैबाट सहयोग मिले पनि हुन्थ्यो’, बैजुले भने।
गीतमा खेलकुदको धुन, नेपाली संगीतमा पहिलो प्रयोग (भिडियोसहित)
9:33 PM
Unknown
काठमाडौं, चैत्र १५ । नेपाली गीत संगीतमा खेलकुदल उतिसारो प्राथमिकता पाउदैन् । ‘फेस’ एल्बम लिएर प्रवेश गरेका गायक तथा संगीतकार विवश पौडेलले भने पहिलो प्राथमिकता नै खेलकुदलाई दिएका छन् । उनको पहिलो एल्बममा नै खेल र खेलाडीहरुलाई प्रोत्साहन गर्दै एक गीत र म्युजिक भिडियो सार्वजानिक गरेका छन् । यो नेपाली सांगितिक क्षेत्रमा नौलो प्रयोग हुन पुगेको छ ।सम्भवत: विश्वमा नै पहिलो पटक उनले खेलकुदका विभिन्न सामाग्री र ति सामाग्रीहरुबाट निस्कने आवाजको संयोजन गरी एक खेलप्रेमी अथवा खेलाडीहरुको प्रोत्साहन र उत्साहको लागी उर्जाशील गीत सार्वजानिक गरेका हुन् ।फुटवल, क्रिकेट ब्याड ,बल ,टिटी बल लगायतका सामाग्रीहरुबाट उनले यस गीतको संगीत संयोजन गरेका छन । उनले मुखबाटै विभिन्न किसिमका गितार लगाएतका बाजाहरुको धुन निकालेका छन् । ‘सायद यो त विश्वमा नै पहिलो हुन सक्छ स्पोर्टसको सामाग्रीबाट पुरै म्युजिक एरेन्ज गरेको छु’ उनले भने । यो गीत सार्वजनिक संगै धेरैले अश्चार्य ब्यक्त गरेको पनि उनले सुनाए ।गायक पौडेलका अनुसार पहिलो पटक विश्वकप खेलिरहेका क्रिकेट खेलाडी लगाएत सम्पूर्ण खेल जगतलाई उत्साह र प्रोत्साहनको लागी आफुले धेरै मिहेनतका साथ यो गीत तैयार पारेको उनी बताउछन् ।यस अघि उनले सम्पूर्ण सांगीतिक बाजाहरुको धुन टोन मुख बाटै निकालेर अथवा संगीत संयोजन नै मुख बाट गरेर तिमी नै ‘होउ’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक गरेका थिए । यस गीत बाट पनि उनले राम्रै चर्चा परिचर्चा पाएको थियो ।राम्रा साउण्ड इन्जिनियर समेत रहेका उनी मिडियामा खासै देखिदैनन् । उनको गीत ‘खेल्छ गोर्खाली अब खेल्छ नेपाली’ ले भने नेपाली संचार क्षेत्र तथा संगीत जगतमा राम्रौ चर्चा पाउने सम्भावना देखिन्छ ।
राहदानीका लागि लाइन बस्ने बाध्यताको अन्त्य सबैले एक पटक पढ्नुहोला
2:00 AM
Unknown
१४ चैत, काठमाडौं । सरकारले राहदानी वितरण प्रणालीलाई अझ व्यवस्थित, सहज एवम् सेवाग्राहीमैत्री बनाउन आवश्यक प्रक्रिया अघि बढाएको छ । यो प्रक्रियासँगै सेवाग्राही लाइन बस्नुनपर्ने भएको छ । बिना झन्झट सेवाग्राहीलाई राहदानी वितरण गर्न सरकारले आगामी वैशाख २ गतेदेखि थप तीनवटा आवेदन फाराम सङ्कलन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले हालै राहदानी विभागको स्थलगत निरीक्षण गरी राहदानी उत्पादनको अवस्था, कर्मचारीका समस्या र सेवाग्राहीले झेल्नुपरेका असुविधाबारे जानकारी लिएपछि विद्यमान छवटा काउन्टर फाराम सङ्कलन काउन्टरलाई बढाएर नौवटामा पुर्याउने निर्णय गरेको बताए । फाराम बुझाउन लाइनमा नबसी एक घण्टा कुर्नुपर्ने अहिलेको अवस्थालाई ३० मिनेटमा झार्न र त्यसलाई विस्तारै १५ मिनेटमा सीमित गर्नेतर्फ आफूलाई केन्दि्रत गर्न विभागका कर्मचारीलाई निर्देशन दिएको उल्लेख गर्दैै मन्त्री पाण्डेले राहदानीको पीडा हटाउन आफू गम्भीर भएर लागेको बताए । राहदानी लिने सर्वसाधारणको भीड राहदानी विभागमा सधैँ लागिरहने र सेवाग्राहीले सास्ती खेप्नुपरेको सन्दर्भमा राससको जिज्ञासामा मन्त्री पाण्डेले उक्त कुरा बताए । कम्प्युटर इन्जिनियरलगायत जनशक्तिको व्यवस्थापन, उनीहरूको सेवासुविधा बढाउने र अतिरिक्त भत्ता उपलब्ध गराउन सरकार सकारात्मक रहेको बताउँदै उहाँले कर्मचारीलाई कामअनुसार सुविधा दिने स्पष्ट पारे । कम्प्युटर इन्जिनियर र अन्य प्राविधिक कर्मचारीले बिहान ७ देखि राति ७ बजेसम्म काम गरिरहेका तर अतिरिक्त समय काम गरेको भत्ता नपाएकाले त्यसप्रति सरकार सकारात्मक रहेको उनको भनाइ छ । राहदानी विभागमा त्यसरी खटिरहेका सबै करार सेवाका कर्मचारी हुन् । तयार भइसकेका राहदानी वितरण विभागलाई चुनौती बनेको छ । विशेषगरी जिल्लामा राहदानी पुर्याउन कठिन भएको स्वीकार गर्दै मन्त्री पाण्डेले भने-”त्यसको उचित विकल्प खोज्दै छौँ, जसरी भए पनि राहदानी लिन चाहने जनताले सुविधा पाउन्, सेवा प्रवाहलाई प्रभावकारी तुल्याउँछौँ ।” राहदानी लिन चाहने सेवाग्राहीको सुविधालाई दृष्टिगत गर्दै विभागले बिहान ७ देखि १२ः३० बजेसम्म छवटै आवेदन केन्द्र खुला गर्दै आएको र कोही पनि लाइनमा बस्नुपर्ने अवस्था नरहेको विभागका महानिर्देशक रमेशप्रसाद खनालले राससलाई बताए । द्रुतसेवा प्रणालीअन्तर्गत राहदानी लिन चाहनेले इन्टरनेटबाट विभागमा सम्पर्क स्थापना गर्नसक्ने भएकाले विभागमा घण्टौँ कुर्नु नपर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै उहाँले सेवाग्राहीले दुःख नपाउन भन्ने उद्देश्यले सेवा प्रवाहलाई अझ व्यवस्थित बनाउँदै लगिएको बताए । आवेदन फाराम सङ्कलन र वितरणको समय घटाउँदै एक महिनाभित्र सेवाग्राहीका हातमा राहदानी पार्न अहोरात्र विभागका कर्मचारी खटिएका उल्लेख गर्दै उहाँले दुर्गम भेगका बासिन्दाले तीन महिना प्रतीक्षा गर्नुपर्ने अहिलेको अवस्थालाई अन्त्य गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए । समयमै फाराम सङ्कलन भए १६ देखि २० दिनभित्र राहदानी बनाउन सकिने बताउँदै महानिर्देशक खनालले जिल्लाबाट फाराम आइपुग्न एक महिना र तयार भएका राहदानी सम्बन्धित जिल्लामा पुर्याउन अर्को एक महिना लाग्ने गरेको उल्लेख गरे । जिल्लामा प्रशासनिक प्रक्रिया पूरा भई सेवाग्राहीको हातमा राहदानी पर्न झन्डै तीन महिना लाग्छ । देशभरका ७५ जिल्ला प्रशासन कार्यालयबाट विभागमा फाराम आउने गर्छन् । द्रुत सेवा चाहने सेवाग्राही सोझै विभागमा आउने गरेका छन् । यसले गर्दा विभागका भीडभाड बढेको हो । जिल्लामा राहदानीको सहज वितरण व्यवस्था मिलाउन विभागले हुलाक सेवा विभाग र निजी क्षेत्रका अन्य सेवा प्रदायक कम्पनीहरूसँग छलफल गरिरहेको छ । चाँडै निष्कर्षमा पुगिने उल्लेख गर्दै उहाँले त्यस निम्ति परराष्ट्र मन्त्रालय सकारात्मक रहेको बताए । हालसम्म विभागले झन्डै १८ लाख यन्त्रले पढ्ने राहदानी (एमआरपी) वितरण गरिसकेको र त्यसबाट रु छ अर्ब ९९ करोड १५ लाख ९३ हजार ३२० राजस्व सङ्कलन भएको जानकारी पनि महानिर्देशक खनालले दिए । चार वर्षअघि देखि विभागले एमआरपी जारी गर्न थालेको हो । राहदानी जारी गर्दा राजस्वस्वरुप सङ्कलन भएको उक्त रकम विभागको मात्र हो । विदेशस्थित नेपाली नियोग र जिल्ला प्रशासन कार्यालयबाट जारी भएका राहदानीको रकम ती निकायबाटै राज्यकोषमा दाखिला हुने गरेको छ । चार वर्षको अवधिमा विभागले तीन लाख ३१ हजारभन्दा बढी राहदानी नवीकरण, हराएका ६९ हजार ६७४ र हस्तलिखित तीन लाख २६ हजार ८४५ राहदानी प्रतिस्थापन गरिसकेको छ । नियमित प्रक्रियाबाट राहदानी लिन चाहने सेवाग्राहीले रु पाँच हजार दस्तुर बुझाउनुपर्छ भने द्रुतसेवा उपयोग गर्नेेले रु १० हजार तिर्नुपर्छ । द्रुतसेवा उपयोग गर्ने सेवाग्राहीलाई सात दिनपछि विभागले राहदानी उपलब्ध गराउँदै आएको छ । सन् २०१५ को अक्टोबर २४ सम्ममा विश्वभरमा एमआरपी लागू गरी सक्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको नियमअनुसार एमआरपी नेपालमा पनि लिनेहरूको घुइँचो बढेको हो । साथै वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढेकाले पनि राहदानी लिनेको लर्को लाग्ने गरेको छ । यसैबीच विभागले गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ कर्मचारीहरूको रोहवरमा तीन लाख १५ हजार हस्तलिखित राहदानी जलाएर नष्ट गरेको छ । सुरक्षाका दृष्टिले संवेदनशील भएकाले सरकारी निर्णयअनुसार ती राहदानी नष्ट गरिएको महानिर्देशक खनालको कथन छ ।
नेपाल वायुसेवा निगमले गर्भवती परिचारिका किन उडाउँदै छन् ?
12:22 PM
Unknown
काठमाडौं – एकपछि अर्को विवादमा मुछिँदै आइरहेको नेपालको एक मात्र ध्वजावाहक नेपाल वायुसेवा निगमले विमान परिचारिकाको अभाव भन्दै आफ्ना गर्भवती विमान परिचारिकालाई समेत विमानमा उड्न बाध्य पार्दै आएको रहस्योद्घाटन भएको छ। निगमद्वारा विमानमा महिला परिचारिका नभएको भन्दै गत फागुन १६ गते काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुरमा उडेको आरए ४१५ नम्बरको विमानमा उडेर काम गर्न गर्भवती परिचारिका अञ्जु तण्डुकारलाई बाध्य पारिएको निगमको उच्च स्रोतले जानकारी गराएको छ। कुनै विमान परिचारिका गर्भवती भएको अवस्था छ भने चिकित्सकीय भाषामा उनी विमानमा उड्न अयोग्य ठहरिन्छिन्।अन्तर्राष्ट्रिय वायुसेवा तथा बीमा कम्पनीको नियमानुसार गर्भवती परिचारिकालाई विमानमा उडाउन निषेध गरिएको छ। त्यसैले गर्भवती भएको जानकारी हुँदाहुँदै पनि परिचारिका तण्डुकारलाई विमानमा उडाउन बाध्य पार्ने अकूत सम्पत्ति कमाएको आरोपमा अख्तियारको छानविनमा परेका अप्रेसन डाइरेक्टर क्याप्टेन कृष्णविक्रम पौडेलप्रति सो विमानका चालकद्वय क्याप्टेन प्रदीप राजभण्डारी र कोपाइलट श्यामकृष्ण धेवाजुले आपत्ति जनाएका थिए।
निगम स्रोतका अनुसार परिचारिका तण्डुकारले धेरै पहिले नै आफू गर्भवती रहेको प्रामाणिक कागजसहित निगममा निवेदन गरिसकेकी थिइन्। बीमासम्बन्धी अन्तर्राष्ट्रिय नियमअनुसार गर्भवती परिचारिकालाई विमानमा चढाएर कार्य गराउँदा कथंकदाचित विमान दुर्घटना भई उनको मृत्यु भएमा त्यस्ता परिचारिकाले बीमाबापत पाउने रकम गुमाउनुपर्ने हुन्छ।अझ स्पष्ट रूपमा भन्दा गर्भवती विमान परिचारिका विमानभित्रै कार्यरत रहँदा मृत्यु भएमा उनका आफन्तले बीमाबापत एक पैसा पनि पाउँदैनन्। यस्तो संवेदनशील कुरामा समेत हेलचेक्र्याइँ गरी महिला विमान परिचारिकाको अभाव भन्दै गर्भवती विमान परिचारिकालाई निगमले विमानमा उडाउन बाध्य बनाउनु निगमको लाचारीपन हो।पाइलट र विमान परिचारिकाहरुमा असन्तुष्टिगत फागुन ४ गते दुर्घटनामा परेको निगमको नाइन एन–एबीबीको ट्वीनअटर विमानकी मृतक परिचारिका मुना महर्जन पनि गर्भवती अवस्थामै विमानमा उडाइएको चर्चा छ। मृतक महर्जनले दुर्घटना हुनु केही दिनअघि आफ्ना नजिकका साथीहरूसँग आफ्नो गर्भको बारेमा चर्चा गर्ने गरेकी बताइएको छ। केही महिला परिचारिकाले भने पैसाको लोभमा परेर आफ्नो गर्भको कुरा मिलेसम्म लुकाउने गरेको पनि पाइन्छ। यही कारण पनि अहिले उनीहरूमाथि नै दबाब आइलागेको स्रोतको दाबी छ।
यस विषयमा यथार्थ कुरा बुझ्न गर्भवती भनिएकी परिचारिका अञ्जु तण्डुकारले आफू गर्भवती भएको स्वीकार गर्दै सोही कारणले एक महिनादेखि बिदामा बसिरहेको बताइन्। फागुन १६ गते आफूलाई विमानमा उड्न बाध्य पारिएकोबारे भने उनले प्रतिक्रिया दिन रुचाइनन्। यस सम्बन्धमा सत्यतथ्य बुझ्न अप्रेसन डाइरेक्टर केबी पौडेलको मोबाइलमा नेपाल समाचारपत्रले धेरैपटक सम्पर्क राख्ने कोसिस गरे पनि उनले मोबाइल नउठाइदिएपछि प्रयास सफल हुन सकेन। सम्पर्क गर्न खोज्दा पौडेल काठमाडौंमै भए पनि त्यसपछि तुरुन्तै फ्रान्सतर्फ उडेको निगम स्रोतले जनाएको छ।यही विषयमा पाइलट र विमान परिचारिकाहरूले विद्रोह गर्ने अवस्था सिर्जना भएकाले हाल परिचारिका तण्डुकारलाई बिदामा बस्न भनिएको जानकारीमा आएको छ।
Chaitra_Cover_2070तत्कालीन शाही नेपाल वायुसेवा निगमको विसं २०४८ अघिको कर्मचारी नियमावलीमा परिचारिका हुन अविवाहित नै हुनुपर्ने र ६–६ महिनाको करारमा जागिर अवधिभर विवाह नगर्ने प्रतिबद्धतासहित हस्ताक्षर गरिसकेपछि मात्र औपचारिक रूपमा विमान परिचारिका हुन योग्य हुने नियम थियो।तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको कार्यकालमा आफू निकट नेताकी श्रीमती शान्ता बास्कोटालाई स्थायी गर्न नियम नै परिर्वतन गरिएको थियो।सो नियममा ३० वर्षको उमेरपछि अवकाश हुने भनिए पनि पछि लिंगभेदका कुरा उठाउँदै त्यसलाई संशोधन गरी ५० वर्षपछि मात्र महिला परिचारिकाको सेवा अवधि सकिने बनाइएको थियो। जागिर खाएको ३ वर्षपछि परिचारिकाले विवाह गर्न पाइने नियमसमेत बनाइएको थियो।
भोक मेट्न मेकअप खाने युवती
8:14 AM
Unknown
चकलेट खाने आदत हुनु त स्वभाविकै हो । तर, ओहायोकी बि्रटनाको आदत भने फरक छ । उनी चकलेट होइन, मेकअप खान्छिन् ।२२ वर्षकी ब्रिटना दिनमा १५/२० पटक मेकअप खान्छिन् । ‘म मेकअप नखाइ बाँच्न सक्दिन’ उनले भनेकी छन्-’तपाईले मन पर्ने क्यान्डीबार खाए जस्तै हो ।’उनी ५ वर्षको हुँदा यो अनौठो कुलतमा फसेकी हुन् । पहिलो पटक आमाको मेकअप खाएर यो अनौठो आदतको श्रीगणेश गरेकी थिइन् ।मेकअपको टेष्ट ब्राण्ड र कलरका आधारमा फरक हुने उनले सुनाइन् । उनी सामान्यतया धातु रंगको मेकअप खान्छिन् । उनी भन्छिन्-’मेरो मन पर्ने रंग खैरो, सेतो र हल्का खैरो । लाइट कलरहरु डार्कभन्दा निकै स्वादिलो हुन्छन ।’ सुरु-सुरुमा परिवारका अन्य सदस्यले थाहा नपाउन् भनेर उनले आफ्नो घरको विभिन्न स्थानमा मेकअप लुकाएर राख्थिन ।‘मेरो कपाल लामो छ । त्यसैले म यसलाई मेकअप ल्याउने क्रममा लुकाउने ठाउँ बनाउँछु ।’ उनले चलाखी गर्ने तरिका सुनाइन् । उनले सातामा झण्डै २ सय डलरको मेकअप मात्र खान्छिन् ।
ट्रकले किच्दाकिच्दै जन्मिएको बच्चा सुरक्षित, आमाबाबु मृत्यु
11:25 PM
Unknown
यो तस्वीर ती चमत्कारिक बच्चाको हो, जसको गर्भवती आमालाई भयानक सडक दुर्घटनामा ट्रकले किचेकेको थियो । त्यस समय आमाको गर्भबाट निस्किएको यो बच्चा केही मिटर पर पुगेर बजारियो । तर, सुरक्षित रह्यो ।घटना चीनको फुजियान प्रान्तको जियामैन शहरमा भएको हो । ४२ वर्षका माओ गर्भवती पत्नी वाङ झाउलाई सुत्केरी गराउन मोटरसाइकलमा अस्पताल लैजाँदै थिए । पत्नीलाई व्यथाले चापेपछि माओले एम्बुलेन्स कुर्नुभन्दा मोटरसाइकलमै कुदाएर अस्पताल पु¥याउन सही ठाने ।तर, बाटोमा एक ट्रकले उनको मोटरसाइकललाई ठक्कर दियो र वाङ झाउलाई ट्रकले किच्यो । घटनाका क्रममा उनको पेटबाट उछिट्टएको बच्चा झण्डै तीन मिटरपरसम्म पुग्यो । तर, बच्चालाई निधारमा समान्य चोट लाग्नु बाहेक केही भएन । बच्चाको तौल ९.२ पाउण्ड छ ।दुर्घटनामा बाबुआमा गुमाएका बच्चाको नाम जियाओ झाओ राखिएको छ । प्रत्यक्षदर्शीहरुले बताए अनुसार ट्रकले कुल्चिएकै बेला वाङ झाउले बच्चालाई जन्म दिएकी थिइन्
आत्मघाती ढुकुटीमा फस्ने यी अभागी कलाकारहरु
11:22 PM
Unknown
’शितल दिने पीपल समी छ,अरु मलाई पुगेकै छ सानु तिमी छैनौतिम्रै कमी छ’
लोक दोहोरीका स्रोताले सुनेको हुनुपर्छ यो गीत । लोक गायक याम क्षेत्रीलाई यही गीतले चर्चित बनायो । तर, उनले आफ्नो छविलाई जोगाउन सकेनन् । एकातिर सीआरबीटी चोरी केसको लफडा आइपर्यो भने अर्कातिर ‘लेनदेन’ को । सीआरबीटी केसमा यही मंगलबारमात्रै जिल्ला अदालतबाट सफाइ पाएपनि उने भन्ने गरेको लेनदेन र सबैले भन्ने गरेको ढुकुटी ले उनको पिछा तत्काल छाड्ने अवस्था छैन् । किनभने, ढुकुटीमा उनी आफूमात्रै डुवेका छैनन्, उनले थुप्रै आफ्ना सहकर्मीलाई पनि डुवाएको बताइएको छ ।केही समय गुमनामजस्तै बसेका याम यतिबेला फेरि संगीत क्षेत्रमा सक्रिय त भएका छन्, तर पहिलाको जस्तो खुलेर आउन सकेका छैनन् । उनीसँग लेनदेन जोडिएकाले उनले लुकेरै गीत रेकर्ड गर्दै आएको बताइएको छ । तर, याम भन्छन् ‘ढुकुटी खेलेर होइन, केही साथीहरुसँग लेनदेन छ । स्टुडियोले दिने रेकर्ड टाइम रात वा दिनमा पर्न सक्छ ।’
उनीसँग लेनदेन कारोबारमा जोडिनेमा हाल अमेरिका रहेकी गायिका निशा सुनार, चर्चित गीतकार शिव हमाल, बसन्त थापा, चर्चित दोहोरी गायक रामजी खाँडलगायत छन् । ढुकुटी खेलेको नस्विकारे पनि आफ्नो २२ लाख रुपैयाँ जति लेनदेनमा डुवेको शिव हमाल बताउँछन् । त्यसैगरी रामजीको १५ लाख र बसन्तको पनि त्यही हाराहारीमा डुबेको बिहीबार प्रकाशित शुक्रबार साप्ताहिकमा खबर छ ।‘फूल राम्रो गुफाबको’ जस्तो चर्चित गीतका सर्जक कर्ण चापागाईंको जीवन ढुकुटीकै कारण उनले नै लेखेको अर्को गीत ‘मेरो त जिन्दगी रुँदै रुँदै गयो’ जस्तै भएको बताइन्छ । हाल सम्पर्कबिहीन रहेका उनका कारण पनि लोकदोहोरी क्षेत्रका ढुकुटी खेल्नेहरु सबैका ढुकुटी रिक्तिएका छन् ।किनभने, ढुकुटी कारोबार गरेका धेरैले आफनो पैसा उनले डुवाइदिएका छन् । देशबाहिर रहेका उनी तत्काल नेपाल फर्किने सम्भावना न्यून छ । आधुनिक गीत, लोकगीत लेखेर र म्युजिक भिडियोमा अभिनय गरेर उनले निकै नामदाम कमाए पनि ढुकुटी खेल्न थालेपछि गुमनाम हुन पुगेको हो ।
झापा र मोरङबाट ८० हजार भुटानी शरणार्थी तेस्रो मुलुक
4:46 AM
Unknown
काठमाडौं, १२ चैत । झापा र मोरङ जिल्लाका विभिन्न शिविरमा रहेका एकलाख आठ हजार भुटानी शरणार्थीमध्ये ८८ हजारलाई तेस्रो मुलुकमा पुनः स्थापना गरिएको छ । झण्डै अढाइ दशकदेखि शिविरमा कष्टकर जीवन बिताइरहेका भुटानी शरणार्थीलाई अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) मार्फत अन्तर्राष्ट्रिय समुदायको सहयोगमा तेस्रो मुलुकमा पुनः स्थापना गरिएको हो ।आइओएमले पुनःस्थापना कार्यक्रमअन्तर्गत विगत सात वर्षदेखि शरणार्थीलाई तेस्रो मुलुकमा पठाउँदै आएको छ । सबैभन्दा धेरै शरणार्थी लिने मुलुक अमेरिका हो । ८५ हजार छ सय ५१ जना भुटानी शरणार्थी उक्त देश पुगिसकेका छन् । गृह मन्त्रालयका अनुसार अष्ट्रेलियामा चार हजार आठसय १९, क्यानाडामा पाँच हजार सातसय ७८, डेनमार्कमा आठसय ५२, नेदरल्याण्डस्मा तीनसय २६, नर्वेमा पाँचसय ५० जना शरणार्थी पुनःस्थापित भइसकेका छन् । ती राष्ट्रले शरणार्थीको स्थायी व्यवस्थापन गरेका छन् भने बाँकीलाई पनि क्रमशः आश्रयदातृ देशमा पु¥याइनेछ । आइओएमले पुनःस्थापना प्रक्रियालाई जारी राखेको छ ।प्रारम्भमा एक लाखको हाराहारीमा रहेका शरणार्थीको सङ्ख्या दुई दशकको अवधिमा आठ हजारले वृद्धि भएको हो । नेपाल र भुटानबीच विभिन्न तहमा १५ चरणमा भएका शरणार्थी समस्या समाधानसम्बन्धी वार्ता असफल भएपछि अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायले मानवीयताका आधारमा आश्रयका निम्ति प्रयास गरेपछि तेस्रो मुलुक पुनः स्थापना कार्यक्रम कार्यान्वयन भएको हो ।
स्वस्फूर्तरुपमा उक्त कार्यक्रममा सहभागी भएका शरणार्थीमात्र ती देश गएका हुन् । शिविरमा रहेका अधिकांशले अझै पनि ससम्मान स्वदेश फर्कन पाउनुपर्ने माग दोहो¥याउँदै आएका छन् । वि.सं.२०६३ मा नेपाल आइओएमको सदस्य भएको हो ।सरकार र उक्त सङ्गठनबीच २०६४ मा पारस्परिक सहयोग तथा सेवा प्रवाह गर्ने सम्बन्धमा समझदारी भएको थियो । त्यसै वर्षदेखि आइओएमले आप्रवासका विविध पक्षमा सरकारसँग सहकार्य गर्दै आएको छ ।
कुवेतमा रक्सी पिउदै गर्दा ढलेका एक नेपालीको अचानक मृत्यु
3:36 PM
Unknown
मार्च-२५-२०१४,कुवेत
साथीभाई संग मिली रक्सी पिउदा पिउदै अचानक ढलेका मोरङ लेटाङका मकर गन्दर्भ मगरको कुवेतमा हिजो मार्च २४ सोमबार बेलुका अचानक मृत्यु भएको छ |
कुवेतको महाबुल्ला स्थित जि. टि. सि. कम्पनीमा काम गर्ने मोरङ लेटांग स्थाई घर भएका मकर गन्धर्ब मगर कम्पनीको काम सकेर कोठामा आएका थिए | केही छिन पछि उनी तरकारी किन्न बकाला(पसल) मा गएका थिए लगभग १५ मिनेट सम्म बसेर उनी कोठातिर गएका भएपनि माथि पुग्दा भारतीय साथिको कोठामा नेपाली र भारतीय साथी मिली पिई राखेको देखेपछि उनी पनी पिउन बसेका थिए | अलिकती खादै गर्दा मलाई मुख नमिठो भयो भनी भनेका र अकस्मात् उनी ढलेका साथीहरुले बताएका छन |
अन्दाजी ३०/३२ बर्षको देखिने मकर गन्दर्भ यसरी ढलेपछि कोठा वरीपरी होहल्ला चलेको र त्यसपछि नेपाली र भारतीय साथीहरुले उनलाई ट्याक्सीमा अस्पताल लैजान खोजे पनि उनको मृत्यु भैसकेको हुनाले ट्याक्सीले लैजान मानेन । घटना भाको केही मिनेटमा नै एम्बुलेन्स पनी आईसकेको थियो तर मृत्यु भई सकेको हुनाले त्यस लगतै पुलिस पनी आई पुगेको कुरा महाबुल्ला बाट प्रतक्ष दर्शी चिन्ता मनी केसीले परदेशी खबरलाई जानकारी दिनुभयो |
केसीका अनुसार संगै बसेर रक्सी पिएका मगरको अकस्मात मृत्यु भए पछी साथीहरु पनी भाग्न खोजेकाले वरीपरीको वाताबरण निकै कोलाहल बनेको थियो बेलुकाको आवातजावात गर्ने समय लगभग ८;३० बजे तिर घटना स्थलमा ठुलो संख्यामा भिड जम्मा भएकोले प्रहरीको टोली छिट्टै घट्ना स्थल पुगेको र मृतको शबलाई पुलिसले जिम्मा लीईसकेको छ |
घटना भए पछि मृतक मगरको कोठामा रहेका सहकर्मी साथीहरु नेपाली ४ जना र १ जना भारतीय नागरिकलाई प्रहरीले सोधपुछ र अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । यो घटनाको बारेमा नेपाली दुताबासलाई पनी जानकारी गराईसकेको चिन्ता मनी केसीले बताउनु भयो |
रमेश खरेलले डीएसपीलाई नै हतकडी लगाए
12:12 PM
Unknown
काठमाडौं, ११ चैत । मादक पदार्थ सेवन गरी सवारी चलाउनेको लाइसेन्स प्वाल पार्न थालेपछि दुई वर्षयता राजधानीमा मापसे आतंक छाएको छ । एक लाखभन्दा धेरै चालक यो मापसे कारबाहीमा परिसकेका छन् ।तर, एक सिनियर प्रहरी अधिकारी पनि हालै मापसे आतंकमा परेका छन् । मापसे गरेर सवारी चलाएकोमा नभई ड्युटीमा बसेकोमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी केदार खनाल फन्दामा परेका हुन् । सोही कारण डिएसपी खनाल त्यहाँबाट सरुवा मात्र भएनन् एक रात थुनामा समेत परे ।
अन्य अभियुक्तलाई जस्तै गरी काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेल परिसरको भ्यानमा उनलाई नियन्त्रणमा लिई वीर अस्पतालमा लगेर मेडिकल गराई परिसरको कोठामा ल्याएर एक रात थुनेका हुन् । स्पष्टीकरण सोधेर डिएसपी खनाललाई उनले विभागीय कारबाही पनि थालेका छन् । यसअघि आकस्मिक ब्रिफिङमा बोलाउँदा बिरामी भएको भन्दै मदिरा पिएर बस्दा ललितपुरका एसएसपी रमेश भट्टराई आइजीपी उपेन्द्रकान्त अर्यालको फन्दामा परेका थिए ।उता, उपत्यकाका कतिपय इन्चार्ज भने खरेललाई झुक्याउँदै कमाउन सफल भइरहेका छन् । कालिमाटी, बालाजु तथा गौशलाका डिएसपीले गोप्य रुपमा रकम असुलिरहेको स्रोत बताउँछ । कालिमाटी वृत्तका डिएसपी यज्ञविनोद पोखरेलले घुस खाएको कारबाहीका लागि तानिएका बिट इन्चार्जलाई दुई सातामै पुन: त्यही बिटमा फर्काए पनि उनको चरित्र नागिंएको छ ।
कलंकीको एक गेष्टहाउसबाट पक्राउ परेका जोडीलाई घुस खाएको आरोपमा तानिएका बाफल बिटका हवल्दार थापालाई दुई सातामै पुन सोही बिटमा फर्काएका छन् ।
मलेशियाको विमान दुर्घटना भएको पुष्टि, मौसमका कारण Black Box खोज्न मुश्किल
4:47 AM
Unknown
(एजेन्सी) चैत-११, काठमाडौँ । मलेशियाई एयरलाइंसको बिमान ३७० बेपत्ता भएको १७ दिनपछि दुर्घटनाग्रस्त भएको पुष्टि भएको छ, अव खोजकर्ताहरु जति सक्दो चाडो ब्ल्याक बक्स र त्यसको बैट्री समाप्त नहुँदै खोज्ने प्रयासमा रहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।ब्ल्याक बक्सलाई कुनै पनि दुर्घटना पछी कम से कम ३० दिन भित्र खोजिसक्नु पर्नेछ । तैपनि विशेषज्ञले भने अनुसार विमानको दुर्घटनाग्रस्त भएको समय ब्याट्री को पावर मात्र १५ दिनसम्म हुने गर्दछ । यदी ब्ल्याक बक्स भेट्न नसकिए वा त्यसको ब्याट्रीको पावर सकिए के कारण दुर्घटना भएको थियो भन्ने कुरा पत्ता लगाउन असम्भव हुने बताएको छ । त्यसैकारण पनि खोजकर्ताहरु उक्त ब्ल्याक बक्सको ब्याट्री समाप्त हुनु अगाडीनै खोजि सक्ने प्रयासमा जुटेका छन् ।
मलेशिया
यसै बीच खराब मौषमका कारण आज मंगलबार पनि खोजि कार्यमा कठिनाई आएको र आजको लागि खोजि कार्य स्थगित गरिएको खोज कार्यमा संग्लन अधिकारीहरुले जनाएका छन् । अधिकारीहरुको बयानमा भनिएको छ 'समुद्रमा आएको खराब परिस्थितिको कारण एचएमएएस सक्सेस मंगलवारको खोज कार्य सफल हुन सकेको छैन, समुन्द्र शान्त भएपछी खोजि कार्य जारी रहनेछ ।’’यसै बीच विमानमा सवार यात्रिहरुका आफन्तजनले बेईजिंगस्थित मलेशियाको दूतावास अगाडी २ घण्टा प्रदर्शन गरेका छन् र घटनाको पछाडी रहेको सत्यताको यथासिघ्र प्रमाणहरुको माग गरेका छन् । प्रदर्शनकारिहरुले बेईजिंगस्थित मलेशियाको दूतावास परिसरमा पस्न कोशिस समेत गरेका थिए । उनीहरुले दुतावास अगाडी पानिका बोत्तल फ्याक्दै ‘‘हामीलाई साचो कुरा चाहियो’’ भन्दै नाराबाजी समेत गरेको समाचार छ ।