मेष (चू चे चो ला ली लु ले लो अ)
कमजोर तथा अर्थहीन आरोपहरु लाग्न सक्ने छन्, सावधान रहनु होला । स्वास्थ्य प्रतिकूल रहन सक्ने छ । चिसोको कारण हुने रोगहरुको त्रास रहन सक्छ । लेनदेनका कुराले मनमा चिन्ता दिनेछ । सामूहिक धार्मिक अनुष्ठान सम्भावित रहला ।
वृष वृष (इ उ ए ओ वा वी वु वे वो)
भाग्योदयको समय छ । आटेको काम पुरा हुनेछ । सामाजिक उत्तरायित्व बोध हुनेछ । पारिवारिक कार्य बिभाजनबाट काम गर्न सहज हुने छ । केही उल्झनको बावजुद व्यक्तिगत लगानी हुने देखिएको छ । आयुर्वेदिक ब्यापार शुभ रहला ।
मिथुन मिथुन (का कि कु घ ङ छ के को हा)
नयाँ कार्यको थालनी हुनेछ । धार्मिक अनुष्ठान सम्पन्न हुनेछन् । लामो दुरीको यात्राको योग छ । विपक्षीको कार्य शैलीले मनमा असन्तोष हुनेछ । आर्थिक कारोवार सफल फलदायी हुनेछन् । अरुको भरमा परे बनेको काम पनि बिग्रने खतरा रहेको छ ।
कर्कट कर्कट (ही हु हे हो डा डि डु डे डो)
ब्यापार नाफामा जाने छ । नयाँ पेशाप्रति आकर्षण बढ्ने छ । विवादित मुद्धाहरु किनारा लाग्ने छन् । धनको अपव्यय हुने भय रहेको छ, चनाखो हुनु होला । अभिभावकको आज्ञाकारी बनिने छ । रमाइलोमा खर्च होला । कलाकारितामा खर्च हुनेछ ।
सिंह सिंह (मा मि मू मे मो टा टी टु टे)
ब्यापार घाटामा जाला । गलत व्यक्तिको सल्लाहले बनेको काम पनि बिग्रने छ । शारीरिक असक्षमताका कारण प्रतिफल गुम्ने भय रहेको छ । यात्रा कष्टकर बन्ने देखिएको छ । विश्वासले खाएको मान्छेबाट धोका हुने छ । अवसर गुम्ने तर्फ पनि उत्तिकै सजग रहनु पर्ला । कन्या कन्या (टो प पी पु ष ण ठ पे मो)
सफल कार्यको लागि सबैबाट सराहना हुनेछ । कमजोर अवस्थामा पनि सहजै निकास निस्कने छ । शुभ चिन्तकहरु बढ्ने छन् । कार्य क्षेत्र सहि रुपमा अघि बढ्ने छ । सबैतिरबाट सुखको अनुभूति हुनेछ । टाढाको मानिसबाट सहयोग मिल्नेछ ।
तुला तुला (र री रु रे रो ता ती तू ते)
मित्रको गलत व्यवहारले पीडित बनिने छ । राम्रो अवसर पनि गुम्ने भय रहेको छ । धार्मिक कार्यप्रति अरुचि बढेर आउने छ । कार्मशिल तथा कर्तव्यशिल हुँदा हुँदै पनि गलत आरोप आउन सक्ने छन् सजग हुनु पर्नेछ । सामाजिक रुपमा बिचलन आउने छ ।
वृश्चिक वृश्चिक (तो ना नी नू ने नो या यि यु)
साहसिक कार्यले मनोबल उच्च बनाउने छ । हिम्मत गरे कठिन काम पनि बन्ने ग्रह योग रहेको छ । बोलीको सहि सदुपयोगबाट प्रतियोगिता जित्न सफल भइने छ । तार्किक क्षमता उच्च रहने तथा सोचेको काम पुरा हुने समय छ । परिवारबाट सहयोग मिल्ने छ ।
धनु धनु (य यो भा भी भू ध फा ढ भे)
भूमि सम्बन्धी काम सफल हुने छन् । तपाईका विरोधीहरु नासिने छन् । सामाजिक काममा रुची हुनेछ । गाडी, वाहन सुख मिल्ने छ । मातृभूमिप्रति केही गर्ने सोच बन्ने छ । सार्थक परिणाम दिनेवाला कार्य सम्पन्न हुनेछ । विवादित कुरामा हात नहाल्नु होला ।
मकर मकर (जो जा जी खी खू खे खो गा गी)
सन्ततिको मार्गबाट शुभ समाचार सुन्न पाइने छ । शिक्षा तथा खेलकुद क्षेत्रमा भएको लगानीले शुभ फल दिनेछ । रमाइला प्रसङ्गमा रम्न मन लाग्ने छ । प्रतिष्ठामा आँच आउने काम भएपनि धनको कारोवार भने सफल रहला । समग्र दिन मध्यम फलदायी रहेको छ ।
कुम्भ कुम्भ (गू गे गो सा सी सु से सो द)
राम्रो कुरा बोले पनि सुन्नेले गलत सुन्नु आफ्नो कमजोरी नै ठहरिने छ । ब्यापार घाटामा जाला । अरुप्रति कम उत्तरदायी रहिने छ तथा एकान्तमा रम्न मन लाग्ने छ । सेवा क्षेत्रमा पहुँच कम हुँदा आर्थिक अपार्दर्सिताको मारमा पारिने छ । असान्दर्भिक काममा खर्च होला ।
मीन मीन (दि दू थ भ ञ दे दो चा ची)
प्रेम सम्बन्ध सोचे अनुसारै अघि बढ्ने छ । घरमा नयाँ काम सम्पन्न हुनेछ । ब्यापार नाफामा जाला । मानसिक रुपमा खुसी हुनेछ । शिक्षा शास्त्रका कुरामा विश्वास हुनेछ । विवादित मुद्धाहरु किनारा लाग्नेछन् । आर्थिक कारोवार फलदायी बन्ने छ ।