BICITRA KHABAR

BICITRA KHABAR

आज मिति 2014-10-23 तारिख, २०७१ साल कार्तिक कृष्णपक्ष औंशी तिथि (लक्ष्मी पूजा), कार्तिक ६ गते बिहिवार



मेष (चू चे चो ला ली लु ले लो अ)
असात्विक बिचारको कारण आलोचना खेप्नु पर्नेछ । बोलीमा पनि केही सुधार गरेर बोल्नु हितकर हुनेछ । विचारै नगरी गरेको कामले नाफा भन्दा घाटा बढी दिनेछ । ब्यापारबाट घाटा होला । काम पर्दा सबै टाढिने र सहजमा भेटिनेदेखि सावधान रहनु होला ।

वृष वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
सामाजिक काममा अग्रसर बनिने छ । कसैले नगरेको नौलो प्रयोग गरेर चर्चामा आइने छ । कलाकारितामा सफल बनिने छ । अरुबाट सहानुभूति प्राप्त हुनेछ । राम्रा सुझावका कारण अघि बढ्न सहजता थपिने छ । सरकारी काम बन्ने छ तथा जागिरमा पदोन्नतिको योग रहको छ ।

मिथुन मिथुन (का कि कु घ ङ छ के को हा)
आर्थिक कारोवार उच्च फलदायी रहला । कर्म क्षेत्रमा देखिएका अनियमितता दुर भै नयाँ रुपमा अघि बढिने छ । भावनामा बग्दा वास्तविकता टाढा रहला । काममा आश्वासन मिले पनि पुरा हुने कुरामा भने शंका रहेको छ । उधारो कारोवार नगर्नु होला ।

 कर्कट कर्कट (ही हु हे हो डा डि डु डे डो)
आर्थिक अनियमितताले पारिवारिक असमझदारी निम्त्याउने छ । बैदेसिक काम सहजै बन्ने योग रहेको छ । टाढाको मित्रको सहयोगले अकल्पनीय कार्य सम्पन्न होला । सरकारी क्षेत्रमा सम्मानित बन्ने योग रहेको छ । मनोवल उच्च रहला ।

सिंह सिंह (मा मि मू मे मो टा टी टु टे)
गुप्त सत्रुबाट कार्य अवरोध हुने योग छ । आर्थिक कठिनाइबाट गुज्रनु पर्ला । परिवारमा अविश्वास बढ्ने छ । आफ्नो अनुकूल हुँदा मात्तिने र प्रतिकूल हुँदा आत्तिने कुरा आफ्ना लागि घातक रहेका छन् । विद्यमान समस्याले झन् पीडित बनाउन सक्छ, विद्वानको संगत गर्नुहोला ।

कन्या कन्या (टो प पी पु ष ण ठ पे मो)
कुलकुटुम्बको सहयोगले ठुलो काम आँटिने छ । सन्तानको प्रगतिको लागि लक्षित कार्य शुभारम्भ होला । सामाजिक सम्मान प्रतिष्ठाको योग रहेको छ । मन चन्चल हुनेछ । रत्न, आभुषण, अलंकार आदि प्राप्ति योग रहेको छ । रमाइलो स्थानको भ्रमण हुनेछ ।

तुला तुला (र री रु रे रो ता ती तू ते)
गाडी, वाहनको प्रयोगमा सावधान रहनु होला, चोटपटकको भय रहेको छ । आर्थिक व्यय भार चुलिने छ । बृद्ध बृद्धाको सेवामा लाग्नु हितकर रहेको छ । दिनदुःखीहरुको आशीर्वाद तपार्इको लागि रामवाण शिद्ध हुनेछ । ब्यापार भने कमजोर हुने देखिएको छ ।

वृश्चिक वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
साहसिक कामबाट प्रतिष्ठा उच्च रहला । आफन्तबाटै घात हुने समय छ, चनाखो रहनु होला । धर्म भन्दा कर्ममा विश्वास जाग्ने छ । अरुको भरमा बस्दा काम बिग्रने तर्फ सजग रहनु पर्नेछ । अचानक धनागमनको योग समेत रहेको छ ।

धनु धनु (य यो भा भी भू ध फा ढ भे)
मित्रको कारण तपार्इंको प्रतिभा ओझेलमा पर्नेछ । विवादित काममा हात नहालेको राम्रो । अरुको सल्लाहमा काम गरे कार्य सफल हुने देखिएको छ । गाडी वाहन जोडिने समय रहेको छ । विश्वासिला व्यक्तिबाट विश्वास घात हुने कुरामा सजग हुनु होला ।

 मकर मकर (जो जा जी खी खू खे खो गा गी)
केही नयाँ गर्ने उत्कण्ठा जाग्नेछ । कार्यमा नआत्तिकन सामना गर्नु होला । ठुलो काममा ठुलो लगानीको योग रहेको छ । विवादित भूमिको कारोवार सल्टिने छ । आर्थिक पाटो मजबुत हुनेछ । सामाजिक कार्यमा लागिने छ । मानसिक रुपमा शान्त बनिने छ ।

 कुम्भ कुम्भ (गू गे गो सा सी सु से सो द)
राज काजका काममा तपार्इंको सहभागिता हुनेछ । धार्मिक आध्यात्मिक चिन्तनमा लागिने छ । मितेरी सम्बन्ध प्रगाढ होला । संस्कृतिको जगेर्ना गर्ने कुरामा तपार्इंको सहानुभूति हुनेछ । विवादमा पर्नबाट भने जोगिनु पर्ने चुनौती रहने छ ।

 मीन मीन (दि दू थ भ ञ दे दो चा ची)
सामाजिक कार्यमा तपार्इंको सहभागीता न्युन हुनेछ । माया पीरतीका कुरामा कमजोर बनिने छ । आर्थिक कारोवारमा हात नहालेकै बेस हुनेछ । अग्निकारक बस्तुको घात रहने भएकोले आगोको प्रयोगमा सावधान रहनु होला । आफन्तबाटै पीडित बनिने छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More