BICITRA KHABAR

BICITRA KHABAR

आजको राशिफल (Today’s Horoscope) | २०७१,असोज १६ गते बिहिबार


मेष (चू चे चो ला ली लु ले लो अ)
समय सकारात्मक रहेको छ । परिवारमा खुसियाली छाउने छ । सबैको आज्ञाकारी बनिने छ । तपाईका राम्रा पक्षहरुको अनुशरण गर्नेहरु भेटिने छन् । आत्मबल उच्च रहनेछ । इच्छित कार्य शिद्ध हुनेछ । आयका श्रोत अनपेक्षित रुपमा बढ्ने छन् ।

वृष वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
गुप्त शत्रु बढ्ने छन् । आर्थिक अपार्दशी भयको आरोप परिवारबाट लाग्नेछ । अरुको काममा लाग्दा आफ्नो काम अधुरो रहला । गलत व्यक्तिको सम्बन्धको कारण आफू कमजोर भएको अनुभूति हुनेछ । शारीरिक रुपमा कमजोर बनिने छ ।

मिथुन मिथुन (का कि कु घ ङ छ के को हा)
पारिवारिक शुभ सम्बन्धले उत्साहित बनाउनेछ । नयाँ कार्यमा हात लगाउने बेला रहेकोछ । माया प्रेमका कुरामा सफलता मिल्ने छ । मनमा जागरुकता र कार्यमा सफलताले केही गर्ने जाँगर बढ्ने छ । रमाइला प्रसङ्गमा भुलिने छ ।

 कर्कट (ही हु हे हो डा डि डु डे डो)
स्वास्थ्यको कारण मनमा अशान्ति हुनेछ । ताकेका कामहरु अधुरै रहने छन् । विपक्षीहरु आफूमाथि हावी रहलान । अचानक यात्राको योग रहेकोछ । आफ्ना कमजोर पक्षलाई पहिचान गरी नोक्सान पुर्याउनेहरुबाट सावधान रहनु पर्ने बेला आएको छ । सिंह सिंह (मा मि मू मे मो टा टी टु टे)
भाग्योदयको समय रहेको छ । सरकारी तथा गैर सरकारी कार्यमा सफलता हात पर्नेछ । सानातिना कुरामा रुमलिने कुरामा सुधार गर्नु पर्नेछ । मित्रको आज्ञाकारी बन्नाले ठुलो सहयोग मित्रबाट मिल्नेछ । जलकारक बस्तुको घात सहनुपर्ला ।

  कन्या (टो प पी पु ष ण ठ पे मो)
कर्मक्षेत्रमा अल्झिरहने बाध्यताको अन्त्य हुनेछ । तपार्इंका सहयोगीहरु बढ्ने छन् । अचानक आयका बाटाहरु खुल्ने छन् । गुमिसकेको धन हात पर्नेछ । बोलीको कारण सम्मानित बनिने समय रहेको छ । मनमोटावहरु दुर भै नयाँ रुपमा अघि बढिने छ ।

तुला (र री रु रे रो ता ती तू ते)
पहिलेका व्यवहारले चिन्ता दिनेछ । नसोचेका कार्यमा लाग्नु पर्ने हुनेछ । सामाजिक कार्यमा लागानी हुने योग रहेको छ । मनमा प्रसन्नता र कार्यमा एकरुपता झल्किने छ । टाढाको आफन्तको सहयोग सदभाव प्राप्त हुनेछ । अरुको भरमा पर्नु गम्भिर भूल हुनेछ ।

 वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
शरीरमा चोट पटकको घात रहेको छ । सवारीसाधनको प्रयोगमा सावधानी अपनाउनु होला । तार्किक रुपमा ह्रास आउने छ । पारिवारिक सम्बन्धमा दरार आउने बेला रहेको छ । सोचेर मात्र बोलेको राम्रो । लगानी डुब्ने भएकोले पहिले नै सजग रहनु होला ।

 धनु (य यो भा भी भू ध फा ढ भे)
इच्छित बस्तुको प्राप्ति हुनेछ । समयको सदुपयोगमा निक्कै सजग रहनु हुनेछ । नसोचेको कामको उच्च प्रतिफल हात पर्नेछ । आफूलाई प्रिय लाग्ने बस्तु प्राप्तिले मनमा उत्साह थपिने छ । सामाजिक सेवाभाव बढ्ने छ । दानधर्ममा खर्च होला ।

 मकर मकर (जो जा जी खी खू खे खो गा गी)
बेला बखतमा हुने मानसिक अशान्तिको सिकार बनिने छ । अरुलाई बिजाउने गरी नबोल्नु होला जुन ठुलो विवाद दिनेवाला हुनेछ । सरकारी काममा बाधा हुने देखिएको छ । चाहिने भन्दा बढी नबोल्नु होला आलोचित हुने डर रहेको छ ।

  कुम्भ (गू गे गो सा सी सु से सो द)
विषम परिस्थितिमा पनि सदावहार रहने शक्ति उच्च रहने छ । दिनभर ब्यस्त बनिने छ तर कामको फल शुन्य हात लाग्नेछ । अनावाश्यक काममा हात नहालेकै बेस हुने देखिएको छ । आफूमा धैर्य कम हुँदा बनिसकेको अवसर गुमाउन बाध्य बनिने छ ।

 मीन (दि दू थ भ ञ दे दो चा ची)
सवारी साधनको प्रयोगबाट लाभ हुनेछ । असोचनिय काममा समय व्यतित हुनेछ । आर्थिक कार्य सबल रहने छ । रोक्किएका कामहरु बन्नेछन् । न्यायिक कार्यमा आफ्नो बिजय हुनेछ । परीक्षा आदिमा नसोचेको सफलता मिल्ने ग्रह योग रहेको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More