BICITRA KHABAR

BICITRA KHABAR

आजको पञ्चाङ्ग र राशीफल २०७१ साल कार्तिक १३ गते बिहीबार

आजको पञ्चाङ्ग


आज मिति २०७१ साल कार्तिक १३ गते बिहीबार, तदनुसार अक्टुवर ३० सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ ।

चान्द्रमान अनुसार कार्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिकशुक्लपक्षको सप्तमी तिथि ३५ घटि १३ पला अर्थात रातिमा ८ बजेर १९ मिनेटसम्म त्यसउप्रान्त अष्टमी तिथि लाग्नेछ । आज सूर्य तुला राशिमा रहेको छ भने चन्द्रमा धनु राशिमा ७ घटि ४१ प्ला अर्थात बिहानमा ९ बजेर १८ मिनेटसम्म त्यसउप्रान्त मकर राशिमा प्रवेश गर्नेछ । आज दिनमान २७ घटि ४६ पलाको रहनेछ ।

आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर १४ मिनेटमा रावण मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर २० मिनेटमा हुनेछ ।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दैनिक कार्य अधुरा, विरोधीहरू सक्रिय हुनेछन, स्वास्थ्य हानी समय तथा दिन खराब रहनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
स्वास्थ्य भरपर्दो हुनेछैन, खानेकुरामा सतर्क रहनुहोला, यात्रामा बाधा, जोसँग पनि विवाद पर्न सक्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आम्दानीमा एक्कासि बृद्धि, सहयोगी हातहरू बढ्नेछन्, धर्मकर्ममा मन जानेछ, समय शुभ छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मित्रहरूबाट सहयोग, कला क्षेत्रमा अभिरुचि, एकमुष्ठ रकम संकलन, नविन कार्यमा रोजगारी पं्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पारिवारिक किचलो थपिने, मानसिक चिन्ता, नकारात्मक सोचाईले गर्दा आफैलाई घाटा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
शैक्षिक तथा सामाजिक प्रगति, प्रेमप्रसँग सुमधुर रहनेछ, आदर सत्कार पाइने ठाउँमा सरिक हनु पाइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
एक्कासि धन तथा जमिन लाभ, नयाँ कार्यमा लगानी, महत्वपूर्ण उपलव्धि हाँसिल,दिन सबै प्रकारले शुभ रहने ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आफ्नै पेशाबाट नोक्सान, दिनभर घरमै बस्नुपर्ने, पढाईमा मन नजाने, समय खराब छ सतर्क रहनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आम्दानीमा वृद्धि, आफ्नै पेशाप्रति असन्तुष्टि, मिष्ठान्न भोजन प्राप्ति, हराएको बस्तु फेला पर्ने सम्भावना छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बिहानी पख स्वास्थ्यमा क्रमिक सुधार, टाढाको धन प्राप्त हुनेछ भने साँझतिर त्यति राम्रो रहने छैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
नयाँ मित्रसँग भेटघाट, आर्थिक क्षेत्रबाट लाभ हाँसिल, अधुरो कार्य पुरा हुने सम्भावना छ उपयोग गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आफन्तबाट विरोध आउने, आफ्नै पेशाबाट घाटा, पारिवारिक कचिलोले गर्दा दिनभर चिन्ता पर्नेछ ।

आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल कार्तिक १३ गते बिहीबार बिहान ६ः१४ बजेदेखि ७ः४४ बजेसम्म शुभ बेला, बिहानमा ७ः४४ बजेदेखि ९ः१४ सम्म रोग बेला, बिहानमा ९ः१४ बजेदेखि १०ः४४ बजेसम्म उद्वेग बेला, बिहानमा १०ः४४ बजेदेखि १२ः१४ बजेसम्म चर बेला, बिहान १२ः१४ बजेदेखि दिनमा १ः४४ बजेसम्म लाभ बेला, दिनमा १ः४४ बजेदेखि ३ः१४ बजेसम्म अमृत दिनमा ३ः१४ बजेदेखि ४ः४४ बजेसम्म काल साँझ ४ः४४ बजेदेखि ६ः१४ बजेसम्म शुभ बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

आजको साइत:
आज पूर्व र उत्तर को बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

राहुकालको समय :
दिनमा १ः३० बजेदेखि ३ः०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More