आजको पञ्चाङ्ग
आज मिति २०७१ साल कार्तिक १२ गते बुधबार, तदनुसार अक्टुवर २९ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ ।
चान्द्रमान अनुसार कार्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिकशुक्लपक्षको षष्ठी तिथि ४० घटि २३ पला अर्थात रातिमा १० बजेर २२ मिनेटसम्म त्यसउप्रान्त सप्तमी तिथि लाग्नेछ । आज सूर्य तुला राशिमा रहेको छ भने चन्द्रमा धनु राशिमा अहोरात्र रहनेछ । आज दिनमान २७ घटि ४९ पलाको रहनेछ ।
आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर १३ मिनेटमा तुरुदेव मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर २१ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आँखामा खराबी आउन सक्नेछ, पढाई असफल हुन सक्ने, दिनभर नैरास्यता बढ्न,े समय खराब छ जोगिनुहोला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धार्मिक कार्यतिर समय खर्च हुने, पति–पत्नीबीच वैमन्यश्यता, आम्दानीका श्रोत घट्ने, दिन खर्चालु हुने ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
खेलकुदबाट मनोरञ्जन प्राप्त हुनेछ, सकारात्मक सोचाईले गर्दा आर्थिक लाभ, स्वास्थ्य राम्रो रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सन्तानको सहयोगले अधुरा कार्य पूरा, उत्साह उमंग थपिनाले दिन अत्यन्तै राम्रो रहनेछ उपयोग गर्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
शत्रुहरू सक्रिय हुनेछन्, धनमल हराउन सक्नेछ, नकारात्मक सोचाइले गर्दा आर्थिक नोक्सानी, दिन खराब रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मनमा उत्साह बढ्नेछ, स्वास्थ्यमा क्रमिक सुधार, शैक्षिक रोजगारको अवसर मिल्नेछ, समय राम्रो छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
साहित्यिक क्षेत्रमा सक्रियता बढ्ने,प्रेमिकासंग भेटघाट, वौद्धिक क्षेत्रबाट लाभ मिल्नेछ, आम्दानी राम्रो रहेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
यात्रामा अवरोध हुन सक्नेछ, पेट रोगले सताउनेछ, स्त्रीवर्गसँग किचलो हुनेछ, गरेको कार्य अर्थहिन हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मनोरञ्जन तिर मनजाने, रमाइलो भ्रमणको अवसर, पारिवारमा खुसीयालीले गर्दा दिन सुखमय हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
राजनीतिक दुःख झेल्नुपर्ने, आत्मीयजनबाट धोका र कलहले दिनभर मनमा तनाव हुनेछ हासियार हुनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
इष्टमित्रबाट सहयोग गर्नेछन, आफन्तसंग रमाइलो भेटघाट, प्रेम–प्रसँग सुमधुर रहने, यात्रा फलदायी हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
टाढाकोे यात्रामा शारीरिक पीडा, सोचेजस्तो काम गर्न असफल, आफन्तबाट धोका, दिन सामान्य रहेकोछ ।
आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल कार्तिक १२ गते बुधबार बिहान ६ः१३ बजेदेखि ७ः४३ बजेसम्म लाभ बेला, बिहानमा ७ः४३ बजेदेखि ९ः१३ सम्म अमृत बेला, बिहानमा ९ः१३ बजेदेखि १०ः४३ बजेसम्म काल बेला, बिहानमा १०ः४३ बजेदेखि १२ः१३ बजेसम्म शुभ बेला, बिहान १२ः१३ बजेदेखि दिनमा १ः४३ बजेसम्म रोग बेला, दिनमा १ः४३ बजेदेखि ३ः१३ बजेसम्म उद्वेग दिनमा ३ः१३ बजेदेखि ४ः४३ बजेसम्म चर साँझ ४ः४३ बजेदेखि ६ः१३ बजेसम्म लाभ बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
आजको साइत:
आज पूर्वको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय :
दिनमा १२ः०० बजेदेखि १ः३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।