काठमाडौं, आश्विन २३ । बुधबार सुनको मूल्यमा गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन छापावाल सुनको मूल्य तोलामा १ सयले सस्तिएर ५१ हजार ५ सय कायम भयो । दशै अघि १४ गते तोलाको ५१ हजार ६ सयमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन तोलाको ५१ हजार २ सय ५० मा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेर ७ सय ३५ कायम भएको महासंघले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वियरिष ट्रेण्डमा रहेसंगै स्थानीय बजारमा पनि मूल्य ओरालो लागेको हो ।
बुधबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य केही उकालो लागेर प्रति औंन्स १२ सय १८ डलरको हाराहारीमा कारोबार भैरहेको थियो । यस पटकको बडा दशैंमा स्थानीय बजारमा सुनको कारोबार अघिल्लो बर्षको तुलनामा झण्डै ५० प्रतिशतले घटेको महासंघले जनाएको छ ।