आज मिति २०७१ साल कार्तिक १० गते सोमबार, तदनुसार अक्टुवर २७ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ ।
चान्द्रमान अनुसार कार्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिकशुक्लपक्षको चतुर्थी तिथि ४८ घटि ३५ पला अर्थात रातिमा १ बजेर ३८ मिनेटसम्म त्यसउप्रान्त पञ्चमी तिथि लाग्नेछ । आज सूर्य तुला राशिमा रहेको छ भने चन्द्रमा वृश्चिक राशिमा अहोरात्र रहनेछ । आज दिनमान २७ घटि ५७ पलाको रहनेछ ।
आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर १२ मिनेटमा मैत्र मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर २२ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सरकारी काम असफल हुनेछ, पारिवारिक विवाद थपिने, दीर्घ रोगको सुरुवात हुनेछ सतर्क रहनुहोला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
खेलकुदबाट मनोरञ्जन प्राप्त हुनेछ, सकारात्मक सोचाईले गर्दा आर्थिक लाभ, स्वास्थ्य राम्रो रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मनमा उत्साह बढ्नेछ, स्वास्थ्यमा क्रमिक सुधार, वैदैशिक रोजगारको अवसर मिल्नेछ, समय राम्रो छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
टाढाकोे यात्रामा शारीरिक पीडा हुन सक्ने, सोचेजस्तो काम गर्न असफल, आफन्तबाट धोका हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धार्मिक कार्यतिर समय खर्च हुने, पति–पत्नीबीच वैमन्यश्यता बढ्ने, आम्दानीका श्रोत घट्न सक्ने ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
इष्टमित्रबाट सहयोग गर्नेछन, आफन्तसंग रमाइलो भेटघाट, प्रेम–प्रसँग सुमधुर रहने, यात्रा फलदायी हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
शत्रुहरु सक्रिय हुनेछ, धनमल हराउन सक्नेछ, नकारात्मक सोचाइले गर्दा आर्थिक नोक्सानी हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मनोरञ्जन तिर मनजाने, रमाइलो भ्रमणको अवसर, पारिवारमा खुसीयालीले गर्दा दिन सुखमय हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
राजनीतक दुःख झेल्नुपर्ने, आत्मीयजनबाट धोका र कलहले दिनभर मनमा तनाव हुनेछ होसियार हुनुहोला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सन्तानको सहयोगले अधुरा कार्य पूरा, उत्साह उमंग थपिनाले दिन अत्यन्तै राम्रो रहनेछ उपयोग गर्नुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यात्रामा अवरोध हुन सक्नेछ, पेट रोगले सताउनेछ, स्त्रीवर्गसँग किचलो हुने, गरेको कार्य अर्थहिन हुने ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आँखामा खराबी आउन सक्नेछ, पढाई असफल हुन सक्ने, दिनभर नैरास्यता बढ्ने, समय खराब छ जोगिनुहोला ।
आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल कार्तिक १० गते सोमबार बिहान ६ः१२ बजेदेखि ७ः४२ बजेसम्म अमृत बेला, बिहानमा ७ः४२ बजेदेखि ९ः१२ सम्म काल बेला, बिहानमा ९ः१२ बजेदेखि १०ः४२ बजेसम्म शुभ बेला, बिहानमा १०ः४२ बजेदेखि १२ः१२ बजेसम्म रोग बेला, बिहान १२ः१२ बजेदेखि दिनमा १ः४२ बजेसम्म उद्वेग बेला, दिनमा १ः४२ बजेदेखि ३ः१२ बजेसम्म चर दिनमा ३ः१२ बजेदेखि ४ः४२ बजेसम्म लाभ साँझ ४ः४२ बजेदेखि ६ः१२ बजेसम्म अमृत बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
आजको साइत:
आज उत्तर र पश्चिमको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय :
बिहानमा ७ः३० बजेदेखि ९ः०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।