२०७१ साल कार्तिक ११ गते मंगलबार
आजको पञ्चाङ्ग
आज मिति २०७१ साल कार्तिक ११ गते मंगलबार, तदनुसार अक्टुवर २८ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ ।
चान्द्रमान अनुसार कार्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिकशुक्लपक्षको पञ्चमी तिथि ४४ घटि ५४ पला अर्थात रातिमा १२ बजेर १० मिनेटसम्म त्यसउप्रान्त षष्ठी तिथि लाग्नेछ । आज सूर्य तुला राशिमा रहेको छ भने चन्द्रमा धनु राशिमा अहोरात्र रहनेछ । आज दिनमान २७ घटि ५३ पलाको रहनेछ ।
आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर १२ मिनेटमा जयदेव मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर २१ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
स्वास्थ्यका एक्कासी समस्या देखा पर्ने, हतियारबाट कष्ट, विरोधी सक्रिय, नास्तिक विचार पलाउनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समस्यासंग संघर्ष, पेट रोगले पिरोल्ने सम्भावना, व्यापारमा गिरावट, अशुभ समाचार सुन्नुपर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
एक्कासी आम्दानीमा वृद्धि, राज्यपक्षबाट सहयोग, प्रेम प्रसंग सफल, तार्किक क्षमताको विकास हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
यशकीर्ति बढ्ने, आफन्तबाट सहयोग, नवीन कार्यमा लगानी, व्यापारबाट पर्याप्त मुनाफा हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कार्यमा व्यावधान आम्दानी घट्ने पारिवारिक किचलो, स्वास्थ्यमा धन खर्च गर्नुपर्ने छ समय खराब छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
जोखिम कार्य सफल हुने, यात्रा फलदायी, तार्किक क्षमताको विकास, अध्ययनमा सफलता मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक सहयोग, उत्साह उमंग पलाउने, व्यापारबाट लाभ, वैयक्तिक प्रभाव बढ्नेछ, समय शुभ रहनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मनमा अनावश्यक पीडा, अनावश्यक टक राव हुने, आर्थिक भार थपिने, आफन्तबाट धोका पाइनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
रोजगारीबाट आत्म सन्तुष्टि मिल्नेछ, मित्रसंग भेटघाटको अवसर मिल्न सक्नेछ, सम्मानको अवसर ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दुर्घटनाका भय, आफन्तसँग मनमुटाव, शारीरिक पीडा थपिने समय खराब छ, सतर्क हुनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
नयाँठाउँको अवलोकन, आरोग्य जीवनको उपभोग, विरोधी माथि विजयी, प्रतियोगितामा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
स्वास्थ्य भरपर्दो हुनेछैन, खानेकुरामा सतर्क रहनुहोला, जोसँग पनि विवाद पर्न सक्नेछ, चनाखो हुनुहोला ।
आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल कार्तिक ११ गते मंगलबार बिहान ६ः१२ बजेदेखि ७ः४२ बजेसम्म रोग बेला, बिहानमा ७ः४२ बजेदेखि ९ः१२ सम्म उद्वेग बेला, बिहानमा ९ः१२ बजेदेखि १०ः४२ बजेसम्म चर बेला, बिहानमा १०ः४२ बजेदेखि १२ः१२ बजेसम्म लाभ बेला, बिहान १२ः१२ बजेदेखि दिनमा १ः४२ बजेसम्म अमृत बेला, दिनमा १ः४२ बजेदेखि ३ः१२ बजेसम्म काल दिनमा ३ः१२ बजेदेखि ४ः४२ बजेसम्म शुभ साँझ ४ः४२ बजेदेखि ६ः१२ बजेसम्म रोग बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
आजको साइत:
आज उत्तर र पश्चिमको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय :
दिनमा ३ः०० बजेदेखि ४ः३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।