BICITRA KHABAR

BICITRA KHABAR

आजको पञ्चाङ्ग र राशीफल २०७१ साल कार्तिक १४ गते शुक्रबार

आजको पञ्चाङ्ग


आज मिति २०७१ साल कार्तिक १४ गते शुक्रबार, तदनुसार अक्टुवर ३१ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ ।

चान्द्रमान अनुसार कार्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिकशुक्लपक्षको अष्टमी तिथि २९ घटि ३४ पला अर्थात रातिमा ६ बजेर ०४ मिनेटसम्म त्यसउप्रान्त नवमी तिथि लाग्नेछ । आज सूर्य तुला राशिमा रहेको छ भने चन्द्रमा मकर राशिमा अहोरात्र रहनेछ । आज दिनमान २७ घटि ४२ पलाको रहनेछ ।

आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर १४ मिनेटमा विभिषण मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर १९ मिनेटमा हुनेछ ।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मित्रहरुबाट सहयोग पाइनेछ, कला क्षेत्रमा अभिरुचिबढ्ने, एकमुष्ठ रकम संकलन हुने, स्वादिष्ट ब्यञ्जन प्राप्त हुने ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पुरानो कार्यबाट आम्दानीमा एक्कासि बृद्धि, सहयोगी हातहरु बढ्नेछन्, धर्मकर्ममा मन जानेछ समय शुभ छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दैनिक कार्य अधुरा हुन सक्नेछ, विरोधीहरु सक्रिय हुदै जान सक्नेछन, स्वास्थ्य हानी समय तथा दिन खराब छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आम्दानीमा गिरावट आउनेछ, समय विवादित रहनेछन,चुनौतिमाथि चुनौति थपिनेछ चनाखो हुनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
एक्कासि धन तथा जमिन लाभ पाइने, नयाँ कार्यमा लगानी हुन सक्नेछ, दिन सबै प्रकारले शुभ रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पारिवारिक विरोध खेप्नुपर्ने, आफ्नै पेशाबाट घाटा हुन सक्ने, सामाजिक कचिलोले गर्दा दिनभर चिन्ता पर्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
स्वास्थ्य भरपर्दो हुनेछैन, खानेकुरामा सतर्क रहनुहोला, जोसँग पनि विवाद पर्न सक्नेछ, चनाखो हुनुहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नयाँ मित्रसँग भेट, आर्थिक क्षेत्रबाट लाभ पाइने, अधुरो कार्य पुरा हुने सम्भावना दिन महत्वपूर्ण रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
स्वास्थ्यमा क्रमिक सुधार आउनेछ, सापटी दिएको धन प्राप्त हुनेछ, दिन शुभ छ उपयोग गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
शैक्षिक तथा सामाजिक प्रगति हुने,  प्रेमप्रसँग सुमधुर रहन सक्नेछन्, आदर सत्कार पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आफ्नै पेशाबाट नोक्सान व्यहोर्नुपर्ने, यात्रा गर्दा कठिनाई, पढाईमा मन नजाने, समय खराब छ सतर्क रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पारिवारिक किचलो थपिनाले मानसिक चिन्ता बढ्दै जानेछ, नकारात्मक सोचाईले गर्दा आफैलाई घाटा हुनेछ ।

आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल कार्तिक १४ गते शुक्रबार बिहान ६ः१४ बजेदेखि ७ः४४ बजेसम्म चर बेला, बिहानमा ७ः४४ बजेदेखि ९ः१४ सम्म लाभ बेला, बिहानमा ९ः१४ बजेदेखि १०ः४४ बजेसम्म अमृत बेला, बिहानमा १०ः४४ बजेदेखि १२ः१४ बजेसम्म काल बेला, बिहान १२ः१४ बजेदेखि दिनमा १ः४४ बजेसम्म शुभ बेला, दिनमा १ः४४ बजेदेखि ३ः१४ बजेसम्म रोग दिनमा ३ः१४ बजेदेखि ४ः४४ बजेसम्म उद्वेग साँझ ४ः४४ बजेदेखि ६ः१४ बजेसम्म चर बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

आजको साइत:
आज दक्षिण र पूर्वको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

राहुकालको समय :
बिहानमा १०ः३० बजेदेखि १२ः०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More